२०८३ भाद्र २
August 18, 2026, Tuesday

स्वर्गीय गौचनको शवयात्रा सहित कालिगण्डकीमा अन्त्येष्टि

डेंगुको उपचार गराउने क्रममा हृदयघात भई ज्यान गुमाउनुभएकी प्रदेश सांसद बिमला गौचनको शनिवार म्याग्दीको सदरमुकाम बेनीमा अन्तिम विदाई सहित कालिगण्डकीको दोभानमा अन्त्येष्टि गरिएको छ ।

Advertisement

शनिबार विहान गण्डकी प्रदेश सभा सचिवालयको प्राङगणबाट स्वर्गीय गौचनको पार्थिव शरीर सदरमुकाम बेनीमा ल्याएर पार्टी कार्यालय र क्याम्पसचोकस्थित निवासमा नेपाली कांग्रेस म्याग्दीका सभापति एवम् प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा, मुस्ताङका प्रतिनिधिसभा सदस्य योगेश गौचन, संविधासभा सदस्य रेशम बहादुर बानियाँले पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गर्नुभएको थियो ।

काठमाण्डौको ग्रान्डी अस्पतालमा निधन भएपछि काठमाण्डौ, पोखरा हुदै म्याग्दीको सदरमुकाम बेनीमा ल्याइएको स्वर्गीय गौचनको शवयात्रामा जनसागर नै उर्लिएको थियो । अन्तिम विदाईमा नेपाली कांग्रेस सहित पूर्व सांसद नरदेवी पुन, प्रदेशसभा सदस्यहरु रेशमबहादुर जुग्जाली, हरिबहादुर भण्डारी सहित परिवारजन, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु, कर्मचारी, सुरक्षकर्मीलगायतले गौचनप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। स्वर्गीय गौचनलाई थकाली सेवा समितिले पनि संस्थाको झन्डा ओढाएको थियो ।

उपचारका क्रममा काठमाडौंको ग्राण्डी अस्पतालमा कात्तिक २८ मा निधन भएको स्वर्गीय गौचन २०७९ को निर्वाचनमा समानुपातिक उम्मेदवार बनेकी उनी कांग्रेसबाट प्रदेश सांसद चुनिनुभएको थियो । काग्रेसबाट ९ समानुपातिक सांसद निर्वाचित भएकोमा गौचन एक्लो हुनुहुन्थ्यो ।६३ वर्षीया गौचन २०१८ मंसिर १८ मा मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङमा जन्म भएको थियो । नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि, नेपाल महिला संघ म्याग्दीको पूर्व सभापति र कांग्रेस गण्डकी समिति समेत रहनुभएकी गौचनको एक छोरा रोशन र छोरी अनुषा छन् ।

गौचनका श्रीमान् राम गौचनको २०६४ मा निधन भएको थियो । म्याग्दीको सदरमुकाम बेनीमा पहिलो पर्यटकलाई लक्षित गरी होटल सञ्चालन गर्नुभएकी गौचन होटल तथा रेष्टुराँ व्यवसायी संघ म्याग्दीकी पूर्व अध्यक्ष गौचनको सदरमुकाम बेनीमा ३० वर्षदेखि यति होटल संचालनमा छ । सानैदेखि सामाजिक स्वभावको, समाज सेवा र साथीभाईको सेवामा तल्लिन रहदै आएकी गौचन उद्यमशिलता,एकल महिलाको हकहित र अधिकार, महिला सशक्तीकरणमा पनि सक्रिय थिइन ।

कसैलाई सहयोग गर्नुपरेमा आफैलाई पनि बिर्सने बानी रहेको नेपाली कांग्रेस म्याग्दीका नेता अजयमिलन श्रेष्ठको भनाई छ । नेपाली कांग्रेस पार्टीमा आबद्ध भए पनि सबै पार्टी, उमेर समुह, समुदायसँग घुलमिल हुने, समस्यामा सहयोगी भूमिका खेल्ने, सरलता र उदारता गुण भएकी गौचन थकाली सेवा समितिको केन्द्रीय उपाध्यक्ष भइसकेकी र म्याग्दी र मुस्ताङको बिकासमा सधै क्रियाशील हुनुहुन्थ्यो । एकल महिलाको समस्यालाई समाधान गर्ने, उत्पादन र आत्भनिभएर बनाउन पहिलोपटक एकल महिलाको सञ्जाल गठन गर्नुभएकी गौचनले पर्यटन क्षेत्रमा थुप्रै काम गर्नुभएको छ ।

प्रदेश सभाको अर्थ तथा बिकास समितिको सदस्य रहनुभएकी स्वर्गीय सांसद गौचनशुन्य समय, विधेयकमाथिको छलफल, नीति तथा कार्यक्रम, बजेटमाथिको छलफलमा नियमित रुपमा सहभागिता जनाउँदै आउनुभएको थियो । यही भदौ २ र ३ गते मुस्ताङकै दामोदर कुण्ड पुगेका बेला लेक लागेर बिरामी भएपछि आरामसँगै नियमित कार्यहरुमा सक्रिय रहनुभएकी सांसद गौचनले डेंगुलाई जित्न सक्नुभएन् । स्वर्गीय गौचनप्रति हार्दिक श्रद्धाञ्जली ।

Related News

घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
  • २०८३ श्रावण २६, मंगलवार ०१:१४

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा १ जना वेपत्ता भएका छन् । गयराती...

आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
  • २०८३ श्रावण १६, शनिबार १६:२८

आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालमा अतिरिक्त अक्सिजनको प्रयोग नगरी सबैभन्दा छिटो आरोहण गरी नयाँ रेकर्ड कायम गर्नुभएका विश्व...

म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
  • २०८३ श्रावण १६, शनिबार ०९:०४

म्याग्दीको बेनीमा रहेको खानेपानी, जलस्रोत तथा सिचाइँ विकास डिभिजन कार्यालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याइएको छ । यही साउन...

TOP