२०८३ असार २६
July 10, 2026, Friday

मलम्पारमा भाइले दाउरा प्रहार गरेर दाइको हत्या


म्याग्दीको धवलागिरी गाउँपालिका– ५ मलम्पारमा भाइको कुटपिटबाट दाइको हत्या भएको छ । मलम्पारको रुटबाङटोलमा गयराती करिब साढे ११ बजे स्थानीय सोमबहादुर छन्त्यालले दाउरा प्रहार गरेर ४१ बर्षिय धनबहादुर छन्त्यालको हत्या गरेका हुन् ।
सोमबहादुर साइला र धनबहादुर माइला सहोदर दाजुभाइ हुन । घरायसी झगडामा भाइले दाउराले अनुहारमा प्रहार गर्दा धनबहादुरको घटनास्थलमै ज्यान गएको धवलागिरी गाउँपालिका– का वडा सदस्य भक्तबहादुर छन्त्यालले जानकारी दिनुभयो । उहाँका अनुसार, दाइको हत्या गरेपछि भागदौड गरेर फरार भएका सोमबहादुरलाई स्थानीयले राती नै नियन्त्रणमा लिएर बाँधेर राखेका छन् ।
मृतक धनबहादुरका श्रीमती र दुई छोरीहरु रहेका छन् । हत्याको घटना भएपछि संलग्नलाई नियन्त्रण र घटनाको आबश्यक अनुसंधानको लागि प्रहरी घटनास्थल जाँदै गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरिक्षक राजन रायमाझीले जानकारी दिनुभयो ।
‘‘इलाका प्रहरी कार्यालय दरबाङका इन्सपेक्टर सोमदास ढकाल नेतृत्वको टोली घटनास्थल जाँदै छ, हत्यामा संलग्न व्यक्ति स्थानीयको नियन्त्रणमा आइसककेका छन, घटनाको थप अनुसंधान गरेर कानुनी कारबाही अगाडी बढाउँछाँै’’– सूचना अधिकारी रायमाझीले भन्नुभयो ।

Related News

आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
  • २०८३ असार १५, सोमबार ०४:३८

राकेश शर्मा म्याग्दीको मालिका गाउँपालिकाले आफ्नो आन्तरिक आम्दानीको दायारा बढाउने निति लिएको छ । पालिकाले चालु आर्थिक बर्षमा ७ करोड...

उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
  • २०८३ असार १४, आईतवार १६:१८

राकेश शर्मा म्याग्दीमा एउटा उखान प्रचलित छ, ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन ।’ यो भनाइले धवलागिरि गाउँपालिका–१...

लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
  • २०८३ असार १२, शुक्रबार ०३:२९

तालिम मार्फत आत्मर्निभर बनाउदै पालिका म्याग्दीको मंगला गाउँपालिकाले सञ्चालन गरेको लघुउद्यम विकास कार्यक्रमले स्थानीयलाई स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेलेको छ...

TOP