२०८२ कार्तिक २७
November 12, 2025, Wednesday

रघुगंगामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

म्याग्दीको रघुगंगा गाउँपालिकाले आइतबार गाउँपालिका केन्द्र मौवाफाँटमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
आर्थिक बर्ष २०८०÷०८१ को चौथो त्रैमासिक सम्मको सेवा प्रवाह,विकास निर्माण लगायतका विविध विषयमा सरोकारवाला र सेवाग्राहीहरुबाट राय सुझाव लिन गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।

Advertisement

गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रमका सहभागिहरुले विकास निर्माण,जलविद्युत आयोजना,सेवा प्रवाह,शिक्षा,स्वास्थ्य,विपत व्यवस्थापन लगायतका विषयमा जिज्ञासा राखेका थिए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले चालु आर्थिक वर्षमा बजेट कार्यान्वयनको विस्तृत विवरण प्रस्तुत गर्नुभएको थियो । उहाले ७४.९५ प्रतिशत पूँजीगत र ८२.८५ प्रतिशत चालु खर्च भएको कार्यक्रममा जानकारी गराउनुभएको थियो । चालु आर्थिक वर्षमा समग्र रुपमा चालु र पूँजीगत गरी कुल बजेटको ८०.८० प्रतिशत वित्तिय प्रगति हासिल भएको उहाँले जानकारी गराउनुभयो ।

Advertisement

सार्वजनिक सुनुवाईमा सहभागीहरुले गाउँपालिकाले सूचना माग गर्दा नदिएको,सार्वजनिक जग्गाको संरक्षण,विद्यालयलाई दिने प्रोत्साहन रकम प्रदान गर्दा अपनाइने प्रक्रिया,स्थानीय पाठ्यक्रममा एकरुपकता नभएको, सडक मर्मत,दृष्टिविहिन विद्यार्थीहरुलाई आवश्यक सहयोग गर्नुपर्ने,शिक्षा क्षेत्रमा बजेट बढाउनुपर्ने,गाउँपालिकाले फजुल खर्चमा कटौती गर्नुपर्ने, विपत व्यवस्थापन तथा राहत वितरण,जलविद्युत आयोजनाहरुले गर्ने सामाजिक उत्तरदायित्वको पारदर्शीता,छात्रवृत्ति रकम,गाउँपालिकाका सवारीसाधनको मर्मत सम्भार र इन्धन खर्चमा बढी रकम विनियोजन गरिएको लगायतका विषयमा प्रश्नहरु राखेका थिए ।

यसैगरी बृहत पिप्ले भगवती चिमखोला खानेपानी छिटो कार्यान्वयनमा लैजानुपर्ने र विद्यालय स्तरको शिक्षालाई गुणस्तरीय र प्रभावकारी बनाउन शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नुपर्ने सहभागीहरुले सुझाव दिएको थिए ।
कार्यक्रममा ज्ञनोदय माविका प्रधानाध्यापक विजय शर्मा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि सुवेदीले शैक्षिक विषयमा प्रश्न राख्नुभएको थियो । स्थानीयवासी निलकण्ठ सुवेदी, रमेश गुरुङ,श्रीकृष्ण रिजाल,इन्द्रदत्त सुवेदी लगायतले प्रश्न र गुनासो राख्नुभएको थियो ।

सार्वजनिक सुनुवाईमा आएका प्रश्नहरुको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी,प्रमुख प्रशासकीय चेतनारायण भण्डारी र गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख टिका शाहीले जवाफ दिनुभएको थियो । त्रैमासिक चौमासिकको प्रगति सार्वजनिक सँगै सेवाग्राही, सर्वसाधारण र सरोकारवालाबाट गुनासा तथा प्रतिकृया संकलन गर्दै आगामी आर्थिक वर्षमा कार्यालयको कार्यसम्पादनलाई थप प्रभाबकारी एवम् सेवामैत्री बनाउन कार्यक्रम आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष भण्डारीले सेवाग्राहीबाट आएका राय सुझाव पालिकाले मागदर्शनका रुपमा लिएर आगमी दिनमा कार्यसम्पादन गर्ने बताउनुभयो । भौगोलिक विकटता, स्रोत साधनको अभाबका बिच पनि गाउँपालिकाले भौतिक पूर्वाधार निर्माणमा प्रगति हाँसिल उहाँले बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी पुन,वडा नम्बर ६ का वडाध्यक्ष मनकुमार शेपुञ्जा,५ का मनबहादुर शेरमञ्जा,४ का पबिन गर्बुजा,७का थकबहादुर पाइजा लगायत गाउँपालिकाका कर्मचारी र सर्वसाधरणहरुको सहभागिता रहेको थियो । सार्वजनिक सुनुवाई कार्यक्रमको संचालन तथा सहजीकरण पत्रकार कमल खत्री र राकेश शर्माले गर्नुभएको थियो ।

Related News

गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
  • २०८१ असार ३०, आईतवार १५:५८

। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
  • २०८१ असार ३०, आईतवार १५:५८

म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...

न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
  • २०८१ असार ३०, आईतवार १५:५८

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको...

TOP