२०८३ भाद्र ३१
September 16, 2026, Wednesday

धवलागिरीकाे राष्ट्रपति रनिङ्ग शिल्ड धनजनताले जित्यो

बेनी, फलियागाउँको धनजनता माविले धवलागिरी गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड, अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको उपाधी जितेको छ ।

Advertisement

ताकममा सोमबार सम्पन्न प्रतियोगितामा नौ स्वर्ण, नौ कास्य र तीन रजत पदक सहित धनजनताले उपाधी जितेको हो । साविक बिजेता हेम नमुना आवासीय माविले पाँच स्वर्ण, सात कास्य र तीन रजत पदक सहित उपबिजेतामा चित्त बुझाएको छ ।

चार÷चार स्वर्ण, कास्य र रजत पदक जितेको ताकम मावि तेस्रो भएको धवलागिरी गाउँपालिकाका शिक्षा शाखा प्रमुख ख्यामराज सुवेदीले बताए । धनजनताले यसअघि २०७५ र २०७६ मा राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी जितेको थियो ।

तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा ११ वटा माध्यमिक र एक वटा आधारभूत विद्यालयले सहभागिता जनाएका थिए । भलिबल र एथलेटिक्स बिधाका २८ वटा खेल खेलाइएको थियो ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश ६० हजार, ४० हजार र ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । उद्घाटनका अवसरमा भएको मार्चपासमा पनि पहिलो भएको धनजनताले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको थियो ।

धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुनमगर, प्रमुख प्रशासकीय अधिकृत मोतिप्रसाद अर्याल, वडा अध्यक्ष अशोक खत्री, देवेन्द्र रोका लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

पालिका स्तरीय प्रतियोगितामा बिजयी र छनौट भएका खेलाडीहरुलाई जिल्ला, प्रदेश हुदै राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागि हुने ब्यवस्था मिलाइने गाउँपालिकाले जनाएको छ । भूमे आधारभूत मच्छिम र जनविकास मावि मराङ पदक बिहिन भएका छन् । भूमे पहिलो पटक प्रतियोगितामा सहभागी भएको हो ।

प्रतियोगितामा जनकल्याण माविले दुई÷दुई वटा स्वर्ण, कास्य र रजत, लमसुङ माविले एक स्वर्ण, दुई कास्य र दुई रजत, वुद्धिविकास माविले चार स्वर्ण र एक रजत, चन्द्रज्योति माविले एक कास्य र चार रजत, जनजागृति माविले एक स्वर्ण र दुई कास्य, किसानी चन्द्रकुन्ता माविले एक स्वर्ण, दुई कास्य र आठ रजत पदक जितेको छ ।

गाउँपालिकाले राष्ट्रपति रनिङ्ग शिल्डमा सहभागी हुने प्रत्येक विद्यालयलाई खाना तथा आवासका लागि अधिकतम रु. ५० हजार सम्म उपलब्ध गराउने निर्णय गरेको थियो । प्राविधिक धारतर्फ इलेक्ट्रिकल इञ्जिनियर विषयको पठनपाठन गराउदै आएको ताकम माविले आफ्नो घरेलु मैदानमा भएको प्रतियोगिताको उद्घाटनका अवसरमा खेलाइएको १५ सय मिटर दौडमा प्रथम, दृतीय र दृतीय हुनेलाई क्रमश रु. एक हजार, सात सय ५० र पाँच सय नगद पुरस्कार प्रदान गरेको प्रअ ओमकार पौडेलले बताउनुभयो ।

Related News

जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
  • २०८३ भाद्र ३०, मंगलवार ०८:३७

मुस्ताङको सदरमुकाम जोमसोममा मङ्गलबारदेखि घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ सुरु भएको छ। हिमालदेखि जनजीवनसम्म परेको जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र...

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

TOP