२०८३ असार १
June 15, 2026, Monday

बेनीमा विद्यालयस्तरीय छात्रा फुटबल उद्घाटन

छात्राहरुको खेल प्रतिभालाई प्रष्फुटन गर्ने हेतुले म्याग्दीको सदरमुकाम बेनीमा आयोजित अन्तर माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबल प्रतियोगिताका उद्घाटन भएको छ ।

Advertisement

लायन्स क्लब अफ बेनी लभ्लीहिलको आयोजनामा मंसिर १३–१५ सम्म हुने प्रथम लायन्स कप अन्तर माध्यमिक विद्यालय(कक्षा १० सम्म) छात्रा रनीङ शिल्ड फुटबल प्रतियोगिताको बुधबार एक कार्यक्रमका बीच म्याग्दीका प्रतिनिधि सभा सदस्य खमबहादुर गर्बुजाले उद्घाटन गरेका छन् ।

Advertisement

‘फुटबलका खेलाडीको पहिचानमा प्रतियोगिताको भूमिका महत्वपूर्ण हुन्छ, खेलकुद क्षेत्रका विकासको लागि सधै पहल गर्नेछु’ प्रमुख अतिथि गर्बुजाले भने । उनले आफ्नो यूवा उमेरको धेरै समय खेलकुदमा वितेको बताउँदै म्याग्दीमा हुने खेलकुद गतिविधिको विकासमा कुनै कसर बाँकी नराख्ने बताए।

उद्घाटन समारोहमा बेनी नगरपालिकाका मेयर सुरत केसी, उपमेयर ज्योति लामिछाने, प्रबक्ता रमेशकुमार श्रेष्ठ, म्याग्दी फुटबल संघका अध्यक्ष कुमार बानियाँले छात्राहरूको फुटबलका प्रतिभालाई आवश्यक सहयोग गर्ने बताएका थिए । प्रथम लायन्स कप फुटबल प्रतियोगिताको पहिलो खेल मंसिर १३ गते बिहिबार बिहान प्रकाश मावि र न्यू वेष्ट प्वाइन्ट आवासिय माविका बिच हुने छ ।

प्रतियोगिताको विजेताले ३५ हजार, उपविजेता २० हजार रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र र अनु्शासित टिमलाई ५ हजार रुपैयाँ नगद प्रदान गरिने छ । त्यसैगरी उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षक र राइजिङ प्लेयरलाई नगद सहित पुरस्कृत गरिनेछ ।

म्याग्दीबाट राष्ट्रिय स्तरमै पुगेका महिला भलिबलकी कप्तान अरुणा शाही, नेपाल पुलिस क्लबकी कप्तान कमला पुन, भारत्तोलन खेलाडी तारादेवी पुन जस्ता प्रतिभा जन्माएकाले फुटबलतर्फको सम्भावनाको समेत खोजीका लागि प्रतियोगिताको आयोजना गरिएको लायन्स क्लब अफ बेनी लभ्लीहीलका अध्यक्ष सोहन श्रेष्ठले बताए ।

लायन्स क्लब अब बेनी लभ्लिहिलको आयोजनामा हुने छात्रा फुटबल प्रतियोगिताको मुख्य प्रायोजन दि रियल म्याग्दी (अस्ट्रेलीया) ले गरेको छ । उद्घाटन सत्रको अध्यक्षता क्लव अध्यक्ष श्रेष्ठ, स्वागत प्रथम उपाध्यक्ष निर्मल खत्री र सञ्चालन सचिव ओमप्रकाश शर्माले गरेका थिए । प्रतियोगितामा १० विद्यालयको सहभागिता रहेको छ ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP