Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन २२
October 8, 2026, Thursday

अन्तरमावि छात्रा फुटबलमा चार विद्यालय दोस्रो चरणमा प्रवेश

म्याग्दीमा बिहिबारदेखि सुरु भएको छात्रा फुटबलको पहिलो दिन चार विद्यालय दोस्रो चरणमा प्रवेश गरेका छन् । लायन्स क्लब अप बेनी लभ्लीहिलको आयोजनामा शुरु भएको अन्तर माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबल प्रतियोगितामा प्रकाश माध्यमिक विद्यालयलाई शुन्यका बिरुद्ध दुई गोलले पराजित गर्दै न्यू वेष्ट प्वाइन्ट आवासिय माध्यमिक विद्यालय, म्याग्दी एकेडेमी सिंगालाई दुई शुन्य गोलअन्तरले पराजित गर्दै बेनी सामुदायीकले दोश्रो चरणमा पुग्दा लिटिल गार्डेन एकेडेमीलाई तीन शुन्य गोलअन्तरले पराजित गर्दै धौलागिरी माध्यमिक विद्यालय सिंगा समेत दोस्रो चरणमा प्रवेश गरेको छ ।

Advertisement

त्यस्तै गलेश्वर आदर्श बोर्डीङलाई तीन शुन्यले पराजित गर्दै बेनी बोर्डीङ दोस्रो चरणमा प्रवेश गरेको लायन्स क्लब अप बेनी लभ्लीहिलका कार्यक्रम संयोजक निर्मल खत्रीले जानकारी दिनुभयो । जिल्ला भित्रका १० विद्यालयका छात्राहरुको सहभागिता रहेको उक्त प्रतियोगिताको फाइनल शनिबार हुने छ । छात्रा फुटबल प्रतियोगिता अयोजनाले फुटबलमा भएको प्रतिभा पहिचान गर्न सहयोग पुग्ने लायन्स क्लब अफ बेनी लभ्लीहीलका अध्यक्ष सोहन श्रेष्ठले बताउनुभयो ।

Advertisement

श्रेष्ठका अनुसार पहिलो खेलमा न्यू वेष्ट प्वाइन्टकी स्मृति घर्ति, दोस्रो खेलमा बेनी सामुदायिककी विपना पुन तेस्रो खेलमा धौलागिरी माविकी अर्पना जिसी र चौथो खेलमा बेनी बोर्डिङकी स्नेहा रोका म्यान अफ दि म्याच भएका छन् ।
छात्राहरुको फुटबल खेल प्रतिभालाई प्रष्फुटन गर्ने हेतुले जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय (कक्षा १० सम्म) छात्रा रनिङ शिल्ड फुटबल प्रतियोगिताको उद्घाटन भने बुधबार नै भएको थियो । लायन्स क्लब अफ बेनी लभ्लीहिलको आयोजनामा मंसिर १३ गते शुरु भएको प्रतियोगिता १५ गते सम्म चल्ने छ ।

प्रतियोगिताको विजेताले ३५ हजार, उपविजेता २० हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र र अनु्शासित टिमलाई ५ हजार रुपैयाँनगद प्रदान गरिने छ । त्यसैगरी उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षक र राइजिङ प्लेयरलाई नगद सहित पुरस्कृत गरिनेछ ।

Related News

पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
  • २०८३ आश्विन २०, मंगलवार १०:२५

म्याग्दीका पत्रकार विनोद धौलागिरि, प्रमोद शर्मा र अर्जुनप्रसाद दहालद्वारा लिखित पाँच पुस्तक  सार्वजनिक भएका छन् । सेफर्ड कलेज काठमाण्डौमा आयोजित...

म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
  • २०८३ आश्विन १२, सोमबार १५:३६

असोज ८ गते शुक्रबार बेलुकादेखि ११ गते दिउँसेसम्म परेको अविरल वर्षापछि अएके बाढी र पहिरोमा परी विभिन्न स्थानमा गरी ७...

बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
  • २०८३ आश्विन १२, सोमबार १५:१८

बाढीपहिरोका कारण बागलुङका विभिन्न स्थानीय तहमा ५९ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ४४ घरमा आंशिक क्षति पुगेको छ...

TOP
Click to listen highlighted text!