२०८३ असार १
June 15, 2026, Monday

भ्रष्ट्राचार बिरोधी अभियानमा जुट्न माओवादी महासचिव गुरुङको कार्यकर्तालाई निर्देशन

नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले माओवादी सुशासनको मुद्दाबाट पछि नहट्ने बताउनुभएको छ ।

Advertisement

नेकपा (माओवादी केन्द्र) म्याग्दीले बुधबार बेनी नगरपालिका–४ सिंगामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले सुशासन बिनाको विकास र सम्बृद्धिको परिकल्पना गर्न नसकिने बताउनुभयो ।

Advertisement

“राजनीतिक उपलब्धीको रक्षा, सामाजिक न्याय र सुशासननै अहिलेको मुद्दा हुन्,” उहाँले भन्नुभयो “गाउँटोल सम्मै झागिएको भ्रष्ट्राचार जन्य गतिबिधी र चरित्र वर्तमान समाजको समस्या हो । भ्रष्ट्राचार विरोधी अभियानलाई थप शसक्त बनाउन आवश्यक छ ।”

सुशासन, ढिलासुस्ती, ठगीका विरुद्धमा जनताको साथ लिएर प्रतिवाद गर्न नेता गुरुङले कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । सरकारले सहकारी ठगीमा संसदीय समितिले छानविनको सिफारिस गरेका एमाले, काँग्रेसका नेताहरुलाई संरक्षण र रास्वपा सभापति तथा गृहमन्त्री रवी लामिछानेलाई पक्राउ गरेर पूर्वाग्रही व्यवहार देखाएको बताउनुभयो ।

कानुन कार्यान्वयन र अनुसन्धानको विषयमा राज्यले पूर्वाग्रही व्यवहार देखाउन नहुने बताउदै उहाँले भिड र हल्लाले न्याय सम्पादन प्रभावित पार्न नहुने बिचार व्यक्त गर्नुभयो । राष्ट्रियताको मुद्दा कमजोर हुन थालेकोप्रति चिन्ता व्यक्त गर्दै गुरुङले वैदेशिक र आन्तरिक स्वार्थ समुहको योजनामा बनेको वर्तमान सरकारले विपद् र जनताको पिडामा रमिते बनेको आरोप लगाउनुभयो ।

सरकार ढलाउने र बनाउने खेलमा माओवादी नलागेको स्पष्ट पार्दै महासचिव गुरुङले जनताका समस्या पहिचान र समाधानमा अग्रसर बन्न माओवादी नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । माओवादी सरकारमा हुँदा ललिता निवास जग्गा, भुटानी शरणार्थी प्रकरण, सुन तस्करी जस्ता अपराधमा संलग्नहरुलाई कारबाहीको दायरामा ल्याएको बताउदै गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको एमालेले अदालतबाट ललिता निवास जग्गा खरिद बिक्री प्रकरणमा दोषी ठहर भएका ब्यापारी मिनबहादुर गुरुङबाट करोडौ मूल्यको जग्गा दान लिएर चरित्रलाई उदांगो बनाएको बताउनुभयो ।

जनतालाई माओवादीले गरेका कैयौ राम्रा काम र राजनीतिक उपलब्धीको बारेमा बुझाउन सकेमा आगामी निर्वाचनमा कसैसँग गठबन्धन गर्न नपर्ने गुरुङको भनाई थियो । माओवादी केन्द्रका म्याग्दी जिल्ला संयोजक सेरबहादुर केसीको अध्यक्षता र सचिव कुशल पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला ईञ्चार्ज गोविन्द पौडेल, गण्डकी प्रदेश कमिटिका सहसचिव टेकबहादुर विश्वकर्मा र गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले बताउनुभयो ।

माओवादीको नेतृत्वमा शुसाशन, सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउन र विकास निर्माणका काममा दिन भएका सकारात्मक कामको प्रचारप्रसारका लागि नेताहरुले जोड दिनुभएको थियो । माओवादी सरकारमा हुँदा म्याग्दीमा विकास बजेट भित्र्याउने र त्यसको प्रभावकारी कार्यान्वयनमा देखाएको सक्रीयताले अवसर पाएमा माओवादीबाट विकास सम्भव भएको सन्देश प्रवाह भएको उहाँहरुको भनाई थियो ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP