२०८३ असार २
June 16, 2026, Tuesday

म्याग्दीमा महिलालाई निःशुल्क लोक सेवा तयारी कक्षा

सामाजिक विकास कार्यालय म्याग्दीले निजामती सेवामा महिलाको पहुँच पु¥याउन निःशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गरेको छ । आर्थिक वर्ष २०८१÷०८२ मा सञ्चालन हुने गरी स्वीकृत वार्षिक कार्यक्रम अनुसार २० दिने निशुल्क कक्षा सञ्चालन गरिएको कार्यालय प्रमुख रमेश थापाले जानकारी दिनुभयो ।

Advertisement

उहाँका अनुसार महिलालाई निजामती सेवामा समान रूपमा पु¥याउने लक्ष्यका साथ जिल्लाका ६ वटै पालिकाबाट ४० महिलालाई निशुल्क लोक सेवा तयारी कक्षा संचालन गरिएको छ । गत वर्ष पनि कार्यालयले महिलालाई तालिम प्रदान गरेको थियो ।

Advertisement

हिमाली जिल्ला म्याग्दीमा हामीले निजामती सेवामा महिलाको आकर्षण बढाउनका लागि निशुल्क खरिदार र सुब्बाका लागि तयारी कक्षा संचालन गरिएको कार्यालय प्रमुख थापाको भनाई छ । ‘अप्राविधिक तर्फको (प्रशासन) सहायकस्तर चौथो तह (खरिदार सरह) कक्षा जिल्लाको म्याग्दी बहुमुखी क्याम्पसमा संचालन भएको छ, जिल्लामा रहेका उच्च तहका निजामती सेवामा रहेका अनुभवी र दक्ष जनशक्तीले कक्षा लिईरहनुभएको छ ।’ थापाले भन्नुभयो ।

कार्यालयका अनुसार तालिममा सहभागी हुनका लागि एसएलसी–एसइई उत्तीर्ण गरेकालाई सहभागी बनाईएको छ भने १८ वर्ष पूरा भई ४० वर्ष ननाघेकाले तालिम लिईरहेको छन् । आर्थिक रूपमा विपन्न, सामाजिक रूपमा पछि परेका, दलित र आदिवासी, जनजाति महिलालाई विशेष प्राथमिकता दिईएको कार्यालयले जनाएको छ ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP