२०८३ असार २६
July 10, 2026, Friday

म्याग्दीका ६ जना एन्फाको सामुदायिक प्रशिक्षक बने

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) द्धारा सञ्चालित चार दिने सामुदायिक प्रशिक्षक कोर्षबाट म्याग्दीका ६ जना एन्फा लाइसन्स प्राप्त प्रशिक्षक बनेका छन् ।

गण्डकी प्रदेश फुटबल संघद्धारा आयोजित कोर्षबाट म्याग्दी जिल्लामा फुटबल खेल सञ्चालन तथा प्रशिक्षणका लागि ‘डि’ तहको प्रशिक्षकको मान्यता प्राप्त गरेका हुन् ।

प्रशिक्षणबाट दिलिप राम्जाली, दिवस छन्त्याल, खगेन्द्र पुन, कुमार बानियाँ, निशान गुरुङ र निशान केसीले प्रमाणपत्र समेत प्राप्त गरेका छन् ।

‘डी’ लाइसेन्स पाएका प्रशिक्षकले अब म्याग्दी जिल्लामा हुने फुटबल प्रतियोगिता, तालिम सहित गतिविधिमा एन्फाको लोगोमा सहभागि हुने प्र्रशिक्षक एवम् जिल्ला फुटबल संघ म्याग्दीका अध्यक्ष बानियाँले बताए ।

‘यो सफलताले म्याग्दीमा फुटबल खेललाई उकास्ने अभियानमा बल पुगेको छ,प्रशिक्षण र प्रतियोगितालाई समुदायस्तरमै पुर्याउन थप सहज हुने छ’ अध्यक्ष बानियाँले भने ।

एन्फाले प्रदेशस्तरमा पुगेर प्रशिक्षक कोर्ष दिँदै आएको छ । सामुदायिक प्रशिक्षक कोर्ष लिएका प्रशिक्षकले अब ‘सी’ तहको प्रशिक्षक कोर्ष लिन पाउने प्रावधान छ ।

एन्फाले चार तहको प्रशिक्षक तालिम दिँदै आएको छ । ‘डि’ तहको प्रशिक्षण लिएकालाई ‘सी’ तह, ‘सी’लाई बी तहको र बी तहका प्रशिक्षण लिएकालाई ‘ए’ तहको प्रशिक्षण दिने गरिएको छ । सहभागीहरूलाई एन्फाले सहभागिताको प्रमाण पत्र प्रदान गरेको छ । प्रशिक्षणमा एन्फा हेड अफ कोच एजुकेसनका प्रशिक्षक हेड कोच सञ्जीव सिंह लगायतको उपस्थिती रहेको थियो ।

यता जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले असल र उत्कृष्ट प्रशिक्षक बन्ने पहिलो खुड्किलो भएको बताए । प्रशिक्षककोे माध्यमबाट फुटबल क्लबलाई चुस्त बनाउन स्थानीय तहले प्रोत्साहन गर्न जरुरी रहेको बताए ।

Related News

आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
  • २०८३ असार १५, सोमबार ०४:३८

राकेश शर्मा म्याग्दीको मालिका गाउँपालिकाले आफ्नो आन्तरिक आम्दानीको दायारा बढाउने निति लिएको छ । पालिकाले चालु आर्थिक बर्षमा ७ करोड...

उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
  • २०८३ असार १४, आईतवार १६:१८

राकेश शर्मा म्याग्दीमा एउटा उखान प्रचलित छ, ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन ।’ यो भनाइले धवलागिरि गाउँपालिका–१...

लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
  • २०८३ असार १२, शुक्रबार ०३:२९

तालिम मार्फत आत्मर्निभर बनाउदै पालिका म्याग्दीको मंगला गाउँपालिकाले सञ्चालन गरेको लघुउद्यम विकास कार्यक्रमले स्थानीयलाई स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेलेको छ...

TOP