Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन २२
October 8, 2026, Thursday

मंसिर १३ गतेदेखि प्रथम लायन्स कप छात्रा फुटबल हुने

आगामी मंसिर महिनामा सदरमुकाम बेनीबजारमा प्रथम लायन्स कप जिल्ला स्तरीय अन्तर माबि छात्रा रनीङ शिल्ड फुटबल प्रतियोगिता हुने भएको छ । म्याग्दीमा रहेका छात्रा फुटबल प्रतिभाको पहिचान गर्ने उदेश्यले लायन्स क्लब अफ बेनी लभ्लीहिलको आयोजनामा मंसिर १३–१५ सम्म हुने प्रतियोगितामा टाइटल स्पोन्सर (मुख्य प्रायोजक ) दि रियल म्याग्दी (अस्ट्रेलीया) ले गरेको छ ।

म्याग्दीको विद्यालय स्तरमा रहेका छात्रा फुटबल खेलाडीको पहिचान तथा जिल्ला हुदै प्रदेश र राष्ट्रियस्तर खेलसम्म पुग्नेगरी आवश्यक प्रशिक्षण लगायतका अवसरका लागि प्रतियोगिताको आयोजना गरिएको क्लवका अध्यक्ष सोहन श्रेष्ठले बताए । ‘प्रसारप्रसार सहित आवश्यक तयारीमा जुटेका छौ, छात्रा फुटबलका लागि म्याग्दीमा रहेका राम्रा प्रतिभालाई अवसर दिन समेत हरेक बर्ष प्रतियोगिता गरिने छ’ अध्यक्ष श्रेष्ठले भने । प्रतियोगिताका लागि म्याग्दीमा रहेका संस्थागत तथा सामुदायिक विद्यालयलाई पत्रचार गरिएको छ ।

प्रतियोगितामा कक्षा १० सम्मका विद्यार्थीले मात्रै सहभागिता जनाउन पाउने छन् । प्रतियोगिताको विजेताले ३५ हजार, उपविजेता २० हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र र अनु्शासित टिम ५ हजार तथा उत्कृष्ट खेलाडी,उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर,उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्टाइकर, उत्कृष्ट कोच र उत्कृष्ट राइजिङ प्लेयरलाई नगद सहित पुरस्कृत गरिनेछ । प्रतियोगिताका लागि जिल्ला फुटबल सङ्घ म्याग्दी र लायन्स क्लब अफ बेनी लभ्लिहिबिच सम्झौता समेत भएको थियो ।

Advertisement

Related News

पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
  • २०८३ आश्विन २०, मंगलवार १०:२५

म्याग्दीका पत्रकार विनोद धौलागिरि, प्रमोद शर्मा र अर्जुनप्रसाद दहालद्वारा लिखित पाँच पुस्तक  सार्वजनिक भएका छन् । सेफर्ड कलेज काठमाण्डौमा आयोजित...

म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
  • २०८३ आश्विन १२, सोमबार १५:३६

असोज ८ गते शुक्रबार बेलुकादेखि ११ गते दिउँसेसम्म परेको अविरल वर्षापछि अएके बाढी र पहिरोमा परी विभिन्न स्थानमा गरी ७...

बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
  • २०८३ आश्विन १२, सोमबार १५:१८

बाढीपहिरोका कारण बागलुङका विभिन्न स्थानीय तहमा ५९ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ४४ घरमा आंशिक क्षति पुगेको छ...

TOP
Click to listen highlighted text!