२०८३ असार २७
July 11, 2026, Saturday

घतानमा दोस्रो वडा अध्यक्ष, प्रथम तोरिपानी कप भलिबल प्रतियोगिता सुरु

म्याग्दीको बेनी नगरपालिका-९ घतानमा दोस्रो वडा अध्यक्ष कप एवम् प्रथम तोरीपानी कप  सुरु भएको छ ।
उक्त प्रतियोगिताको उद्घाटन गर्दै बेनी नगरपालिका मेयर सुरत केसीले बेनी नगरपालिकाले खेल क्षेत्रको विकासका लागि विभिन्न कार्यक्रम र खेलाडीको प्रोत्साहनका लागि वडाहरुमा खेल मैदान निर्माण गरिएको बताउनुभयो ।

गाउँघरमा हुने यस्ता प्रतियोगिताले जिल्ला, प्रदेश संगै केन्द्र सम्म पुग्न सक्ने खेलाडी उत्पादनका गरेको बताउनुभयो । कार्यक्रममा उप मेयर ज्याती लामिछानेले नगरपालिकाले खेल क्षेत्रका लागि प्राथमिकता दिएर बजेट विजियोजन गर्दै आएको बताउनुभयो ।

विगत बर्ष देखि वडामा खेलाडीको प्रोत्साहन पनि हुने र खेलाडी पनि उत्पादन गर्ने उदेश्यले वडा अध्यक्ष कपको आयोजना गर्दै आएको बेनी नगरपालिका वडा ९ को अध्यक्ष चक्रबहादुर केसीले बताउनुभयो ।

उहाँले वडाले केही रकम आर्थिक सहयोग गर्ने र सम्पूर्ण जिम्मा युवा क्लबले गर्ने गरेको बताउनुभयो । हरेक बर्ष वडामा दर्ता भएका प्रत्येक टोलका युवा क्लबलाई छुटछुट्टै सहयोग गर्ने गरेको बताउनुभयो ।

उक्त कार्यक्रममा वडा नं. ७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ, नगरप्रहरी प्रमुख शंकर पौडेल, वडा सदस्य झलक विश्वकर्मा, गलेश्वर माविका प्र.अ गणेश बानियाँले बोल्नुभएको थियो । उक्त उद्घाटन कार्यक्रम गकुल सुनारको संचालन, तेजिन्द्र बहादुर खत्रीको स्वागत र तोरीपानी युवा क्लबका अध्यक्ष दिनेश खत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

विजया दशमीको अवसर पारेर आयोजना गरिएको उक्त प्रतियोगितामा पुरुष भलिबलमा प्रथम हुनेले ७५ हजार ५५५ ट्रफी, मेडल र प्रमाण पत्र, द्धितिय हुनेले नगर रु ४५ हजार ५५५ ट्रफी, मेडल र प्रमाण पत्र प्रौढ भलिबल बिजेताले ५० हजार १११ ट्रफी, मेडल र प्रमाण पत्र, उपबिजेताले ३० हजार ३३३ ट्रफी, मेडल र प्रमाण पत्र पाउने क्लब सचिव गणेश बानियाँले जानकारी दिनुभयो ।

त्यस्तै २० बर्ष मुनीको भलिबल बिजेताले ३५ हजार ५५५ ट्रफी, मेडल र प्रमाण पत्र उपविजेताले २५ हजार ५५५ पाउनेछन् भने २३ गते सम्म संचालन हुने प्रतियोगितामा एकल नृत्य प्रतियोगिता, पुरुष महिला लठो तान्ने प्रतियोगिता, बञ्चेबाजा नृत्य प्रतियोगिता र भाले हुने प्रतियोगिता रहको मेला कोषाध्यक्ष तेजिन्द्र बहादुर खत्रीले जानकारी दिनुभयो ।

Related News

आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
  • २०८३ असार १५, सोमबार ०४:३८

राकेश शर्मा म्याग्दीको मालिका गाउँपालिकाले आफ्नो आन्तरिक आम्दानीको दायारा बढाउने निति लिएको छ । पालिकाले चालु आर्थिक बर्षमा ७ करोड...

उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
  • २०८३ असार १४, आईतवार १६:१८

राकेश शर्मा म्याग्दीमा एउटा उखान प्रचलित छ, ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन ।’ यो भनाइले धवलागिरि गाउँपालिका–१...

लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
  • २०८३ असार १२, शुक्रबार ०३:२९

तालिम मार्फत आत्मर्निभर बनाउदै पालिका म्याग्दीको मंगला गाउँपालिकाले सञ्चालन गरेको लघुउद्यम विकास कार्यक्रमले स्थानीयलाई स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेलेको छ...

TOP