म्याग्दी जिल्लाको मालिका गाउँपालिकाले पालिकाभित्रका विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्न थालेको छ । विपन्न नागरिकको स्वास्थ्योपचारमा सहयोग गर्न गाउँपालिकाले चालु आर्थिक वर्षमा ‘विपन्न नागरिकको स्वास्थ्य बीमा कार्यक्रम’ सञ्चालन गर्न लागेको हो ।
ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र महिला स्वास्थ्य स्वयंसेविकाका साथै विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्न लागिएको गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्वुजाले बताए । उनका अनुसार पालिकाले विपन्न नागरिकका लागि ३० लाख र महिला स्वास्थ्य स्वयंसेविकाको स्वास्थ्य बीमाका लागि रु तीन लाख बजेट विनियोजन गरेको छ ।
यस वर्ष गाउँपालिकाले नौ सय परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्ने लक्ष्य लिएको छ । विपन्न नागरिक स्वास्थ्य बीमा कार्यक्रमबाट चार हजार पाँच सय जना लाभान्वित हुने पालिकाले जनाएको छ । वडा कार्यालयबाट अहिले विपन्न नागरिकको विवरण सङ्कलन भइरहेको छ ।
वडा कार्यालयमा प्राप्त हुन आउने निवेदनमा गाउँ कार्यपालिकाको बैठकबाट छनोट गरेर एक वर्षको लगानीमा स्वास्थ्य बीमा गरिने गाउँपालिकाले जनाएको छ । पाँच जनाको परिवारले वार्षिक तीन हजार पाँच सय तिरेपछि एक वर्षसम्मलाई एक लाखसम्मको उपचार सेवा पाउनेछन् । यस्तै पाँच जनाभन्दा बढीको परिवार भएमा प्रतिव्यक्ति सात सय थप हुनेछ भने उनीहरूले थप २० हजार बराबरको उपचार सेवा पाउनेछन् । रासस
६ औं गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको प्रतियोगितामा कास्की प्रथम र म्याग्दी दोस्रो भएको छ । सोमबार र मंगलबार गोरखामा...
आगामी आर्थिक वर्ष २०८२÷०८३ मा म्याग्दी जिल्लामा सञ्चालन हुने आयोजनाहरुका लागि संघीय सरकार मार्फत झण्डै बजेट बिनियोजन भएको छ ।...
म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा निर्माणधिन (५३.५ मेगावाट) मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत आयोजनाको पावर हाउन तर्फबाट पनि सुरुङ निर्माण कार्य...