Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ५
September 21, 2026, Monday

जलजलाका उत्कृष्ट टोलविकास र वडा विकास सहजकर्ता सम्मानित

पर्वतको जलजला गाउँपालिकाले उत्कृष्ट टोलविकास संस्था र वडा विकास सहजकर्ताहरुलाई सम्मान गरेको छ । शुक्रबार गाउँपालिका केन्द्र लामाखेतमा आयोजित कार्यक्रमका बीच उनीहरुलाई सम्मान गरिएको हो ।
गाउँपालिका भित्र गठन भएका एक देखि ९ वडा सम्मका एकसय ३९ वटा टोलविकास संस्थाहरु मध्य उत्कृष्ट काम गर्ने प्रत्येक वडाबाट एकवटा छनौंट गरी ९ वटा टोलविकास संस्था र दश जना वडा विकास सहजकर्ताहरुलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको हो ।

Advertisement

ती मध्य वडा नम्बर ३ को आदर्श नगर टोल विकास संस्थालाई उत्कृष्ट कार्यक्षमता आधारमा सर्वोत्कृष्ट संस्था छनौंट गरी संस्थाका अध्यक्ष सरिता उपाध्यायलाई नगद दश हजार रुपियाँ र सम्मानपत्र प्रदान गरिएको छ । साथै वडा नम्बर ४ का वडा विकास सहजकर्ता भगवती शर्मा पनि सर्वोत्कृष्ट वडा विकास सहजकर्ताका रुपमा सम्मानित हुनुभएको छ ।

Advertisement

गाउँपालिका भित्र गठन भएका टोल विकास संस्थाहरुले वडाको विकासका लागि पु¥याएको योगदान,क्रियाशिलता,सामाजिक एवम् मानविय विकासमा खेलेको भूमिका लगायतका २७ वटा सुचकहरुका आधारमा मुल्याङ्कन गरी उत्कृष्ट छनौंट गरी सम्मान गरिएको सामाजिक विकास अधिकृत भेषनाथ आचार्यले बताउनुभयो । उहाँका अनुसार २९ वटा सुचकहरुका आधारमा वडा विकास सहजकर्ताहरुको मुल्याङ्कन गरी सर्वोत्कृष्ट वडा विकास सहजकर्ता छनौंट गरिएको थियो ।

वडा नम्बर १ को प्रगतिशिल टोलविकास संस्था,२ को विमिराबोट टोलविकास संस्था,३ को आदर्श नगर टोल विकास संस्था,४ को भुमेथान टोल विकास संस्था,५ को कुवापानी टोल विकास संस्था,६ को जलजला तारे टोलविकास संस्था,७ को बास्कोट देउराली टोलविकास संस्था,८ को मझुवा शुक्लेश्वर टोल विकास संस्था र ९ को गाम टोल विकास संस्था सम्मानित भएका हुन ।

यसैगरी वडा विकास सहजकर्ताहरु वडा नम्बर १ रेनु दर्जी,२ सन्तु पौडेल शर्मा,३ सरिता खत्री,४ भगवती शर्मा, ५ पवित्रा खत्री,६ गिता दर्जी,७ टिकाबल्लभ आचार्य र योगेन्द्र उपाध्याय पौडेल,८ सुजता रेग्मी र ९ का मिना फकामी पुनलाई सम्मान गरिएको छ ।

सम्मानित हुने टोलविकास संस्था र वडा विकास सहजकर्ताहरुलाई गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्य,उपाध्यक्ष दिपक आचार्य र प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले दोसल्ला र सम्मानपत्रले सम्मान गर्नुभएको थियो ।
सम्मानले टोल विकास संस्था र वडा विकास सहजकर्ताहरुको कार्यक्षमता वृद्धि,हौसला प्रदान र कामप्रति उत्प्रेरित गर्ने विश्वास गरिएको गाउँपालिका अध्यक्ष आचार्यले बताउनुभयो । टोल विकास संस्थाहरुको क्रियाशिलता र लगनशिलताका कारण वडाको विकासमा टेवा पुगेको अध्यक्ष आचार्यको भनाई थियो ।

उहाँले भन्नुभयो, ‘‘गाउँपालिकाका हरेक विकास गतिविधिहरुमा टोल विकास संस्थाहरुको भूमिका महत्वपूर्ण छ । आगामी दिनमा टोलविकास संस्थाहरुलाई अझै प्रभावकारी रुपमा परिचालन गरेर मानविय र सामाजिक सेवाका क्षेत्रमा क्रियाशिल बनाउँदै लैजाने पालिकाको योजना छ ।’’ गाउँपालिकाका सवै टोलविकास संस्थाहरुले करिब ५८ लाख रुपियाँ बचत जम्मा गरी परिचालन गरेको उहाँले बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दिपक आचार्यले वडा विकास सहजकर्ता र टोल विकास संस्थाहरु मार्फत स्थानीय सरकार जनताको घरघर सम्म पुगेको बताउनुभयो । प्रत्येक टोलहरुमा गठन भएका संस्थाहरुले उदाहरणीय कार्य गरेको उहाँको भनाई थियो ।

सम्पूर्ण वडाध्यक्षहरुका तर्फबाट मन्तब्य राख्दै वडा नम्बर ४ का वडाध्यक्ष भरत क्षेत्रीले टोल विकास संस्था र वडा विकास सहजकर्ताहरुले वडाका हरेक गतिविधिहरुमा सहयोगी भूमिका खेलेको बताउनुभएको थियो । उहाँले आगामी दिनमा अझै प्रभावकारी रुपमा परिचालन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

सम्मान कार्यक्रममा वडाध्यक्षहरु,कार्यपालिका सदस्यहरु,गाउँपालिकाका विभिन्न शाखाका प्रमुख,कर्मचारी,वडा विकास सहजकर्ता,टोल विकास संस्थाका पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो ।

गाउँपालिकाका सामाजिक विकास अधिकृत भेषनाथ आचार्यको संचालन प्रमुख प्रशासकीय अधिकृत फणिन्द्र प्रसाद आचार्यको स्वागत र पालिका अध्यक्ष राजुप्रसाद आचार्यको अध्यक्षतामा सम्मान कार्यक्रम सम्पन्न भएको थियो ।

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP