२०८२ कार्तिक २७
November 12, 2025, Wednesday

घतानमा दोस्रो वडा अध्यक्ष, प्रथम तोरिपानी कप भलिबल प्रतियोगिता सुरु

म्याग्दीको बेनी नगरपालिका-९ घतानमा दोस्रो वडा अध्यक्ष कप एवम् प्रथम तोरीपानी कप  सुरु भएको छ ।
उक्त प्रतियोगिताको उद्घाटन गर्दै बेनी नगरपालिका मेयर सुरत केसीले बेनी नगरपालिकाले खेल क्षेत्रको विकासका लागि विभिन्न कार्यक्रम र खेलाडीको प्रोत्साहनका लागि वडाहरुमा खेल मैदान निर्माण गरिएको बताउनुभयो ।

Advertisement

गाउँघरमा हुने यस्ता प्रतियोगिताले जिल्ला, प्रदेश संगै केन्द्र सम्म पुग्न सक्ने खेलाडी उत्पादनका गरेको बताउनुभयो । कार्यक्रममा उप मेयर ज्याती लामिछानेले नगरपालिकाले खेल क्षेत्रका लागि प्राथमिकता दिएर बजेट विजियोजन गर्दै आएको बताउनुभयो ।

Advertisement

विगत बर्ष देखि वडामा खेलाडीको प्रोत्साहन पनि हुने र खेलाडी पनि उत्पादन गर्ने उदेश्यले वडा अध्यक्ष कपको आयोजना गर्दै आएको बेनी नगरपालिका वडा ९ को अध्यक्ष चक्रबहादुर केसीले बताउनुभयो ।

उहाँले वडाले केही रकम आर्थिक सहयोग गर्ने र सम्पूर्ण जिम्मा युवा क्लबले गर्ने गरेको बताउनुभयो । हरेक बर्ष वडामा दर्ता भएका प्रत्येक टोलका युवा क्लबलाई छुटछुट्टै सहयोग गर्ने गरेको बताउनुभयो ।

उक्त कार्यक्रममा वडा नं. ७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ, नगरप्रहरी प्रमुख शंकर पौडेल, वडा सदस्य झलक विश्वकर्मा, गलेश्वर माविका प्र.अ गणेश बानियाँले बोल्नुभएको थियो । उक्त उद्घाटन कार्यक्रम गकुल सुनारको संचालन, तेजिन्द्र बहादुर खत्रीको स्वागत र तोरीपानी युवा क्लबका अध्यक्ष दिनेश खत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

विजया दशमीको अवसर पारेर आयोजना गरिएको उक्त प्रतियोगितामा पुरुष भलिबलमा प्रथम हुनेले ७५ हजार ५५५ ट्रफी, मेडल र प्रमाण पत्र, द्धितिय हुनेले नगर रु ४५ हजार ५५५ ट्रफी, मेडल र प्रमाण पत्र प्रौढ भलिबल बिजेताले ५० हजार १११ ट्रफी, मेडल र प्रमाण पत्र, उपबिजेताले ३० हजार ३३३ ट्रफी, मेडल र प्रमाण पत्र पाउने क्लब सचिव गणेश बानियाँले जानकारी दिनुभयो ।

त्यस्तै २० बर्ष मुनीको भलिबल बिजेताले ३५ हजार ५५५ ट्रफी, मेडल र प्रमाण पत्र उपविजेताले २५ हजार ५५५ पाउनेछन् भने २३ गते सम्म संचालन हुने प्रतियोगितामा एकल नृत्य प्रतियोगिता, पुरुष महिला लठो तान्ने प्रतियोगिता, बञ्चेबाजा नृत्य प्रतियोगिता र भाले हुने प्रतियोगिता रहको मेला कोषाध्यक्ष तेजिन्द्र बहादुर खत्रीले जानकारी दिनुभयो ।

Related News

गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
  • २०८१ आश्विन १७, बिहीबार १७:०८

। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
  • २०८१ आश्विन १७, बिहीबार १७:०८

म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...

न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
  • २०८१ आश्विन १७, बिहीबार १७:०८

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको...

TOP