२०८३ असार १
June 15, 2026, Monday

अन्तरमावि छात्रा फुटबलमा चार विद्यालय दोस्रो चरणमा प्रवेश

म्याग्दीमा बिहिबारदेखि सुरु भएको छात्रा फुटबलको पहिलो दिन चार विद्यालय दोस्रो चरणमा प्रवेश गरेका छन् । लायन्स क्लब अप बेनी लभ्लीहिलको आयोजनामा शुरु भएको अन्तर माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबल प्रतियोगितामा प्रकाश माध्यमिक विद्यालयलाई शुन्यका बिरुद्ध दुई गोलले पराजित गर्दै न्यू वेष्ट प्वाइन्ट आवासिय माध्यमिक विद्यालय, म्याग्दी एकेडेमी सिंगालाई दुई शुन्य गोलअन्तरले पराजित गर्दै बेनी सामुदायीकले दोश्रो चरणमा पुग्दा लिटिल गार्डेन एकेडेमीलाई तीन शुन्य गोलअन्तरले पराजित गर्दै धौलागिरी माध्यमिक विद्यालय सिंगा समेत दोस्रो चरणमा प्रवेश गरेको छ ।

Advertisement

त्यस्तै गलेश्वर आदर्श बोर्डीङलाई तीन शुन्यले पराजित गर्दै बेनी बोर्डीङ दोस्रो चरणमा प्रवेश गरेको लायन्स क्लब अप बेनी लभ्लीहिलका कार्यक्रम संयोजक निर्मल खत्रीले जानकारी दिनुभयो । जिल्ला भित्रका १० विद्यालयका छात्राहरुको सहभागिता रहेको उक्त प्रतियोगिताको फाइनल शनिबार हुने छ । छात्रा फुटबल प्रतियोगिता अयोजनाले फुटबलमा भएको प्रतिभा पहिचान गर्न सहयोग पुग्ने लायन्स क्लब अफ बेनी लभ्लीहीलका अध्यक्ष सोहन श्रेष्ठले बताउनुभयो ।

Advertisement

श्रेष्ठका अनुसार पहिलो खेलमा न्यू वेष्ट प्वाइन्टकी स्मृति घर्ति, दोस्रो खेलमा बेनी सामुदायिककी विपना पुन तेस्रो खेलमा धौलागिरी माविकी अर्पना जिसी र चौथो खेलमा बेनी बोर्डिङकी स्नेहा रोका म्यान अफ दि म्याच भएका छन् ।
छात्राहरुको फुटबल खेल प्रतिभालाई प्रष्फुटन गर्ने हेतुले जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय (कक्षा १० सम्म) छात्रा रनिङ शिल्ड फुटबल प्रतियोगिताको उद्घाटन भने बुधबार नै भएको थियो । लायन्स क्लब अफ बेनी लभ्लीहिलको आयोजनामा मंसिर १३ गते शुरु भएको प्रतियोगिता १५ गते सम्म चल्ने छ ।

प्रतियोगिताको विजेताले ३५ हजार, उपविजेता २० हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र र अनु्शासित टिमलाई ५ हजार रुपैयाँनगद प्रदान गरिने छ । त्यसैगरी उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षक र राइजिङ प्लेयरलाई नगद सहित पुरस्कृत गरिनेछ ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP