२०८३ बैशाख २०
May 3, 2026, Sunday

अन्नपूर्णका ३५ जना सहिद परिवार र द्धन्द्ध पिडितलाई सम्मान

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पालिका भित्रका ९ जना सहित परिवार र २६ जना द्धन्द्ध पिडितहरुलाई सम्मान गरेको छ ।
गाउँपालिकाको केन्द्र पोखरेबगरमा आयोजना गरिएको एक कार्यक्रममा द्धन्द्ध पिडितहरुसंग अन्तरक्रिया कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो ।

Advertisement

नेपालको राजनितिक र सामाजिक परिर्वतनको जग मानिएको दश बर्षे शसस्त्र जनयुद्ध लगायत अन्य आन्दोलनहरुमा साहदत प्राप्त गरेका र पिडित भएकाहरुलाई सम्मान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले जानकारी दिनुभयो ।

Advertisement

गाउँपालिका अध्यक्ष भारकुमार पुन र उपाध्यक्ष दिवा तिलिजा पुन र प्रमुख प्रशासकीय अधिकृत सुवेदी वडा अध्यक्ष कार्यपालिका सदस्यहरुले सम्मान पत्र प्रदान गरेका थिए ।

धन बहादुर पाईजाले मन्तब्य व्यक्त गर्नुभएको कार्यक्रममा दन्द्ध पिडित राष्ट्रिय सञ्जालका महासचिव सुरेन्द्र खत्री र दन्द्ध पिडित महिला सञ्जाल म्याग्दी प्रतिनिधि सुजता खत्रीले प्रस्तुतिकरण गर्नुभएको थियो ।

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०८१ असार २२, शनिबार ०३:०१

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०८१ असार २२, शनिबार ०३:०१

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०८१ असार २२, शनिबार ०३:०१

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP