२०८३ बैशाख १७
April 30, 2026, Thursday

बेनीमा कपडा बैंक,‘सक्नेले दिनुहोस् नसक्नेले लैजानुहोस्’

बेनी नगरपालिका-७,को कार्यालयले सञ्चालन गरेको कपडा बैंककमा लायन्स क्लव अफ बेनी लभ्लीहिल र म्याग्दी कपडा फेन्सी ब्यवसायी संघले अभियान सञ्चालन गरी सहयोग गरेका छन् । घरमा प्रयोग नभएका लत्ताकपडा संकलन गरी खरिद गर्न नसक्ने गरिब परिवारलाई निःशुल्क उपलब्ध गराउने उद्देश्यले एकबर्ष अगाडी वडा कार्यालयमा कपडा बैंक स्थापना गरिएको थियो ।

Advertisement

उक्त प्रक्रियामा सहयोग गर्न दुबै संस्थाले सदरमुकाम बेनीमा मंगलबारदेखि बजारका व्यापारीबाट प्रयोग गर्न योग्य तर उपयोग नभएका कपडा संकलन तथा प्रचारप्रसार सुरु गरेको लायन्स क्लव अफ लभ्लीहिलका अध्यक्ष विश्वास श्रेष्ठको भनाई छ ।

Advertisement

वडा कार्यालयको सभाहलमा कपडा व्यवस्थापन गरिने र म्याग्दी जिल्लाभित्र तथा आवश्यक परेमा बाहिरी जिल्लाका असहाय, असक्त तथा अर्थावस्था न्यून भएका व्यक्तिलाई मौसमअनुसार कपडा उपलब्ध गराउने वडा सदस्य समेत रहनुभएका श्रेष्ठको भनाई छ ।

चाडपर्वमा विपन्नलाई सहज हुने गरी बेनीबजारमा ‘सक्नेले दिनुहोस् नसक्नेले लैजानुहोस्’ भन्ने नारा सहित संकलित कपडा वडा कार्यालयमा रहेको बैंकमा राखेर वितरण गरिने छ ।

यस अभियानमा वडा कार्यालयले समेत बजेट विनियोजन गरेको छ भने विभिन्न संघसंस्थाबाट समेत सहयोगको प्रतिबद्धता जनाइएको छ । वडाध्यक्ष रमेशकुमार श्रेष्ठले बताउनुभयो । प्राकृतिक विपत्तिमा परेका, बेवारिसे अवस्थामा भेटिएका, गरिब तथा अतिविपन्न परिवारलाई उपलब्ध गराइने छ ।आवश्यक पर्नेले बैंकमा आएर आफूखुसी रोजेर लुगा लैजान सक्ने र वडामा लैजानेको विवरण राखिए पनि गोप्य राखिने अध्यक्ष श्रेष्ठको भनाई छ ।

चाडपर्वमा लगाउन सक्ने जाडो मौसमन जिकिँदै गर्दा विपन्न समुदायका मानिसले न्यानो कपडा अभावमा सहज हुन्छ । यसैबीच बेनपा–६,अर्थुङेमा रहेको वडा कार्यालयको भवनमा रहेको कपडा बैंक प्रभावकारी रुपमा सञ्चालन भइरहेको छ । वडाभित्रका विपन्नले चाडपर्व सँगै अन्य समयमा आएर समेत कपडा लैजाने गरेका छन् ।

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०८१ आश्विन १६, बुधबार ०१:३५

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०८१ आश्विन १६, बुधबार ०१:३५

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०८१ आश्विन १६, बुधबार ०१:३५

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP