२०८२ जेष्ठ ३२
June 14, 2025, Saturday

म्याग्दीमा पिउने पानीमा दिसाका जीवाणु भेटियो

म्याग्दीमा नमुना संकलन गरिएका विभिन्न स्थानमा १४ प्रतिशत पिउने पानीमा दिसाका जीवाणु भेटिएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले जिल्लाका ५ वटा स्थानीय तहमा पुगेर नमुनाका रूपमा संकलन गरेको पानी परीक्षण गर्दा स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य इकाई, खानेपानीको ट्याकी र समुदायमा रहेको धाराको खानेपानीमा दिसामा हुने जीवाणु ‘इ.कोली’को मात्रा उच्च रहेको पाइएको हो । स्वास्थ्य कार्यालयले जिल्लाका ५८ स्थानमा संकलन गरेको नमुनामध्ये १४ प्रतिशतमा दिसामा पाइने जिवाणु भेटिएको थियो ।

Advertisement

सदरमुकाम बेनीदेखि ग्रामिण क्षेत्रसम्म संकलित नमूना बेनी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा १४ प्रतिशतमा ‘इ.कोली’ ३३ प्रतिशतमा अन्य जीवाणु भेटिएको छ भने ५३ प्रतिशत खानेपानी पिउन योग्य रहेको स्वास्थ्य कार्यालयका प्रमुख भुवन ठकुराठीले बताउनुभयो ।

Advertisement

बेनी नगरपालिकामा १६ वटा नमूनामध्ये ९ वटामा इ.कोली भेटिएको छ । मालिका गाउँपालिकामा ८ वटामध्ये ७ वटामा इकोली, धवलागिरी गाउँपालिकामा ३ वटै नमुनामा इ.कोली र अन्नपूर्णमा १८ नमुनामा ३ वटामा इ.कोली जीवाणु भेटिएको छ । जीवाणु भेटिएको बेनी नगरपालिका वडा नं ९ गलेश्वरको प्राथमिक स्वास्थ्य केन्द्रको खानेपानी बृद्धआश्रममा बस्ने बृद्धबृद्धाले समेत प्रयोग गर्ने गरेका छन् ।

मालिका गाउँपालिकामा ८ वटामध्ये ७ वटामा इकोली, धवलागिरी गाउँपालिकामा ३ वटै नमुनामा इ.कोली र अन्नपूर्णमा १८ नमुनामा ३ वटामा इ.कोली जीवाणु भेटिएको छ । स्वास्थ्यचौकी बाहेक समुदायले प्रयोग गर्ने खानेपानीको मुहान, धारामा समेत जीवाणु भेटिएको छ ।

दैनिक प्रयोग हुने सार्वजनिक धारा, स्वास्थ्यचौकी, खानेपानीको मुहान र बालबालिकाको समेत पहुँचमा रहेको खानेपानीको संरचनामा जीवाणु भेटिएपछि शुद्ध खानेपानी वितरणका लागि थप योजना बनाउनुपर्ने आवश्यकता रहेको बताइएको छ । नमुना संकलनको क्रममा पिप्ले खानेपानी, बेगखोला खानेपानी, तातोपानीस्थित खालीखोला लगायतका खानेपानीको मुहानमा समेत इ.कोली र कोलीफर्म रहेको पाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

झाडापखाला, हैजा, भाइरल ज्वरो र रुघाखोकीलगायत महामारीजन्य रोगको सङ्क्रमणबाट जोगिनका लागि पानीलाई शुद्धीकरण गर्नुपर्ने बेनी अस्पतालकी निमित्त प्रमुख अञ्जु थापाले बताउनुभयाे ।

‘इ.कोलीको कारण झाडापखाला, हैजा, भाइरल ज्वरो र रुघाखोकीलगायत महामारीजन्य रोगको सङ्क्रमण हुने डा. थापाको भनाई छ । खानेपानी गुणस्तरसम्बन्धी सरोकारवाला निकाय र स्थानीय तहमार्फत सुधार सहितका अभियान सञ्चालनका लागि समेत सुझाव दिइएको समेत स्वास्थ्यकर्मीले दिएका छन् ।

Related News

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी दोस्रो
गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी दोस्रो
  • २०८१ असार २६, बुधबार १३:५८

६ औं गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको प्रतियोगितामा कास्की प्रथम र म्याग्दी दोस्रो भएको छ । सोमबार र मंगलबार गोरखामा...

म्याग्दीमा संघीय आयोजनाका झण्डै अर्ब बजेट
म्याग्दीमा संघीय आयोजनाका झण्डै अर्ब बजेट
  • २०८१ असार २६, बुधबार १३:५८

आगामी आर्थिक वर्ष २०८२÷०८३ मा म्याग्दी जिल्लामा सञ्चालन हुने आयोजनाहरुका लागि संघीय सरकार मार्फत झण्डै बजेट बिनियोजन भएको छ ।...

अपर म्याग्दी–१ जलविद्युत आयोजनाको पावरहाउस तर्फको सुरुङ निर्माण शुरु
अपर म्याग्दी–१ जलविद्युत आयोजनाको पावरहाउस तर्फको सुरुङ निर्माण शुरु
  • २०८१ असार २६, बुधबार १३:५८

म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा निर्माणधिन (५३.५ मेगावाट) मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत आयोजनाको पावर हाउन तर्फबाट पनि सुरुङ निर्माण कार्य...

TOP