२०८१ चैत्र १
March 14, 2025, Friday

असोज २१ देखि बेनीमा वडा स्तरीय बास्केटबल प्रतियोगिता हुने

बेनीमा आगामी असोज अन्तिम साता २० वर्ष भन्दा कम उमेरका खेलाडीहरुबीच वडा स्तरीय बास्केटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

Advertisement

म्याग्दी जिल्ला बास्केटबल संघले असोज २१ देखि २३ गतेसम्म प्रतियोगिता सञ्चालन गर्न लागेको हो । संघका अध्यक्ष यमराज पुर्जा (एकिन)ले बेनीको कालीपुल खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा २० वर्ष भन्दा कम उमेर समुहका खेलाडीहरु सहभागी हुने बताउनुभयो ।

प्रतियोगितामा बिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु. ५० हजार तथा उपबिजेतालाई रु. ३५ हजार नगद पुरस्कार प्रदान गरिने उहाँले बताउनुभयो । तृतीय र सान्तवनालाई क्रमश रु. २० हजार र १० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने संघले जनाएको छ ।

पत्राचार, प्रचारप्रसार, आर्थिक संकलन लगायतको तयारीलाई तिब्र बनाएको संघले जनाएको छ ।

Related News

बेनीमा थकाली समुदायको ‘तोरन्ल पर्व’ सुरु
बेनीमा थकाली समुदायको ‘तोरन्ल पर्व’ सुरु
  • २०८१ भाद्र २८, शुक्रबार ०७:२२

म्याग्दीमा बसोबास गर्दै आइरहेका थकाली समुदायले बुधबारदेखि तोरन्ल पर्व अर्थात् यस वर्षको ९फागु पूर्णिमा० मनाउन सुरु भएको छ । थकाली...

बेनी नगरपालिकाको सार्वजनिक सुनाई, स्थानीयले पोखे गुनासा
बेनी नगरपालिकाको सार्वजनिक सुनाई, स्थानीयले पोखे गुनासा
  • २०८१ भाद्र २८, शुक्रबार ०७:२२

अमित विश्वकर्माम्याग्दीको बेनी नगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ को दोस्रो चौमासिक समिक्षा तथा सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । बुधवार वडा...

केबि एकेडेमीका विद्यार्थीले आयोजना गरे प्रथम फुड मेला
केबि एकेडेमीका विद्यार्थीले आयोजना गरे प्रथम फुड मेला
  • २०८१ भाद्र २८, शुक्रबार ०७:२२

म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङ्कमा संचालनमा रहेको केबि एकेडेमीका विद्यार्थीले विभिन्न परिकारका सहित प्रथम केबि ए फुट मेला संचालन गरेका छन्...

TOP