अग्लो कद भएका । टाउकोमा छाते टोपी (क्याप) र खुट्टामा कपडाको जुत्ता लगाएका । शरिरमा पुरानो ज्याकेट, टिसर्ट र पाइन्ट लगाएका । साथमा भाङ्ग्रा भिरेका छन् । उनको दैनिकी यस्तै पहिरनमा चौंरीगाईहरुको रेखदेख गरेरै बित्ने गरेको छ । उमेरले डाँडो क्रस गर्न लागेपनि उनको दिनचर्या चौंरी धपाएरै बित्छ ।
उनी हुन् विगत १६ वर्षदेखि म्याग्दीको खोप्रालेकमा चौंरीगाई धपाएर बसेका नांगीका सुकबहादुर पुन । ५ वर्ष हङकङ र २९ महिना कतार बसेर फर्किएका उनले वि.सं. २०६५ सालदेखि खोप्रालेक क्षेत्रमा पालिएका चौंरीगाई धपाउने काम गर्न थाले । विदेशबाट फर्किएर घरमै बसेका उनी सामाजिक कार्यकर्ता डाक्टर महाविर पुनको फोन सम्पर्कबाट चौंरीगाईको रेखदेख गर्नको लागि खोप्रालेक पुगेका हुन् ।
सुरुमा मासिक ४४ सय रुपैयाँको तलवमा चौंरीगाई हेर्ने गरेकोमा अहिले तलब बढेर १९ हजार रुपैयाँ पुगेको सुकबहादुर पुन बताउँछन् । पाउद्वारको एक समितिमार्फत सञ्चालित चौंरीगाईपालन व्यवसायबाट प्राप्त आम्दानी पाउद्वार मावि पाउद्वार र हिमाञ्चल माध्यमिक विद्यालय नांगीमा निजी क्षेत्रबाट अध्यापनरत शिक्षकहरुको तलव भत्तामा खर्च गर्ने गरिन्छ ।
लेकाली क्षेत्रमा यसरी चौंरीपालन व्यवसाय गरेर त्यसबाट प्राप्त हुने आम्दानीले गाउँकै विद्यालयमा रोजगारको सिर्जना गर्ने अवधारणा भने महाविर पुनले ल्याएका हुन् ।महाविर पुनकै योजनामा खोप्रालेकमा चौंरीगाई पालनसँगै महरेडाँडा र नांगीमा सामुदायिक लज सञ्चालन गरिएको छ । पर्यटकलक्षित सामुदायिक लजमा स्थानीयले रोजगार समेत पाएका छन् । खोप्रामा चौंरीगाई धपाउँदै आएका पुनको साथमा एकजना पर्वतका सहयोगी पनि सँगै छन् ।
उनीहरु दुईजना मिलेर दैनिक रुपमा चौंरीको रेखदेख गर्ने गर्दछन् । हिमालको फेदीमा पालिएका चौंरीगाई त्यहाँ पुग्ने पर्यटकहरुको आकर्षण बन्ने गरेको भए पनि चौंरी धपाउनेहरुका लागि भने यो पेशा निकै चुनौतीपूर्ण रहेको छ । खोप्रालेक क्षेत्रमा चौंरीगाई हेर्ने जिम्मा पाएका पुनले अहिले पनि १ सय ४० वटा चौंरीगाईको रेखदेख गर्दै आएका छन् ।
महाविर पुनको अनुरोधमा चौंरीगाई हेर्न भन्दै नांगीबाट पुन खोप्रामा आएपछि चौंरी हेर्न क्रममा १ सय ७० वटासम्म पुगेको उनले जानकारी दिए । गर्मीयाममा चौंरीगाईलाई माथिल्लो क्षेत्रमा लैजाने गरिन्छ भने हिउँदमा जाडो बढ्दै जान थालेपछि बेंसीतर्फ झार्ने चलन छ । चौंरीगाईलाई समय समयमा नुन खुवाउनुपर्दछ ।
महाविर पुनको पहलमा उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५, शिखस्थित खोप्रालेक क्षेत्रमा चौंरीगाई पालेर खुन खाने र ठूल्ठूला याक काटेर त्यसको मासु बिक्रीबाट प्राप्त आम्दानी पाउद्वार र नांगीको विद्यालयमा लगानी गरिएको छ ।
घर बनाउने, काठ काट्नेलगायत विभिन्न काममा सिपालु सुकबहादुरले चौंरीगाई हेर्न सक्ने राम्रो गोठालो आएको खण्डमा आफू घर फर्किने योजना सुनाए । उनले आफ्नो परिवार सबै विदेश भए पनि आफू चौंरीको स्याहारसुसारमा लागेको बताए। हरेक वर्षको साउन र फागुनमा चौंरीगाईको खुन खाने मेला लाग्ने गर्दछ । प्रताप बानीयाँ
पोखरामा सम्पन्न भएको प्रथम अन्नपूर्ण अध्यक्ष कप पालिकास्तरीय पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषतर्फको उपाधि म्याग्दीकाे बेनी नगरपालिकाले जितेको छ...
म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित लोकदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिवार ११औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । वि.सं....
म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिवार २३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । २०५८...