२०८३ असार २७
July 11, 2026, Saturday

धवलागिरीमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु


धवलागिरी गाउँपालिका–७ ताकममा शनिबारदेखि पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ ।

धवलागिरी गाउँपालिकाले आयोजना गरेको प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य तथा पुर्वमन्त्री रेशम बहादुर जुग्जालीले समाजलाई जोड्ने भएकाले खेलकुद महत्वपूर्ण भएको बताउनुभयो । “राजनीति, धर्ममा बिवाद हुन्छ तर खेलकुदमा सबै सँगै हुन्छन्,” उहाँले भन्नुभयो “खेलाडीको व्यक्तित्व विकास र राष्ट्रलाई चिनाउन र समाजलाई जोड्न खेलकुदको महत्वपूर्ण भूमिका छ ।”

गण्डकी प्रदेशका पूर्वमन्त्रि समेत रहेका जुग्जालीले धवलागिरीको विकास र सम्बृद्धिका लागि आफ्नो तर्फबाट प्राथमिकताका साथ पहल गरेको बताउनुभयो । धवलागिरीको विकासका लागि सबै एकतावद्ध भएर अघि बढ्न अपिल गर्नुभयो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले खेलकुद प्रतियोगिताहरु खेलकुद सम्बन्धी नीति नियम भित्र रहेर सञ्चालन गर्नुपर्ने बताउनुभयो । राष्ट्रपति रनिङ्ग शिल्डले खेल प्रतिभा पहिचान र क्षमता प्रस्फुटनको अवसर सिर्जना हुने केसीले बताउनुभयो ।

प्रतियोगिता उद्घाटनका अवसरमा गरिएको मार्चपासमा धनजनता मावि फलियागाउँ प्रथम हुदै रु. दश हजार नगद पुरस्कार प्राप्त गरेको छ । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा धवलागिरीका ११ वटा माध्यमिक र एक वटा आधारभूत विद्यालय सहभागि भएका छन् ।

एथलेटिक्स र भलिबलका २८ वटा खेलमा प्रतिस्पर्धा हुने धवलागिरी गाउँपालिकाका शिक्षा शाखा प्रमुख ख्यामराज सुवेदीले बताउनुभयो । प्रथम, दृतीय र तृतीय हुने विद्यालयले रनिङ्ग शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र सहित क्रमश रु. ६० हजार, ४० हजार र ३० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

हरेक खेलमा प्रथम हुने खेलाडीलाई नगद रु. एक हजार सहित पुरस्कृत गरिने भएको छ ।  धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन ताकम माविका प्र.अ. ओमकार पौडेलले गर्नुभएको थियो ।

Related News

आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
  • २०८३ असार १५, सोमबार ०४:३८

राकेश शर्मा म्याग्दीको मालिका गाउँपालिकाले आफ्नो आन्तरिक आम्दानीको दायारा बढाउने निति लिएको छ । पालिकाले चालु आर्थिक बर्षमा ७ करोड...

उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
  • २०८३ असार १४, आईतवार १६:१८

राकेश शर्मा म्याग्दीमा एउटा उखान प्रचलित छ, ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन ।’ यो भनाइले धवलागिरि गाउँपालिका–१...

लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
  • २०८३ असार १२, शुक्रबार ०३:२९

तालिम मार्फत आत्मर्निभर बनाउदै पालिका म्याग्दीको मंगला गाउँपालिकाले सञ्चालन गरेको लघुउद्यम विकास कार्यक्रमले स्थानीयलाई स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेलेको छ...

TOP