२०८३ भाद्र ३१
September 16, 2026, Wednesday

ज्ञान प्रकाश माविलाई अन्नपूर्णको राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी

 म्याग्दीको अन्नपूर्ण गाउँपालिका स्तरीय अन्तर विद्यालय, पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी ज्ञान प्रकाश मावि दानाले जितेको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा बुधवार सम्पन्न प्रतियोगितामा १० स्वर्ण, ४ रजत र ३ कास्य पदक प्राप्त गरेर ज्ञान प्रकाश मावि बिजेता बनेको हो ।

Advertisement

प्रतियोगितामा उपाधी बिजेता विद्यालयलाई नगद रु ५० हजारको साथमा रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ । त्यसैगरि प्रतियोगितामा १० स्वर्ण, २ रजत र ७ कास्य पदक सहित उप–बिजेता बनेको मुक्तिमार्ग मावि घार र ३ स्वर्ण, ४ रजत, ६ कास्य पदक सहित तृतिय बनेको प्रभा मावि नारच्याङलाई क्रमश ः नगद रु ३० हजार र २० हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको गाउँपालिकाका शिक्षा अधिकृत गणेशबहादुर कटुवालले जानकारी दिनुभयो ।

प्रतियोगितामा विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडी र विद्यालयलाई समेत नगद र ट्रफिद्धारा पुरस्कृत गरिएको थियो ।चार दिनसम्म सञ्चालन भएको प्रतियोगितामा ११ वटा विद्यालयका ३ सय बढी विद्यार्थीहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा भलिबल, कबड्डी र एथलेटिक्स विद्यातर्फ विभिन्न २९ इभेन्टमा खेल प्रतिस्पर्धा गराईएको थियो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष भारतकुमार पुन, उपाध्यक्ष दिवा तिलिजा पुन, सामाजिक विकास समितिका संयोजक एवम् वडा नम्बर २ का वडा अध्यक्ष ओमप्रकाश फगामी, ३ नम्बर वडाका वडाअध्यक्ष रमेश पुर्जा, वडा नम्बर ५ का वडा अध्यक्ष राजेश तिलिजा पुन, वडा नम्बर ६ का वडा अध्यक्ष रामबहादुर खड्का लगायतले खेलाडी र विद्यालयका खेल शिक्षकहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो । गाउँपालिकाबाट छनौट भएका खेलाडीहरुले प्रदेश र राष्ट्रिय प्रतियोगितामा पुगेर स्वर्ण, रजत र कास्य पदक जित्ने अन्नपूर्णका खेलाडीलाई जनही रु. १५ हजार, १० हजार र पाँच हजार नगद पुरस्कार दिने गाउँपालिकाले घोषणा गरेको छ ।

Related News

जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
  • २०८३ भाद्र ३०, मंगलवार ०८:३७

मुस्ताङको सदरमुकाम जोमसोममा मङ्गलबारदेखि घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ सुरु भएको छ। हिमालदेखि जनजीवनसम्म परेको जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र...

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

TOP