सामाजिक विकास कार्यालय म्याग्दीले निजामती सेवामा महिलाको पहुँच पु¥याउन निःशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गरेको छ । आर्थिक वर्ष २०८१÷०८२ मा सञ्चालन हुने गरी स्वीकृत वार्षिक कार्यक्रम अनुसार २० दिने निशुल्क कक्षा सञ्चालन गरिएको कार्यालय प्रमुख रमेश थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार महिलालाई निजामती सेवामा समान रूपमा पु¥याउने लक्ष्यका साथ जिल्लाका ६ वटै पालिकाबाट ४० महिलालाई निशुल्क लोक सेवा तयारी कक्षा संचालन गरिएको छ । गत वर्ष पनि कार्यालयले महिलालाई तालिम प्रदान गरेको थियो ।
हिमाली जिल्ला म्याग्दीमा हामीले निजामती सेवामा महिलाको आकर्षण बढाउनका लागि निशुल्क खरिदार र सुब्बाका लागि तयारी कक्षा संचालन गरिएको कार्यालय प्रमुख थापाको भनाई छ । ‘अप्राविधिक तर्फको (प्रशासन) सहायकस्तर चौथो तह (खरिदार सरह) कक्षा जिल्लाको म्याग्दी बहुमुखी क्याम्पसमा संचालन भएको छ, जिल्लामा रहेका उच्च तहका निजामती सेवामा रहेका अनुभवी र दक्ष जनशक्तीले कक्षा लिईरहनुभएको छ ।’ थापाले भन्नुभयो ।
कार्यालयका अनुसार तालिममा सहभागी हुनका लागि एसएलसी–एसइई उत्तीर्ण गरेकालाई सहभागी बनाईएको छ भने १८ वर्ष पूरा भई ४० वर्ष ननाघेकाले तालिम लिईरहेको छन् । आर्थिक रूपमा विपन्न, सामाजिक रूपमा पछि परेका, दलित र आदिवासी, जनजाति महिलालाई विशेष प्राथमिकता दिईएको कार्यालयले जनाएको छ ।
‘पूर्णखोप सुरक्षित भविष्य’ भन्ने मूल नारासहित म्याग्दीको मालिका गाउँपालिका पूर्णखोप सुनिश्चितता एवं दिगोपना पालिकाको रुपमा घोषित भएको छ । मङ्गलवार...
म्याग्दीमा आयोजित सर्वाधिक धनराशीको ‘अब म पनि बोल्छु’वक्तृत्वकला प्रतियोगिताको उपाधी धवलागिरी गाउँपालिका–७,धारापानीस्थित किसानी चन्द्रकुन्ता माविकी उर्मिला सुबेदीले जितेकी छन् ।...
धौलागिरी अधिकृत विक्रेता संघको आयोजनामा शनिबा बागलुङमा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान र बागलुङ उद्योग वाणिज्य संघको १९ औ...