२०८२ माघ ४
January 17, 2026, Saturday

मंसिर १३ गतेदेखि प्रथम लायन्स कप छात्रा फुटबल हुने

आगामी मंसिर महिनामा सदरमुकाम बेनीबजारमा प्रथम लायन्स कप जिल्ला स्तरीय अन्तर माबि छात्रा रनीङ शिल्ड फुटबल प्रतियोगिता हुने भएको छ । म्याग्दीमा रहेका छात्रा फुटबल प्रतिभाको पहिचान गर्ने उदेश्यले लायन्स क्लब अफ बेनी लभ्लीहिलको आयोजनामा मंसिर १३–१५ सम्म हुने प्रतियोगितामा टाइटल स्पोन्सर (मुख्य प्रायोजक ) दि रियल म्याग्दी (अस्ट्रेलीया) ले गरेको छ ।

म्याग्दीको विद्यालय स्तरमा रहेका छात्रा फुटबल खेलाडीको पहिचान तथा जिल्ला हुदै प्रदेश र राष्ट्रियस्तर खेलसम्म पुग्नेगरी आवश्यक प्रशिक्षण लगायतका अवसरका लागि प्रतियोगिताको आयोजना गरिएको क्लवका अध्यक्ष सोहन श्रेष्ठले बताए । ‘प्रसारप्रसार सहित आवश्यक तयारीमा जुटेका छौ, छात्रा फुटबलका लागि म्याग्दीमा रहेका राम्रा प्रतिभालाई अवसर दिन समेत हरेक बर्ष प्रतियोगिता गरिने छ’ अध्यक्ष श्रेष्ठले भने । प्रतियोगिताका लागि म्याग्दीमा रहेका संस्थागत तथा सामुदायिक विद्यालयलाई पत्रचार गरिएको छ ।

प्रतियोगितामा कक्षा १० सम्मका विद्यार्थीले मात्रै सहभागिता जनाउन पाउने छन् । प्रतियोगिताको विजेताले ३५ हजार, उपविजेता २० हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र र अनु्शासित टिम ५ हजार तथा उत्कृष्ट खेलाडी,उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर,उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्टाइकर, उत्कृष्ट कोच र उत्कृष्ट राइजिङ प्लेयरलाई नगद सहित पुरस्कृत गरिनेछ । प्रतियोगिताका लागि जिल्ला फुटबल सङ्घ म्याग्दी र लायन्स क्लब अफ बेनी लभ्लिहिबिच सम्झौता समेत भएको थियो ।

Advertisement

Related News

बेनीमा पुस ३० देखि खाना हुने महोत्सवको तयारी पुरा
बेनीमा पुस ३० देखि खाना हुने महोत्सवको तयारी पुरा
  • २०८१ कार्तिक २६, सोमबार १२:०९

बेनी ः माघे संक्रान्ति पर्वको अवसरमा बेनीमा बुधबारदेखि शुरु हुन लागेको खाना महोत्सव एवं कृषि मेला प्रर्दशनीको तयारी पुरा भएको...

दिवंगत अभिभावकको स्मृतिमा अक्षयकोष स्थापना
दिवंगत अभिभावकको स्मृतिमा अक्षयकोष स्थापना
  • २०८१ कार्तिक २६, सोमबार १२:०९

बेनी बजार निवासी स्वर्गीय पुतलीदेवी र लक्ष्मीप्रसाद श्रेष्ठको स्मृतिमा उहाँका छोरा, छोरी र बुहारीले रु. पाँच लाख राशिको पुतलीदेवी–लक्ष्मीप्रसाद क्षेष्ठ...

लोकदिप बचतको १२ औ साधारणसभा, डिजिटल भुक्तानी थप प्रभावकारी बनाइने
लोकदिप बचतको १२ औ साधारणसभा, डिजिटल भुक्तानी थप प्रभावकारी बनाइने
  • २०८१ कार्तिक २६, सोमबार १२:०९

म्याग्दीको सदरमुकाम बेनीमा संचालनमा रहेको लोकदिप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औ साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा...

TOP