२०८३ असार १
June 15, 2026, Monday

सिद्ध आधारभूतमा कक्षा कोठा भवन उद्घाटन  

म्याग्दीको मालिका गाउँपालिका–१ खहरेमा रहेको सिद्ध आधारभूत विद्यालयमा निर्माण भएको कक्षा कोठा भवनहरुको आइतबार उद्घाटन गरिएको छ ।

Advertisement

विभिन्न निकायको अनुदान सहयोग र समुदायको श्रमदान गरि कुल रु. एक करोड ७७ हजार पाँच सय ३४ को लागतमा निर्माण भएका तीन वटा भवनमा आठ वटा कोठा रहेका प्रअ मोतिराज गौतमले जानकारी दिनुभयो ।

Advertisement

संविधानसभा सदस्य नवराज शर्मा, गण्डकी प्रदेशका पुर्व मन्त्री नरदेवी पुन र जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले भवनको उद्घाटन गर्नुभएको हो । सो कार्यक्रममा मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा र पुर्व उपाध्यक्ष खरमाया बिटालु पनि सहभागि हुनुभएको थियो ।

तत्कालीन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको अनुदान र श्रमदान गरि कुल ८१ लाख ३७ हजार छ सय ९९ को लागतमा दुई तले चार कोठे भवन निर्माण भएको थियो । संविधानसभा सदस्य शर्मा र संघीय सरकारका पुर्व पशुपंक्षी राज्यमन्त्री तथा प्रदेश सरकारका पुर्व सामाजिक विकास मन्त्री नरदेवी पुनको सिफारिसमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको अनुदान सहयोगमा दुई÷दुई कोठे एक तले भवन निर्माण भएको हो ।

भवन उद्घाटन समारोहमा विद्यालयका संस्थापक गंगबहादुर पुन, देवीप्रसाद आचार्य, दलमान पुन, पुरुषोत्तम शर्मा र पतिराम सिउथानीको नाम उल्लेखित शिलालेखको पनि अनावरण गरिएको थियो । संस्थापक आचार्यलाई सम्मान समेत गरिएको छ ।

कक्षा आठ सम्मको पठनपाठन हुने विद्यालयमा हाल एक सय ५० जना विद्यार्थी अध्ययनरत छन् । वि.स. २०३९ मा विद्यालय स्थापना भएको थियो । यसअघिको भवन जिर्ण बनेकाले नयाँ निर्माण गरिएको हो । पुस्तकालय र चमेना गृहका लागि थप दुई कोठा आवश्यक रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानसिङ सापकोटाले बताउनुभयो ।

गाउँपालिका, प्रदेश र संघीय सरकारका निकायमा भवन निर्माणका लागि पहल गरिदिन उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा संविधानसभा सदस्य शर्मा र पुर्वमन्त्री पुनले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न सकेमा बसाईसराई कम गर्न सकिने बिचार व्यक्त गर्नुभयो ।

मालिका गाउँपालिकाका अध्यक्ष गर्बुजाले विद्यालयहरुमा पूर्वाधार निर्माणसँगै सिकाई उपलब्धी सुधार, शिक्षालाई प्रविधीमा जोड्ने प्रयास गरेको बताउनुभयो । कार्यक्रममा विद्यार्थी र आमा समूहको तर्फबाट नृत्य प्रस्तुत गरिएको थियो । 

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP