२०८३ जेष्ठ २८
June 11, 2026, Thursday

सिटिइभिटीबाट पिस साइन व्युटी होमले पायो सम्बन्धन

म्याग्दीको सदरमुकाम बेनीको न्युरोड र अस्पताल चोकमा रहेको पिस साइन व्युटी होम एण्ड ट्रेनिङ सेन्टरलाई ब्यूटिसियन सम्बन्धि कक्षा सञ्चालन गर्न प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) बाट सम्बन्धन प्राप्त गरेको छ ।

Advertisement

म्याग्दीमा सिपमूलक व्यवसाय सञ्चालन गर्ने जनशक्ती उत्पादनका लागि सक्रिय रहेको पिस साइनले अब ब्यूटिसियन कोर्ष अन्तरगत भर्ना अभियान सञ्चालन गरेको हो । कम लगानी, व्यवसायप्रतिको बढ्दो आकर्षण र बैदेशिक रोजगारीमा जाने यूवतीहरूलाई अब झनै सहज हुनेसञ्चालिका प्रमिला जोशी श्रेष्ठले बताइन्् ।

Advertisement

‘यो म्याग्दीका लागि राम्रो अवसर हो,अब सरकारी अनुमित प्राप्त जनशक्ती उत्पादनसँगै रोजगारीमा पनि सहज हुन्छ’ सञ्चालिका जोशीले भनिन् । पछिल्लो समय आर्थिक अवस्था कमजोर भएका, रोजगारीको खोजीमा रहेका र ब्यवसाय नै सञ्चालन गर्ने चाहने किशोरीको लागि व्युटीपार्लर आर्कषणका केन्द्र बनेको छ । विगत १७ बर्षदेखि बेनीमा सञ्चालित ट्रेनिङ सेन्टरले बार्षिक करिब डेढ सयभन्दा बढीलाई तालिम दिने गरेको छ ।

सिटिइभिटीको कोर्षलाई अन्तराष्ट्रियस्तरमा समेत मान्यता दिने गरिन्छ । जिल्लाभित्रै ब्यवसाय सञ्चालन तथा बैदेशिक रोजगारीमा गएर समेत आर्कषक कमाइ हुने भएकाले पछिल्लो समय किशोरीहरुको आर्कषण छ । सौन्दर्य मानिसको एक गहना भएकाले बेरोजगार महिला तथा किशोरीहरुलाई सिप सिकाएर रोजगारको सिर्जना गरी आत्मनिर्भर बनाउने म्याग्दीमा स्थानीय तहले समेत ब्यूटिपालर तालिम दिने गरेको छ 

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP