Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन २२
October 8, 2026, Thursday

बेनीमा विद्यालयस्तरीय छात्रा फुटबल उद्घाटन

छात्राहरुको खेल प्रतिभालाई प्रष्फुटन गर्ने हेतुले म्याग्दीको सदरमुकाम बेनीमा आयोजित अन्तर माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबल प्रतियोगिताका उद्घाटन भएको छ ।

Advertisement

लायन्स क्लब अफ बेनी लभ्लीहिलको आयोजनामा मंसिर १३–१५ सम्म हुने प्रथम लायन्स कप अन्तर माध्यमिक विद्यालय(कक्षा १० सम्म) छात्रा रनीङ शिल्ड फुटबल प्रतियोगिताको बुधबार एक कार्यक्रमका बीच म्याग्दीका प्रतिनिधि सभा सदस्य खमबहादुर गर्बुजाले उद्घाटन गरेका छन् ।

Advertisement

‘फुटबलका खेलाडीको पहिचानमा प्रतियोगिताको भूमिका महत्वपूर्ण हुन्छ, खेलकुद क्षेत्रका विकासको लागि सधै पहल गर्नेछु’ प्रमुख अतिथि गर्बुजाले भने । उनले आफ्नो यूवा उमेरको धेरै समय खेलकुदमा वितेको बताउँदै म्याग्दीमा हुने खेलकुद गतिविधिको विकासमा कुनै कसर बाँकी नराख्ने बताए।

उद्घाटन समारोहमा बेनी नगरपालिकाका मेयर सुरत केसी, उपमेयर ज्योति लामिछाने, प्रबक्ता रमेशकुमार श्रेष्ठ, म्याग्दी फुटबल संघका अध्यक्ष कुमार बानियाँले छात्राहरूको फुटबलका प्रतिभालाई आवश्यक सहयोग गर्ने बताएका थिए । प्रथम लायन्स कप फुटबल प्रतियोगिताको पहिलो खेल मंसिर १३ गते बिहिबार बिहान प्रकाश मावि र न्यू वेष्ट प्वाइन्ट आवासिय माविका बिच हुने छ ।

प्रतियोगिताको विजेताले ३५ हजार, उपविजेता २० हजार रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र र अनु्शासित टिमलाई ५ हजार रुपैयाँ नगद प्रदान गरिने छ । त्यसैगरी उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षक र राइजिङ प्लेयरलाई नगद सहित पुरस्कृत गरिनेछ ।

म्याग्दीबाट राष्ट्रिय स्तरमै पुगेका महिला भलिबलकी कप्तान अरुणा शाही, नेपाल पुलिस क्लबकी कप्तान कमला पुन, भारत्तोलन खेलाडी तारादेवी पुन जस्ता प्रतिभा जन्माएकाले फुटबलतर्फको सम्भावनाको समेत खोजीका लागि प्रतियोगिताको आयोजना गरिएको लायन्स क्लब अफ बेनी लभ्लीहीलका अध्यक्ष सोहन श्रेष्ठले बताए ।

लायन्स क्लब अब बेनी लभ्लिहिलको आयोजनामा हुने छात्रा फुटबल प्रतियोगिताको मुख्य प्रायोजन दि रियल म्याग्दी (अस्ट्रेलीया) ले गरेको छ । उद्घाटन सत्रको अध्यक्षता क्लव अध्यक्ष श्रेष्ठ, स्वागत प्रथम उपाध्यक्ष निर्मल खत्री र सञ्चालन सचिव ओमप्रकाश शर्माले गरेका थिए । प्रतियोगितामा १० विद्यालयको सहभागिता रहेको छ ।

Related News

पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
  • २०८३ आश्विन २०, मंगलवार १०:२५

म्याग्दीका पत्रकार विनोद धौलागिरि, प्रमोद शर्मा र अर्जुनप्रसाद दहालद्वारा लिखित पाँच पुस्तक  सार्वजनिक भएका छन् । सेफर्ड कलेज काठमाण्डौमा आयोजित...

म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
  • २०८३ आश्विन १२, सोमबार १५:३६

असोज ८ गते शुक्रबार बेलुकादेखि ११ गते दिउँसेसम्म परेको अविरल वर्षापछि अएके बाढी र पहिरोमा परी विभिन्न स्थानमा गरी ७...

बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
  • २०८३ आश्विन १२, सोमबार १५:१८

बाढीपहिरोका कारण बागलुङका विभिन्न स्थानीय तहमा ५९ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ४४ घरमा आंशिक क्षति पुगेको छ...

TOP
Click to listen highlighted text!