२०८३ असार ११
June 25, 2026, Thursday

मोना युकेको अध्यक्षमा पदम सुन्दर गर्बुजा निर्वाचित

मोना युकेको ८ औं अधिवेशनबाट अध्यक्षमा पदम सुन्दर गर्बुजा सर्बसम्मतले निर्वाचित भएका छन्।

Advertisement

अधिवेशन बेलायतको अल्डरसटस्थित ठमेल दोहोरी रेस्टुरेण्टमा सम्पन्न भएको थियो। ८ औं अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा लाल पुन, उपाध्यक्षमा बिष्णु भण्डारी, महिला उपाध्यक्षमा गङ्गा रोका निर्वाचित भएका छन् भने महासचिबमा मन्दिप जुग्जाली, सचिबमा रबिन्द्र रोका, कोषाध्यक्षमा मनोज पुन, सहकोषाध्यक्षमा नारायण पुन निएवाचित भएका छन्।

Advertisement

त्यस्तै मोना युथ क्लबको अध्यक्षमा तारा गर्बुजा, उपाध्यक्षहरुमा क्रमश: अर्जुन पुन र रबिन पुन निर्वाचित भएका छन् भने सचिबमा नेत्रमान गर्बुजा र कोषाध्यक्षमा धन पुन (धौलागिरी) निर्वाचित भएका छन्।

खेलकुद सचिबमा टेक बुढाथोकी निर्वाचित भएका छन् भने सांस्कृतिक सचिबमा नुनु पिज्जा निर्वाचित भएका छन्। त्यस्तै सदस्यहरुमा मदन राना, त्रि प्रसाद पुन, गोपाल छन्त्याल, धन पुन (चिमखोला) शिला थापा, उदिमा बुढा, मिन पुर्जा, मिना बुढाथोकी, तक्लाल पुन, मनमाया पुन, र गुनदेबी पुन निर्वाचित भएका छन्।

त्यस्तै धौलागिरी गाउँपालिकाको सचिबमा नन्द रोका, अन्नपूर्ण गाउँपालिकाको सचिबमा तुल्चन्द्र तिलिजा, गाउँपालिकाको सचिबमा खिम पुन, रघुगंगा गाउँपालिकाको सचिबमा अनिल मल्ल निर्वाचित भएका छन भने मंगला गाउँपालिकाको सचिब र बेनी नगरपालिकाको सचिवको स्थान खालि रहेको छ।

८ औं अधिवेशनको पहिलो चरणको कार्यक्रममा आपतकालीन स्थिति बारे सूचना, आशन ग्रहण, राष्ट्रिय धुन, दिप प्रज्वलन, दुइ मिनेट मौन धारण गरेपछि बरिष्ठ उपाध्यक्ष लाल पुनले स्वागत मन्तब्य दिएका थिए।

अधिवेशनको दोस्रो चरणमा मोना युकेको मातहतमा गठन भएका बिभागहरु जस्तै: युथ क्लब, सांस्कृतिक बिभाग, सदस्यता बिभाग, अडिट प्रतिवेदन, प्रोपर्टी बिभाग र बिभिन्न गाउँपालिकाका प्रतिनिधिहरु र बेनी नगर पालिकाका प्रतिनिधिले आ-आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए।

त्यस्तै मोना युकेको प्रतिवेदन महासचिब बिष्णु भण्डारीले प्रस्तुत गरेका थिए भने कोषाध्यक्षको प्रतिवेदन कोषाध्यक्ष राम तिलिजाले प्रस्तुत गरेका थिए।

उक्त सम्पूर्ण प्रतिवेदनहरु मोना युकेको ८ औं अधिवेशनले सर्बसम्मतबाट पारित भएको छ। ८ औं अधिवेशनका प्रमुख अतिथि तथा संथापक अध्यक्ष दलमान पुन र पुर्ब अध्यक्ष उमेश रानाले अधिवेशनको लागि शुभकामना मन्तब्य दिएका थिए।

अधिवेशनको तेस्रो चरणमा मोना युकेका बिधान समितिका प्रमुख तथा पुर्ब अध्यक्ष उमेश राना, पुर्ब अध्यक्ष दल जुक्जाली र सल्लाहकार अर्जुन तिलिजाले प्रस्तुत गरेको बिधान संशोधन प्रस्ताबलाई ब्यापक रुपले छलफल गरि सर्बसम्मतद्वारा पारित गरिएको छ।

अधिवेशनको चौथो चरणमा मोना युकेका अध्यक्ष कुमार फगामीले आफ्नो कार्यसमितिलाई बिघटन गर्दै ८ औं कार्यसमिति गठन गरिदिनको लागि निर्वाचन समितिलाई हस्तान्तरण गरेका थिए।

निर्वाचन समितिको प्रमुख अमर मल्ल भएतापनि उनको कार्य विशेषताको अनुस्पथितिमा बेल बुढाथोकीले निर्वाचन प्रमुखको भूमिका निभाएका थिए भने रत्न शाहीले सचिवको कार्यभार सम्हाल्दै नयाँ कार्यसमिति नामावली प्रस्तुत गरेका थिए।

मोना युकेका अध्यक्ष कुमार फगामीले अध्यक्षता गरेको कार्यक्रममा संथापक अध्यक्ष दलमान पुन प्रमुख अथिति रहेका थिए। संस्थाका महासचिब बिष्णु भण्डारीले कार्यक्रम संचालन गरेको ती भने सचिब मन्दिप जुग्जालीले आपतकाली स्थितिको बारेमा सूचना सुचित गरेका थिए।

अन्त्यमा अध्यक्ष कुमार फगामीले ७ औं कार्यसमितिका सम्पूर्ण सदस्यहरु, संरक्षक, सल्लाहकारहरु, विभागीय सचिबहरु, गाउँ तथा नगर पालिकाका प्रतिनिधिहरु, बिधान कमिटि, निर्वाचन कमिटि र उपस्थित सम्पूर्ण महानुभाबहरुलाई धन्यवाद दिदै नवनिर्वाचित अध्यक्ष पदम सुन्दर गर्बुजा र उनका कार्यसमितिलाई हार्दिक बधाई दिएका छन भने नवनिर्वाचित अध्यक्ष पदम सुन्दर गर्बुजाले आफ्नो घोषणा पत्र प्रस्तुत गर्दै ८ औं कार्यसमितिलाई सफल पारीदिनहुन उपस्थित सम्पुर्णलाई अनुरोध गरेका छन्।

Related News

म्याग्दीको अन्नपूर्णले पारित ग¥यो ६१ करोड १४ लाखको बजेट, कृषि–पर्यटन र पूर्वाधारमा जोड
म्याग्दीको अन्नपूर्णले पारित ग¥यो ६१ करोड १४ लाखको बजेट, कृषि–पर्यटन र पूर्वाधारमा जोड
  • २०८३ असार १०, बुधबार १५:२१

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ६१ करोड १४ लाख ६९ हजार रुपैयाँको बजेट सर्वसम्मत रूपमा पारित...

पूर्वाधारलाई प्राथमिकता दिँदै धवलागिरिले ल्यायो ४८ करोड ५२ लाखको बजेट
पूर्वाधारलाई प्राथमिकता दिँदै धवलागिरिले ल्यायो ४८ करोड ५२ लाखको बजेट
  • २०८३ असार १०, बुधबार १३:३९

म्याग्दीको धवलागिरी गाउँपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि रु ४८ करोड ५२ लाख तीन हजारको...

समृद्ध बेनी निर्माणका लागि सुशासन, पारदर्शिता र जनविश्वास बलियो बनाउनुपर्छ : श्रेष्ठ
समृद्ध बेनी निर्माणका लागि सुशासन, पारदर्शिता र जनविश्वास बलियो बनाउनुपर्छ : श्रेष्ठ
  • २०८३ असार ९, मंगलवार १६:४७

म्याग्दीको बेनी नगरपालिकाको नगरसभामा वडा नम्बर ७ वडा सदस्य तथा सुशासन उपसमिति संयोजक सोहन श्रेष्ठ (विश्वास)ले पारदर्शिता, गुणस्तरीय सेवा प्रवाह,...

TOP