२०८३ भाद्र ३१
September 16, 2026, Wednesday

गायिका मन छन्त्याल श्रेष्ठ सम्मानित

लोकप्रिय बेनीको बजार, जता माया उतै छ नजर’ गीतकी रचनाकार एवम् गायिका मन छन्त्याल श्रेष्ठ सम्मानित हुनुभएको छ ।

Advertisement

शनिबार म्याग्दी सदरमुकाम बेनीमा सामाजिक विकास कार्यालय म्याग्दी र म्याग्दी जेसिजद्वारा आयोजित पानी खायो बाघलै एवम् बेनीको बजार गीतको पुनर्निर्मित म्युजिक भिडियो विमोचन कार्यक्रममा  गायिका छन्त्याल श्रेष्ठ सम्मानित हुनुभएको हो ।

पाँच दशक अगाडी गीतसंगीतमार्फत म्याग्दीको सदरमुकाम बेनीबजारलाई चिनाउन सफल भएको भन्दै दोसल्ला र कदरपत्रले सम्मान गरिएको हो । गण्डकी प्रदेश सभा सदस्य एवम् पूर्वमन्त्री रेशमबहादुर जुग्जाली, प्रदेशसभा सदस्य हरि भण्डारी, कार्यालय प्रमुख रमेश थापा ,जेसिज अध्यक्ष दिनेश बानियाँ लगायतले सम्मान गर्नुभयो ।

सम्मान कार्यक्रममा गायिका छन्त्यालले बेनीबजारबासीले सम्झिएर सम्मान गरेकोमा उत्साहित भएको बताउनुभयो । उहाँले गीत अहिलेसम्म पनि चर्चामा रहेकोमा पूर्णरुपमा सन्तुष्ट रहेको बताउनुभयो । वि.सं २०१९ फागुन ७ गते प्रजातन्त्र दिवसका दिन काठमाडौँको राष्ट्रिय नाचघरमा पहिलो पटक सार्वजनिक भएको गीत २०३१ सालमा रेडियो नेपालमा रेकर्ड भएको थियो । जेसीज म्याग्दीले पानी खायो बाघलै एवं बेनीको बजार गीतको पुनर्निर्माण गरेको हो ।

Related News

जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
  • २०८३ भाद्र ३०, मंगलवार ०८:३७

मुस्ताङको सदरमुकाम जोमसोममा मङ्गलबारदेखि घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ सुरु भएको छ। हिमालदेखि जनजीवनसम्म परेको जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र...

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

TOP