२०८३ भाद्र २
August 18, 2026, Tuesday

थाक खेलकुद तथा साँस्कृतिक विकास संघको ५१ औं संस्करण मार्फामा आयोजना हुने

सुशीलबाबु थकाली / थाक खेलकुद तथा साँस्कृतिक विकास सँघद्वारा प्रत्येक वर्ष आयोजना हुने विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रमको ५१ औं संस्करण यस पटक मुस्ताङ जिल्लाको ऐतिहासिक गाउँ मार्फामा आयोजना हुने भएको छ । संघको आयोजनामा हुन लागिरहेको उक्त कार्यक्रममा जिल्ला स्थित आधा दर्जन क्लवहरु सहभागी हुनेछन् ।   

Advertisement

प्रत्येक वर्ष आयोजना हुने यस कार्यक्रममा जिल्लाभित्र लुकेर रहेका खेलाडी तथा अन्य प्रतिभाहरुको क्षमता उजागर हुनुका साथै सिंगो मुस्ताङ जिल्लाको गरिमा समेत बढ्ने देखिन्छ । कार्यक्रम आगामी असोज ५ गतेदेखी ७ गतेसम्म आयोजना हुने आयोजक संस्था थाक खेलकुद तथा साँस्कृतिक विकास संघले जानकारी गराएको छ । उक्त कार्यक्रममा पुरुष भलिबल प्रतियोगिता, तारा खेल परम्परागत (४० वर्ष माथिका) र आर्चरी आधुनिक खेल प्रतियोगिता (खुला), नृत्य प्रतियोगिता, थकाली गीत प्रतियोगिता आयोजना हुने संघका सचिव बिष्णु थकालीले जानकारी दिनुभयो ।

  शनिबार बसेको कार्यसमिति सदस्यहरु, क्षेत्रीय प्रतिनिधिहरु, क्लवका अध्यक्षहरु र टिम क्याप्टेन सहितको बृहत छलफलबाट असोज ५ गतेदेखी ७ गतेसम्म हुने उक्त खेलकुद तथा साँस्कृतिक कार्यक्रमको तयारीको लागि उप–समिति संयोजकहरु समेत छनौट भैसकेको संघका सचिव बिष्णु थकालीले बताउनुभयो ।

विभिन्न उप- समितिहरु मध्य अर्थ सङ्कलन उप- समिति संयोजकमा विमला तुलाचन, भलिबल खेल उप- समिति संयोजकमा विनोद तुलाचन, आधुनिक तारा (आर्चरी) र परम्परागत तारा खेल उप- समिति संयोजकमा सन्तोष गौचन, सांस्कृतिक कार्यक्रम उप- समिति संयोजकमा कमला लालचन अधिकारी, प्रमुख अतिथि/सम्मानित व्यक्तित्व चयन उप- समिति संयोजकमा कृष्णकुमार शेरचन, प्रमाणपत्र/ ट्रफी/ ब्यानर व्यवस्थापन उप- समिति संयोजकमा कृष्णकुमार शेरचन, क्यामेरा मेन/ साउण्ड सिस्टम/ टेक्निसियन सम्पर्क उप- समिति संयोजकमा बिष्णु थकाली र प्रचारप्रसार संयोजकमा सुशीलबाबू थकाली रहेका छन् ।

सचिब थकालीका अनुसार कार्यक्रमलाई भव्य र सभ्य ढंगबाट सम्पन्न गर्नको लागि जिल्ला स्थित खेलप्रेमी महानुभावका साथै सबै सरोकारवाला निकायलाई आ–आफ्नो तर्फबाट सहयोग गर्नका लागि समेत संघले अपिल गर्ने जनाएको छ ।

यसै गरी पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १ लाख ५० हजार पुरस्कार सहित शील्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने दोस्रो हुने टिमलाई नगद १ लाख पुरस्कार सहित शील्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यसै गरी ताराखेल सादा तर्फ प्रथम हुने टिमलाई नगद ५० हजार ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने दोस्रो हुने टिमलालई नगद ३५ हजार ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

यसै गरी ताराखेल आर्चरीतर्फ प्रथम हुने टिमलाई नगद ५० हजार ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने दोस्रो हुने टिमलाई नगद ३५ हजार ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यसै गरी नृत्य प्रतियोगितामा प्रथम हुनेलाई नगद ३५ हजार प्रमाणपत्र र पदक, दोस्रो हुनेलाई नगद २५ हजार प्रमाणपत्र र पदक र तृतीय हुनेलाई नगद १५ हजार प्रमाण र पदक प्रदान गरिने संघका सचिव बिष्णु थकालीले बताउनुभयो । साथै प्रत्येक क्लबले हरेक कार्यक्रमको लागि एकमुस्ठ शुल्क ५ हजार रुपैयाँ बुझाउनुपर्नेछ । सचिव थकालीका अनुसार उत्कृष्ट नृत्यकार केटा र केटीलाई प्रमाणपत्र र ट्रफि, उत्कृष्ट कोडियोग्राफिलाई प्रमाणपत्र र ट्रफि र उत्कृष्ट थकाली गीत रचनाकारलाइ प्रमाणपत्र र ट्रफि प्रदान गरिनेछ ।

  यसै गरी संघका अध्यक्ष कृष्णकुमार शेरचनले कार्यक्रमको महत्व र यसको सान्दर्भिकतालाई मध्यनजर गर्दै सबैले आजैबाट आ–आफ्नो जिम्मेवारी बहनका साथै त्यसलाई पुरा गर्नको लागि समेत आग्रह गर्नुभएको थियो । छलफलकै क्रममा थाक खेलकुद तथा साँस्कृतिक विकास संघको इतिहास लामो रहेकोले संस्थाको शाखलाइ र गरिमालाई अझै उचाइमा लैजानुपर्ने शेरचनले बताउनुभयो । शेरचनका अनुसार सबैले आपसि सरसल्लाहर र सकारात्मक सुझावबाटै काम गर्न पनि अपिल गर्नुभएको थियो । मिलिजुली युवा क्लब मार्फा केन्द्रको खेल मैदानमा आयोजना हुने ५१ औं संस्करण सफल पार्न कुनै कसर बाँकी नराख्ने अध्यक्ष शेरचनले बताउनुभयो ।

Related News

घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
  • २०८३ श्रावण २६, मंगलवार ०१:१४

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा १ जना वेपत्ता भएका छन् । गयराती...

आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
  • २०८३ श्रावण १६, शनिबार १६:२८

आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालमा अतिरिक्त अक्सिजनको प्रयोग नगरी सबैभन्दा छिटो आरोहण गरी नयाँ रेकर्ड कायम गर्नुभएका विश्व...

म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
  • २०८३ श्रावण १६, शनिबार ०९:०४

म्याग्दीको बेनीमा रहेको खानेपानी, जलस्रोत तथा सिचाइँ विकास डिभिजन कार्यालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याइएको छ । यही साउन...

TOP