२०८३ भाद्र २
August 18, 2026, Tuesday

घारमा सार्वजनिक सुनुवाई, पालिका र वडाको गतिबिधी सार्वजनिक

म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–६ घारमा शनिबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

Advertisement

अन्नपूूर्ण गाउँपालिकाको ६ नम्बर वडा कार्यालयको आयोजनामा भएको कार्यक्रममा आर्थिक वर्ष २०८०÷०८१ मा गाउँपालिका, वडा कार्यालय र घारमा रहेका संघ संस्थाहरुको गतिबिधी सहितको प्रतिवेदन सार्वजनिक र अन्र्तक्रिया भएको थियो ।

कार्यक्रममा अन्नपूूर्ण गाउँपालिकाका प्रशासकीय अधिकृत भगवती खड्का कटुवालले गत आर्थिक वर्षमा ७८ प्रतिशत बजेट खर्च र १८५ मध्य १७८ वटा पूर्वाधार सम्बन्धी योजना निर्माण सम्पन्न भएको जानकारी गराउनुभयो ।

वडा सचिव शिवराज जैसीले घारमा रु. एक करोड ८९ लाख पाँच बजेट बिनियोजन भएकोमा घोडेपानी–उल्लेरी सडक बाहेक सबै ४७ वटा योजना कार्यान्वयन भएको र रु. पाँच लाख ७८ हजार एक सय नौ राजस्व संकलन भएको जानकारी गराउनुभयो ।

कार्यक्रममा घारका युवा क्लव, मन्दिर, विद्यालयका प्रतिनिधीहरुले गतिबिधी र प्रतिवेदन प्रस्तुुत गर्नुभएको थियो । वडाभित्र भएका कामको सरोकारवालाहरुलाई जानकारी गराउने, समिक्षा गर्ने, जवाफदेहीताका लागि कार्यक्रम गरिएको वडा अध्यक्ष रामबहादुर खड्काले बताउनुभयो ।

कार्यक्रममा पोखरेबगर–चित्रे सडकको लुलीया, हल्लेगौडा र हल्लेखर्क क्षेत्रको पहिरोको दिगो व्यवस्थापन गर्नुपर्ने, भवानी आधारभूत विद्यालयको भवन निर्माणलाई पूूर्णता दिनुपर्ने, बादर नियन्त्रण, घोडेपानी–उल्लेरी सडक जोड्नुपर्ने, कालीमाटीमा झोलुङ्गे पुुल निर्माणमा भएको ढिलाई, कृषि एम्बुुलेन्सलाई प्रयोगमा ल्याउन, मुक्तिमार्ग क्याम्पसको ब्यवस्थित सञ्चालन, कमलश मदिरा नियन्त्रण गर्नुपर्ने विषयमा सहभागीले उठाएको विषयमा छलफल भएको थियो ।
खिवाङको स्वास्थ्य इकाईमा पर्याप्त औषधी उपलब्ध नभएको र वडा कार्यालयहरुमा दरबन्दि अनुसारको जनशक्ती व्यवस्थापन गर्न स्थानीयबासीले माग गरेका थिए । अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले वडा र टोल स्तरमा आवश्यकताहरु पहिचान, प्राथमिकीकरण गरि योजना बैंक बनाउने बताउदै वाँदर नियन्त्रणका उपकरणको ब्यवस्थापन गर्ने प्रतिवद्धता जनाउनुभयो ।

उहाँले मुुक्तिमार्ग क्याम्पस सञ्चालनका विषयमा छलफल गर्ने, फोहोर ब्यवस्थापन स्थल बनाउने, विपद् प्रभावितहरुको सुरक्षित आवास पुुननिर्माणमा प्राथमिकता दिने र कार्यबिधी बनाएर कृषि एम्बुलेन्स सञ्चालन गरिने बताउनुभयो ।

वडा अध्यक्ष खड्काले घोडेपानी उल्लेरी सडक निर्माणको लागि वातावरणीय परिक्षण प्रतिवेदन तयारीको क्रममा रहेको, पोखरेबगर–चित्रे घोडेपानी सडकको पहिरोमा मर्मत गर्न सम्बद्ध आयोजना कार्यालयमा पहल गरेको र दिर्घकालिन समाधानका लागि डिपिआर तयार पार्न लागिएको बताउनुभयो । कमशल र आयातित मदिराको अब्यवस्थित बिक्री बितरण गर्न नियन्त्रणका लागि साथ दिन समुदायलाई आग्रह गर्नुभयो ।

गाउँपालिकाका प्रशासकीय अधिकृत खड्काले दरबन्दी अनुसारको कर्मचारी ब्यवस्थापनका लागि प्रदेश लोक सेवा आयोगमा माग गरिएको, स्वास्थ्य संस्थाहरुमा औषधी अभाव हुन नदिने बताउनुभयो ।

कार्यक्रममा पुुर्व वडा अध्यक्ष कृष्णप्रसाद बरुवालले जनप्रतिनिधिहरुले सबैसँग समन्वय गरेर काम गर्नुपर्ने र सेवा प्रवाह तथा विकासका काममा विभेद गर्न नहुने बताउनुुभयो । पुुर्व गाविस अध्यक्ष खड्ग गिरी, मुक्तिमार्ग माविको ब्यवस्थापन समितिका अध्यक्ष गोकुल बरुवालले गाउँठाउँको विकासका लागि स्थानीय स्तरमा सरोकारवालाहरुबीच समन्वय र सहकार्य हुनुपर्ने बताउनुभयो ।

कार्यक्रमममा रामकृष्ण खड्का, यामबहादुर खड्का, बेलबहादुर बरुवाल, शिव खड्का, रुद्र रेग्मी, बगरसिंह बरुवाल, चन्द्रबहादुर बर्देवा, सुवोद बरुवाल, मेखबहादुर बरुवाल, डिलबहादुर बरुवाल, सुुरेन्द्र पुन, विपिन बरुवाल, युवराज बरुवाल, जसबहादुर तिलिजालगायतले प्रश्न, जिज्ञाशा राख्नुभएको थियो ।

वडा अध्यक्ष रामबहादुर खड्काको अध्यक्षता, वडा सचिव शिवराज जैसीको सञ्चालन र वडा सदस्य पुष्पा बानिया बरुवालले स्वागत गर्नुभएको कार्यक्रमको सहजिकरण पत्रकार सन्तोष गौतमले गर्नुभएको थियो ।    

Related News

घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
  • २०८३ श्रावण २६, मंगलवार ०१:१४

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा १ जना वेपत्ता भएका छन् । गयराती...

आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
  • २०८३ श्रावण १६, शनिबार १६:२८

आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालमा अतिरिक्त अक्सिजनको प्रयोग नगरी सबैभन्दा छिटो आरोहण गरी नयाँ रेकर्ड कायम गर्नुभएका विश्व...

म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
  • २०८३ श्रावण १६, शनिबार ०९:०४

म्याग्दीको बेनीमा रहेको खानेपानी, जलस्रोत तथा सिचाइँ विकास डिभिजन कार्यालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याइएको छ । यही साउन...

TOP