२०८३ असार १
June 15, 2026, Monday

म्याग्दीका तीन उद्यमीलाई सम्मान

दशौ उद्योग दिवस–२०८१ को अवसरमा पर्यटन तथा उद्योग कार्यालय, म्याग्दीले आइतबार बेनीमा तीन जना उद्यमीहरुलाई सम्मान गरेको छ ।

Advertisement

रघुगङ्गा गाउँपालिका–१ बेगकी मेनुका सिलाई कटाई तथा प्रशिक्षण केन्द्रका मेककुमारी पुन, बेनी नगरपालिका–८ गणेशटोलको वेदना सु–सेन्टरका सुकलाल किसान र बेनी नगरपालिका–७ कुरिलाखर्कको शर्मा कृषि तथा पशपंक्षी फर्मका सञ्चालक कृष्णप्रसाद शर्मालाई सम्मान गरिएको हो ।

Advertisement

गण्डकी प्रदेशसभा सदस्य तथा पुर्वमन्त्री रेशम बहादुर जुग्जाली ९सुविन०, जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल लगायतले उहाँहरुलाई दोसल्लो ओढाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा प्रदेशसभा सदस्य जुग्जालीले म्याग्दीमा आवश्यकता र सम्भावनामा आधारित भएर सिपमुलक तालिम सञ्चालन गर्न आवश्यक भएको बताउनुभयो । गण्डकी प्रदेशसभाबाट स्थानीय मदिरा सम्बन्धी कानुन निर्माणको अन्तिम चरणमा रहेको जानकारी गराउदै म्याग्दीमा पनि यस किसिमका उद्यम स्थापना गरि मदिरा आयात घटाउन आवश्यक देखिएको बिचार व्यक्त गर्नुभयो ।

“उद्यमी, ब्यवसायी, कर्मचारी देखि हरेक क्षेत्रमा छिटो प्रगति गर्ने महत्वाकांक्षका कारण निराशा सिर्जना भएको छ,” उहाँले भन्नुभयो “आफ्नो क्षमता र अवस्था अनुसारको लक्ष्य राखेर पेशा, ब्यवसायलाई निरन्तरता दिनु आवश्यक छ ।”

जिल्ला समन्वय समितिका प्रमुख थापाले दिवस मनाउन बजेट नभएपनि उद्यमीहरुलाई प्रोत्साहनका लागि सम्मान कार्यक्रम आयोजना गरिएको बताउनुभयो । बेनी नगरपालिकाका प्रमुख सुरत केसीले आयातित खादा, माला र झोलाको विकल्पमा स्थानीय फुल, हातेब्याग, सपिङ्ग ब्यागको प्रयोगमा जोड दिएको बताउनुभयो ।

सिपमुलक तालिम सञ्चालन र उद्यमशिलतामा जोड दिएपनि विदेशिने प्रचलनका कारण उद्यमीलाई टिकाउनै समस्या भएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले उद्यमी, ब्यवसायीहरुलाई उपभोक्ताको अधिकारमा सचेत रहन आग्रह गर्दै सेवाप्रवाहका क्रममा समस्या देखिएमा सहजिकरण गरिने बताउनुभयो ।

उद्योग तथा पर्यटन कार्यालय म्याग्दीका प्रमुख पोषानाथ शर्माले जिल्लामा तीन हजार तीन सय ३२ उद्योग व्यवसाय रहेपनि पछिल्लो समय दर्ता हुने भन्दा बन्द गर्ने क्रम बढेको जानकारी गराउनुभयो ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले वैदेशिक रोजगारीको लागि उद्यम, ब्यवसाय दर्ता गर्ने र उद्देश्य पुरा भएपछि बन्द गर्ने चलन रहेको बताउदै वास्तविक उद्यमीहरुले संघर्ष र पेशालाई निरन्तरतानै दिएका बताउनुभयो ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP