२०८३ असार २
June 16, 2026, Tuesday

म्याग्दीमा पिउने पानीमा दिसाका जीवाणु भेटियो

म्याग्दीमा नमुना संकलन गरिएका विभिन्न स्थानमा १४ प्रतिशत पिउने पानीमा दिसाका जीवाणु भेटिएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले जिल्लाका ५ वटा स्थानीय तहमा पुगेर नमुनाका रूपमा संकलन गरेको पानी परीक्षण गर्दा स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य इकाई, खानेपानीको ट्याकी र समुदायमा रहेको धाराको खानेपानीमा दिसामा हुने जीवाणु ‘इ.कोली’को मात्रा उच्च रहेको पाइएको हो । स्वास्थ्य कार्यालयले जिल्लाका ५८ स्थानमा संकलन गरेको नमुनामध्ये १४ प्रतिशतमा दिसामा पाइने जिवाणु भेटिएको थियो ।

Advertisement

सदरमुकाम बेनीदेखि ग्रामिण क्षेत्रसम्म संकलित नमूना बेनी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा १४ प्रतिशतमा ‘इ.कोली’ ३३ प्रतिशतमा अन्य जीवाणु भेटिएको छ भने ५३ प्रतिशत खानेपानी पिउन योग्य रहेको स्वास्थ्य कार्यालयका प्रमुख भुवन ठकुराठीले बताउनुभयो ।

Advertisement

बेनी नगरपालिकामा १६ वटा नमूनामध्ये ९ वटामा इ.कोली भेटिएको छ । मालिका गाउँपालिकामा ८ वटामध्ये ७ वटामा इकोली, धवलागिरी गाउँपालिकामा ३ वटै नमुनामा इ.कोली र अन्नपूर्णमा १८ नमुनामा ३ वटामा इ.कोली जीवाणु भेटिएको छ । जीवाणु भेटिएको बेनी नगरपालिका वडा नं ९ गलेश्वरको प्राथमिक स्वास्थ्य केन्द्रको खानेपानी बृद्धआश्रममा बस्ने बृद्धबृद्धाले समेत प्रयोग गर्ने गरेका छन् ।

मालिका गाउँपालिकामा ८ वटामध्ये ७ वटामा इकोली, धवलागिरी गाउँपालिकामा ३ वटै नमुनामा इ.कोली र अन्नपूर्णमा १८ नमुनामा ३ वटामा इ.कोली जीवाणु भेटिएको छ । स्वास्थ्यचौकी बाहेक समुदायले प्रयोग गर्ने खानेपानीको मुहान, धारामा समेत जीवाणु भेटिएको छ ।

दैनिक प्रयोग हुने सार्वजनिक धारा, स्वास्थ्यचौकी, खानेपानीको मुहान र बालबालिकाको समेत पहुँचमा रहेको खानेपानीको संरचनामा जीवाणु भेटिएपछि शुद्ध खानेपानी वितरणका लागि थप योजना बनाउनुपर्ने आवश्यकता रहेको बताइएको छ । नमुना संकलनको क्रममा पिप्ले खानेपानी, बेगखोला खानेपानी, तातोपानीस्थित खालीखोला लगायतका खानेपानीको मुहानमा समेत इ.कोली र कोलीफर्म रहेको पाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

झाडापखाला, हैजा, भाइरल ज्वरो र रुघाखोकीलगायत महामारीजन्य रोगको सङ्क्रमणबाट जोगिनका लागि पानीलाई शुद्धीकरण गर्नुपर्ने बेनी अस्पतालकी निमित्त प्रमुख अञ्जु थापाले बताउनुभयाे ।

‘इ.कोलीको कारण झाडापखाला, हैजा, भाइरल ज्वरो र रुघाखोकीलगायत महामारीजन्य रोगको सङ्क्रमण हुने डा. थापाको भनाई छ । खानेपानी गुणस्तरसम्बन्धी सरोकारवाला निकाय र स्थानीय तहमार्फत सुधार सहितका अभियान सञ्चालनका लागि समेत सुझाव दिइएको समेत स्वास्थ्यकर्मीले दिएका छन् ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP