२०८१ फाल्गुन ३
February 15, 2025, Saturday

कोरलामा अध्यागमन कार्यालय र बिओपी भवन गृहमन्त्रीद्धारा उद्घाटन

मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चिनको सिमाना कोरला नाकामा स्थापना भएको अध्यागमन कार्यालय र चेनुङमा शसस्त्र प्रहरी बलको बोर्डर आउटपोष्टको भवन कोरला, गृहमन्त्री रमेश लेखकले उद्घाटन गर्नुभएको छ ।

Advertisement

समुन्द्रि सतहदेखि चार हजार छ सय ५० मिटर उचाईमा रहेको कोरला नाकाको नेपालतर्फको भूगोलमा अस्थायी संरचना निर्माण गरेर अध्यागमन कार्यालय सञ्चालन गरिएको हो । कोरला नाकादेखि १२ किलोमिटर तल लोमान्थाङको नेचुङमा निर्माण भएको सशस्त्र प्रहरी बलको (बिओपी) भवनको पनि गृहमन्त्री लेखकले उद्घाटन गर्नुभएको छ ।

कार्यक्रममा गृहमन्त्री लेखकले कोरला नाकालाई व्यवसायिक हिसाबले सञ्चालनका लागि पूर्वाधार निर्माणलाई प्रथामिकता दिएको बताउनुभयो । अध्यागमन कार्यालय स्थापना भएपछि कोरलानाकाबाट भिसा लगाएर वारपार गर्न र सामान आयात निर्यात गर्न सहज हुने मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले बताउनुभयो ।

चिन जानका लागि भिसाका लागि पोखरा, काठमाडौ जानु नपर्ने, सिमामा नेपाली सुरक्षा निकाय र कर्मचारीको नियमित उपस्थिति हुने भएको हो । गण्डकी प्रदेश सरकारले कोरला नाकामा गत वर्ष निर्माण गरेको सुरक्षा निकाय तथा उद्दार केन्द्रको प्रिफेक प्रविधिको अस्थायी भवनमा अध्यागमन कार्यालय राखिएको छ ।

कोरोना महामारीका समयमा बन्द भएको कोरला नाका २०८० कात्तिक २७ गते देखि चिनको सिमानामा रहेको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाहरुका लागि खुलाईएको थियो । मुस्ताङका सबै पालिकाका बासिन्दालाई कोरला नाका भएर चिनीया बजारमा जान प्रस्थान अनुमतिपत्र प्रदान गर्ने काम अन्तिम चरणमा पुगेको छ ।

अध्यागमन कार्यालय उद्घाटनका लागि गृहमन्त्री लेखक सहित गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, गृहसचिव गोकर्णमणी दुवाडी, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा लगायत सुरक्षा अधिकारीहरु हेलिकप्टर मार्फत कोरला नाका पुग्नुभएको थियो ।

प्रतिनिधीसभा सदस्य योगेश गौचन (थकाली), गण्डकी प्रदेशसभा सदस्य नम्दु गुरुङ, मुस्ताङका स्थानीय तहका जनप्रतिनिधी, प्रमुख जिल्ला अधिकारी बिष्णु भुषाललगायत सुरक्षा अधिकारीहरु मङगलबार साँझनै लोमान्थाङ पुग्नुभएको थियो ।

Related News

माओवादी घटक पार्टीहरुको ध्रुवीकरण, एकता र रुपान्तरणमा जोड
माओवादी घटक पार्टीहरुको ध्रुवीकरण, एकता र रुपान्तरणमा जोड
  • २०८१ कार्तिक १४, बुधबार १०:१८

३० औं जनयुद्ध दिवसको अवसरमा म्याग्दीको बेनीमा बुधबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रमका सहभागीहरुले समान विचार हुने दलहरुको ध्रुवीकरण, एकता र...

आठ सय वर्ष पुरानो गुफाभित्रको लुरी गुम्बा ओझेलमा
आठ सय वर्ष पुरानो गुफाभित्रको लुरी गुम्बा ओझेलमा
  • २०८१ कार्तिक १४, बुधबार १०:१८

मुस्ताङको लोघेकर–दामोदरकुण्ड गाउँपालिका–४ मा पर्ने यारामा रहेको ऐतिहासिक महत्वको लुरी गुम्बा ओझेलमा परेको छ । धार्मिक, ऐतिहासिक महत्वका बारेमा प्रचारप्रसार...

पन्ध्र हजार परिचयपत्र कार्यालयमै थन्कियो
पन्ध्र हजार परिचयपत्र कार्यालयमै थन्कियो
  • २०८१ कार्तिक १४, बुधबार १०:१८

बागलुङ, सेवाग्राही परिचयपत्र लिन नआएपछि जिल्ला प्रशासन कार्यालय बागलुङमा १५ हजार आठ सय ३८ राष्ट्रिय परिचयपत्र थन्किएका छन् । राष्ट्रिय...

TOP