२०८३ असार २
June 16, 2026, Tuesday

उच्च शिक्षाका समस्या समाधानका लागि म्याग्दी क्याम्पसमा राष्ट्रिय गोष्ठी हुने

म्याग्दी बहुमुखी क्याम्पसमा पहिलोपटक उच्च शिक्षामा अध्ययन अध्यापनलाई अनुसन्धानत्मक बनाउन दुई दिने राष्ट्रिय गोष्ठी आयोजना गरिने भएको छ । नेपालमा उच्च शिक्षा प्रणालीको प्रवर्धनः चुनौती र अवसरहरू विषयमा यही साउन ३२ गते र भदौं १ गते क्याम्पस प्राङ्गनमा हुने गोष्ठीमा समग उच्च शिक्षाका क्षेत्रमा केन्द्रित हुने बताइएको छ ।

Advertisement

शुक्रबार क्याम्पसको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा उच्च शिक्षाका लागि योग्य, दक्ष जनशक्ती आपूर्ति, विकास र परिचालन सँगै स्थानीय तहमा निती निर्माणलाई समेत सहज हुने गरी विभिन्न विषयमा केन्द्रित भएर छलफल र प्रस्तुती हुने क्याम्पसका अनुसन्धान विभाग प्रमुख एवम् पूर्व क्याम्पस प्रमुख टिकाराम सापकोटाले बताउनुभयो ।

Advertisement

‘अहिले शैक्षिक क्षेत्रमा अनुसन्धान र अनुसन्धानमा आधारित लेखहरुको अपरिहार्य छ, यो गोष्ठी म्याग्दीकौ शैक्षिक क्षेत्रमा कोशेढुंगा सावित हुने छ’ सापकोटाले भन्नुभयो । उहाँका अनुसार धौलागिरी क्षेत्रमा पहिलोपटक आयोजना हुन लागेको गोष्ठीमा म्याग्दीका साथै बागलुङ, पर्वत लगायतका क्षेत्रबाट समेत सहभागि हुने छन् ।

म्याग्दी बहुमुखी क्याम्पसका ८ जनाले अनुसन्धानत्मक लेखको प्रस्तुती सहित गुणात्मक र मात्रात्मक तथ्याङ्कहरुलाई विश्लेषण गरिने छ । राष्ट्रिय गोष्ठीमा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. बाशुदेव काफ्ले, पिएन क्याम्पस पोखराका प्राध्यापक डा. मिन पुन र युजिसी नेपालका नारायण भण्डारीले सहजीकरण गर्नुहुने छ ।

गोष्ठीमा उच्च शिक्षाका समस्या र चुनौती, उच्च शिक्षा नीति सुधार, सेमेस्टर प्रणाली र वार्षिक प्रणाली, पाठ्यक्रम डिजाइन र कार्यान्वयन, विद्यार्थी मूल्याङ्कन र परीक्षा प्रणाली, उच्च शिक्षामा सुशासन, अनुशासन अभ्यासहरू सामाजिक मिडिया,उच्च शिक्षा र एआई, विद्यार्थी छाड्ने र प्रतिभा पलायनका विषयबस्तुमा समेत छलफल हुने छ ।

पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख श्रीधर सुबेदीले शैक्षिक सुधारका लागि अनुसन्धानमुलक लेख प्रकाशन गर्नेलाई क्याम्पसबाटै सहयोग हुने बताउनुभयो । उच्च शिक्षामा देखिएका हरेक प्रकारका चुनौतीको समाधानका लागि क्याम्पसले समय सुहाउँदो पाठ्यक्रम सहित विभिन्न तालिम तथा उत्पादनमुखी क्षेत्रमा लाग्ने विद्यार्थीका लागि अनुदान भित्राउन समेत सक्रिय रहेको बताउनुभयो ।

सोही अवसरमा क्याम्पस सञ्चालक समितिका सदस्य क्या. मिनबहादुर कार्कीले सामुदायिक विद्यालय र क्याम्पसमा विद्यार्थीको संख्या घट्दै गएको अवस्थालाई मध्यनजर गरी अबका गतिविधि केन्द्रित हुनुपर्नेब बताउनुभयो । पत्रकार सम्मेलनमा सञ्चालन क्याम्पसका सहायक क्याम्पस प्रमुख नारायणप्रसाद सुबेदी, भोलानाथ घिमिरे लगायत पत्रकारहरूको उपस्थिती रहेको थियो भने ब्यवस्थापन विभाग प्रमुख विष्णुप्रसाद आचार्यले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP