२०८३ असार २६
July 10, 2026, Friday

कोरलामा अध्यागमन कार्यालय र बिओपी भवन गृहमन्त्रीद्धारा उद्घाटन

मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चिनको सिमाना कोरला नाकामा स्थापना भएको अध्यागमन कार्यालय र चेनुङमा शसस्त्र प्रहरी बलको बोर्डर आउटपोष्टको भवन कोरला, गृहमन्त्री रमेश लेखकले उद्घाटन गर्नुभएको छ ।

समुन्द्रि सतहदेखि चार हजार छ सय ५० मिटर उचाईमा रहेको कोरला नाकाको नेपालतर्फको भूगोलमा अस्थायी संरचना निर्माण गरेर अध्यागमन कार्यालय सञ्चालन गरिएको हो । कोरला नाकादेखि १२ किलोमिटर तल लोमान्थाङको नेचुङमा निर्माण भएको सशस्त्र प्रहरी बलको (बिओपी) भवनको पनि गृहमन्त्री लेखकले उद्घाटन गर्नुभएको छ ।

कार्यक्रममा गृहमन्त्री लेखकले कोरला नाकालाई व्यवसायिक हिसाबले सञ्चालनका लागि पूर्वाधार निर्माणलाई प्रथामिकता दिएको बताउनुभयो । अध्यागमन कार्यालय स्थापना भएपछि कोरलानाकाबाट भिसा लगाएर वारपार गर्न र सामान आयात निर्यात गर्न सहज हुने मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले बताउनुभयो ।

चिन जानका लागि भिसाका लागि पोखरा, काठमाडौ जानु नपर्ने, सिमामा नेपाली सुरक्षा निकाय र कर्मचारीको नियमित उपस्थिति हुने भएको हो । गण्डकी प्रदेश सरकारले कोरला नाकामा गत वर्ष निर्माण गरेको सुरक्षा निकाय तथा उद्दार केन्द्रको प्रिफेक प्रविधिको अस्थायी भवनमा अध्यागमन कार्यालय राखिएको छ ।

कोरोना महामारीका समयमा बन्द भएको कोरला नाका २०८० कात्तिक २७ गते देखि चिनको सिमानामा रहेको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाहरुका लागि खुलाईएको थियो । मुस्ताङका सबै पालिकाका बासिन्दालाई कोरला नाका भएर चिनीया बजारमा जान प्रस्थान अनुमतिपत्र प्रदान गर्ने काम अन्तिम चरणमा पुगेको छ ।

अध्यागमन कार्यालय उद्घाटनका लागि गृहमन्त्री लेखक सहित गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, गृहसचिव गोकर्णमणी दुवाडी, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा लगायत सुरक्षा अधिकारीहरु हेलिकप्टर मार्फत कोरला नाका पुग्नुभएको थियो ।

प्रतिनिधीसभा सदस्य योगेश गौचन (थकाली), गण्डकी प्रदेशसभा सदस्य नम्दु गुरुङ, मुस्ताङका स्थानीय तहका जनप्रतिनिधी, प्रमुख जिल्ला अधिकारी बिष्णु भुषाललगायत सुरक्षा अधिकारीहरु मङगलबार साँझनै लोमान्थाङ पुग्नुभएको थियो ।

Related News

आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
  • २०८३ असार १५, सोमबार ०४:३८

राकेश शर्मा म्याग्दीको मालिका गाउँपालिकाले आफ्नो आन्तरिक आम्दानीको दायारा बढाउने निति लिएको छ । पालिकाले चालु आर्थिक बर्षमा ७ करोड...

उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
  • २०८३ असार १४, आईतवार १६:१८

राकेश शर्मा म्याग्दीमा एउटा उखान प्रचलित छ, ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन ।’ यो भनाइले धवलागिरि गाउँपालिका–१...

लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
  • २०८३ असार १२, शुक्रबार ०३:२९

तालिम मार्फत आत्मर्निभर बनाउदै पालिका म्याग्दीको मंगला गाउँपालिकाले सञ्चालन गरेको लघुउद्यम विकास कार्यक्रमले स्थानीयलाई स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेलेको छ...

TOP