Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन २२
October 8, 2026, Thursday

ज्ञान प्रकाश माविलाई अन्नपूर्णको राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी

 म्याग्दीको अन्नपूर्ण गाउँपालिका स्तरीय अन्तर विद्यालय, पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी ज्ञान प्रकाश मावि दानाले जितेको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा बुधवार सम्पन्न प्रतियोगितामा १० स्वर्ण, ४ रजत र ३ कास्य पदक प्राप्त गरेर ज्ञान प्रकाश मावि बिजेता बनेको हो ।

Advertisement

प्रतियोगितामा उपाधी बिजेता विद्यालयलाई नगद रु ५० हजारको साथमा रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ । त्यसैगरि प्रतियोगितामा १० स्वर्ण, २ रजत र ७ कास्य पदक सहित उप–बिजेता बनेको मुक्तिमार्ग मावि घार र ३ स्वर्ण, ४ रजत, ६ कास्य पदक सहित तृतिय बनेको प्रभा मावि नारच्याङलाई क्रमश ः नगद रु ३० हजार र २० हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको गाउँपालिकाका शिक्षा अधिकृत गणेशबहादुर कटुवालले जानकारी दिनुभयो ।

Advertisement

प्रतियोगितामा विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडी र विद्यालयलाई समेत नगद र ट्रफिद्धारा पुरस्कृत गरिएको थियो ।चार दिनसम्म सञ्चालन भएको प्रतियोगितामा ११ वटा विद्यालयका ३ सय बढी विद्यार्थीहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा भलिबल, कबड्डी र एथलेटिक्स विद्यातर्फ विभिन्न २९ इभेन्टमा खेल प्रतिस्पर्धा गराईएको थियो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष भारतकुमार पुन, उपाध्यक्ष दिवा तिलिजा पुन, सामाजिक विकास समितिका संयोजक एवम् वडा नम्बर २ का वडा अध्यक्ष ओमप्रकाश फगामी, ३ नम्बर वडाका वडाअध्यक्ष रमेश पुर्जा, वडा नम्बर ५ का वडा अध्यक्ष राजेश तिलिजा पुन, वडा नम्बर ६ का वडा अध्यक्ष रामबहादुर खड्का लगायतले खेलाडी र विद्यालयका खेल शिक्षकहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो । गाउँपालिकाबाट छनौट भएका खेलाडीहरुले प्रदेश र राष्ट्रिय प्रतियोगितामा पुगेर स्वर्ण, रजत र कास्य पदक जित्ने अन्नपूर्णका खेलाडीलाई जनही रु. १५ हजार, १० हजार र पाँच हजार नगद पुरस्कार दिने गाउँपालिकाले घोषणा गरेको छ ।

Related News

पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
  • २०८३ आश्विन २०, मंगलवार १०:२५

म्याग्दीका पत्रकार विनोद धौलागिरि, प्रमोद शर्मा र अर्जुनप्रसाद दहालद्वारा लिखित पाँच पुस्तक  सार्वजनिक भएका छन् । सेफर्ड कलेज काठमाण्डौमा आयोजित...

म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
  • २०८३ आश्विन १२, सोमबार १५:३६

असोज ८ गते शुक्रबार बेलुकादेखि ११ गते दिउँसेसम्म परेको अविरल वर्षापछि अएके बाढी र पहिरोमा परी विभिन्न स्थानमा गरी ७...

बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
  • २०८३ आश्विन १२, सोमबार १५:१८

बाढीपहिरोका कारण बागलुङका विभिन्न स्थानीय तहमा ५९ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ४४ घरमा आंशिक क्षति पुगेको छ...

TOP
Click to listen highlighted text!