२०८३ भाद्र ३१
September 16, 2026, Wednesday

बेनीमा प्रथम नगर कप ब्याडमिन्टन प्रतियोगिता सुरु

म्याग्दीको बेनी नगरपालिकामा प्रथम नगर कप ब्याडमिन्टन’ प्रतियोगिताको शुक्रबार उद्घाटन भएको छ। बेनीनगरपालिका ब्याडमिन्टन संघको आयोजनामा गण्डकी प्रदेशस्तरीय खुल्ला, जिल्लास्तरीय सी लेभल र डी लेभल जिल्ला खेलकुद विकास समितिको कर्बड हलमा सुरू भएको प्रतियोगिताको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले उद्घाटन गरे ।

Advertisement

ब्याडमिन्टन खेलको विकास तथा विस्तार र नयाँ प्रतिभाशाली खेलाडी उत्पादनमा जिल्लाको सदरमुकाम बेनीदेखि ग्रामिण क्षेत्रसम्म नियमित भइरहेका प्रतियोगिता र खेल अभ्यासबाट उत्साहित भएको बताउँदै आगामी दिनमा खेलकुदमार्फत म्याग्दी पर्यटन क्षेत्रको विकासमा समेत योगदान पुगेको बताइएको थियो ।

उद्घाटनमा बेनी नगरपालिका वडा नं ७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ, म्याग्दी ब्याडमिन्टन संघका अध्यक्ष हिमालय कार्की, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख दानबहादुर राई , बेनी नगरपालिका नगरप्रहरी प्रमुख शंकर पौडेल लगायतको उपस्थिती रहेको थियो । प्रतियोगिताको गण्डकी प्रदेश खुलातर्फ प्रथम ४० हजार रुपैयाँ, द्वितीय पुरस्कार ३० हजार र तृतीय १५ हजार नगद शिल्ड, मेडल र प्रमाणपत्र रहेको छ।

यस्तै सी लेभलतर्फ प्रथम पुरस्कार २० हजार रुपैयाँ, द्वितीय पुरस्कार १५ हजार रुपैयाँ र तृतीय पुरस्कार १०हजार रुपैयाँका साथै शिल्ड, मेडल र प्रमाणपत्र रहेको छ भने डी लेभल तर्फ २० हजार रुपैयाँ, द्वितीय पुरस्कार १० हजार रुपैयाँ र तृतीय पुरस्कार ८ हजार रुपैयाँ रहेको बेनीनगरपालिका ब्याडमिन्टन संघका अध्यक्ष सज्जन शाक्यले जानकारी दिए ।

प्र्रतियोगितामा तीनवटै विधाका खेलमा ९२ जना खेलाडीले प्रतिष्पर्धा गरेका छन्। प्रतियोगिताको उद्घाटनको अध्यक्षता संघका अध्यक्ष सज्जन शाक्यले प्रथम नगर कप ब्याडमिन्टन प्रतियोगिताका लागि आर्थिक भौतिक र नैतिक सहयोग गर्नेलाई धन्यवाद दिदैं आगामी दिनमा प्रतियोगितालाई थप ब्यवस्थित बनाउन निरन्तर सक्रिय हुने बताए । उद्घाठज सत्रको प्रतियोगिताका सचिवालय ब्यवस्थापक सचिन शाक्यले सञ्चालन गरेका थिए ।

Related News

जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
  • २०८३ भाद्र ३०, मंगलवार ०८:३७

मुस्ताङको सदरमुकाम जोमसोममा मङ्गलबारदेखि घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ सुरु भएको छ। हिमालदेखि जनजीवनसम्म परेको जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र...

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

TOP