Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन २४
October 10, 2026, Saturday

खड्ग गर्बूजाको ‘पानी खायो बाघैले’ नयाँ स्वरूपमा सार्वजनिक

नेपाली लोकगीत क्षेत्रका चर्चित गायक खड्ग गर्बुजाको स्वरमा सजिएको सालैजो गित ‘‘ त्यो रानी वनको तिरतिरे धारा, सालैजो पानी खायो बाघैले’ २८ बर्षपछि नयाँ स्वरूपमा सार्वजनिक गरिएको छ। म्याग्दी जेसिजले निर्माण गरेको नयाँ भर्सनमा गायक गर्बुजा, मिना गर्बुजा, निता पुन, मिरा मगरको स्वर रहेको छ । शब्दसंगीत गायक गर्बुजाकै रहेको गीतमा मिलन थापामगर, खम थापा मगर र शेखर घर्ती मगरको मुख्य अभियन गरेका छन् ।

Advertisement

Dove: The Difference Your Skin Deserves (youtube.com)

Advertisement

म्याग्दीको बेनी नगरपालिका वडा नं १ अर्जममा छांयाङ्कन गरिएको म्यूजिक िभिडियोको डीके चोचाङ्गी पुन मगरले निर्देशन गरेका हुन् । लाहुरे छुट्टिको बेला घर फर्र्किएपछि स्वागतका लागि गाउँले भेला भएको कथालाई देखाइएको छ । गायक गर्बुजाले करिब १५ सयभन्दा बढी गीतमा आवाज दिएकोमा यो गीत सर्वाधिक लोकप्रिय मानिन्छ । यो गीतको क्यासेट तत्कालिन समयमा सर्वाधिक बिक्री भएको गायक गर्बुजाले बेनीअनलाइनलाई बताउनुभयो ।

‘ नयाँ स्वरूपमा गीत आउँदा नयाँ पुस्तामाझमा पुगेको छ, म निकै उत्साहित छु, सबैले मायाँ गरिदिनुहोला’ गायक गर्बुजाले भन्नुभयो । तत्कालिन समयमा यो गीत नेपालमा सर्वाधिक चलेको थियो । धवलागिरि गाउँपालिका–६ मराङ, अर्बाङका गर्बुजा भिरबाट खसेर शारीरिक अपांगता भएपछि उनको लाहुरेको सपना गायनतर्फ मोडिएको थियो । वि.स २०४३ पुस ८ गते घाँस काट्ने क्रममा भिरबाट खसेर घाइते भएका गर्बुजाको शरीरको मेरुडण्डदेखि तल्लो भागले काम गर्न नसक्ने भएपछि सांगीतिक क्षेत्रमा प्रवेश गर्नुभएको थियो ।

Related News

पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
  • २०८३ आश्विन २०, मंगलवार १०:२५

म्याग्दीका पत्रकार विनोद धौलागिरि, प्रमोद शर्मा र अर्जुनप्रसाद दहालद्वारा लिखित पाँच पुस्तक  सार्वजनिक भएका छन् । सेफर्ड कलेज काठमाण्डौमा आयोजित...

म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
  • २०८३ आश्विन १२, सोमबार १५:३६

असोज ८ गते शुक्रबार बेलुकादेखि ११ गते दिउँसेसम्म परेको अविरल वर्षापछि अएके बाढी र पहिरोमा परी विभिन्न स्थानमा गरी ७...

बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
  • २०८३ आश्विन १२, सोमबार १५:१८

बाढीपहिरोका कारण बागलुङका विभिन्न स्थानीय तहमा ५९ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ४४ घरमा आंशिक क्षति पुगेको छ...

TOP