२०८३ श्रावण ७
July 23, 2026, Thursday

दोस्रो रिभरसाईड खुल्ला फुटबल प्रतियोगिताको उद्घाटन

म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँट स्थित रिभरसाईड बगरफाँट युवा क्लवले अयाोजना गरेको दोस्रो रिभरसाईड सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिताको बिहिबार उद्घाटन गरिएको छ ।

Advertisement

गण्डकी प्रदेशसभा सदस्य हरि भण्डारीले प्रतियोगिताको उद्घाटन गदैं समाजको मेरुदण्ड भएकाले समाजमा हुने विकास निर्माण, सामाजिक विकृति विरुद्धको अभियान र समाजलाई एकजुट बनाउन यूवाले नै नेतृत्व गर्नुपर्ने बताउनुभयो ।

प्रतियोगिताको उद्घाटनमा वडा अध्यक्ष यामबहादुर कार्की, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेक केसी, जिल्ला फुटबल संघका अध्यक्ष कुमार बानियाँले क्लवमार्फत खेलकुदसँगै सामाजिक कार्यमा देखाइरहेको गतिविधि प्रशंसायोग्य भएको बताउनुभयो ।असोज १७ देखि २० गतेसम्म सञ्चालन हुने खुल्ला फुटबल प्रतियोगितामा ३४ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम पुरस्कार रु एक लाख एक हजार १० नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र रहेको छ ।

त्यसैगरी द्धितीय पुरस्कार रु ५० हजार,पाँचसय पाँच सहित ट्रफी,मेडल र प्रमाणपत्र रहेको छ भने अनुशासित टिमलाई रु ६ हजार र ट्रफी,उत्कुष्ट खेलाडी,सर्वाधिक गोलकताृ,उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलरक्षकलाई रु २ हजार ५ सय नगद सहित टफी पुरस्कार रहेको जनाएको छ ।

त्यसैगरी पहिलो चरणदेखि क्वाटर फाइनलसम्म प्रत्येक खेलका विजेतालाई एक हजार पाँचस सय नगदर र सेमिफाइनबाट बाहिरिने टिमलाई चार हजार पुुरस्कार रहेको छ ।पछिल्लो समय बगरफाँटका युवाहरु संगठित भै खेलकुदका साथै अन्य सामाजिक,गाउँलाई पर्यटकीय गाउँ बनाउने अभियानका साथै जनचेतनामूलक कामहरुमा लागेका छन् ।

क्लवका अध्यक्ष सुनिल थापाको अध्यक्षता, उपाध्यक्ष नारायण थापाको स्वागत र सचिव अर्जुन कार्कीको सञ्चालनमा सम्पन्न भएको उद्घाटन समारोहमा स्थानीय संघसंस्था, राजनीतिक दलका प्रतिनिधिको समेत उपस्थिति रहेको थियो ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP