Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन २२
October 8, 2026, Thursday

न्यू वेष्ट पोइन्ट बन्यो प्रथम लायन्स छात्रा फुटबल च्याम्पियन

लायन्स क्लब अफ बेनी लभ्लीहिलको आयोजनामा खुल्लामञ्चमा सम्पन्न अन्तर माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबलको उपाधि बेनी न्यू वेष्ट पोइन्ट आवासिय मावि बेनीले जितेको छ । शनिबार दिउँसो खुल्लामञ्च बेनीमा सम्पन्न भएको फाइनलमा निर्धारित समय गोलरहित बराबर भएपछि टाइब्रेकरमा समेत बेनी सामुदायिकलाई ४–५ ले न्यू वेष्ट पोइन्टले प्रथम लायन्सको हात पारेको हो ।

बेनी सामुदायिकका एक खेलाडीको प्रहार क्रसबारमा लागेर बाहिरिएको थियो भने न्यू वेष्ट पोइन्टका खेलाडीको सबै प्रहार सफल भयो । प्रतियोगिताको फाइनलमा दुबै पक्षले निर्धारित समयमा केही मौकाहरु पाएपनि सदुपयोग गर्न सकेनन् । प्रतियोगिताको बिजेतालाई प्रमुख अतिथि लायन्स अन्तर्राष्ट्रिय अन्तर्गत डिष्ट्रिक्ट ३२५ आई नेपालको डिष्ट्रिक्ट गभर्नर विनोद ढुंगाना, बेनी नगरपालिकाका मेयर सुरत केसीले बिजेता र उपविजेतालाई क्रमश ३५ हजार,उपविजेता २० हजार रुपैयाँ सहित मेडल,ट्रफी र प्रमाणपत्र र अनु्शासित टिमलाई ५ हजार रुपैयाँनगद प्रदान गरेका थिए। अनु्शासित टिम धौलागिरी मावि सिंगा ट्रफी,५ हजार रुपैयाँ नगद प्रदान गरिएको छ ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी सज्जा पुन, उत्कृष्ट गोलरक्षक विपना बिक,उत्कृष्ट मिडफिल्डर रिया पुन, सर्वाधिक गोलकर्तामा न्यू वेष्ट प्वाइन्टकी सरिता पटेल र निसा तुलाचन तथा बेनी सामुदायिककी मोनिका किसान, उत्कृष्ट डिफेन्डरमा वेष्ट प्वाइन्टकी प्रमिशा बानियाँ, उत्कृष्ट स्ट्राइकर सञ्चिता गुरुङ, उत्कृष्ट प्रशिक्षक वेष्ट प्वाइन्टका दिपेन राई र राइजिङ प्लेयर वेष्ट प्वाइन्टकी समृद्धि घर्तीलाई नगद सहित पुरस्कृत गरिएको छ ।
प्रतियोगितामा म्याग्दीका १० विद्यालयको सहभागिता जनाएको लायन्स क्लब अफ बेनी लभ्लीहीलका अध्यक्ष सोहन श्रेष्ठले जानकारी दिए ।

Advertisement

Related News

पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
  • २०८३ आश्विन २०, मंगलवार १०:२५

म्याग्दीका पत्रकार विनोद धौलागिरि, प्रमोद शर्मा र अर्जुनप्रसाद दहालद्वारा लिखित पाँच पुस्तक  सार्वजनिक भएका छन् । सेफर्ड कलेज काठमाण्डौमा आयोजित...

म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
  • २०८३ आश्विन १२, सोमबार १५:३६

असोज ८ गते शुक्रबार बेलुकादेखि ११ गते दिउँसेसम्म परेको अविरल वर्षापछि अएके बाढी र पहिरोमा परी विभिन्न स्थानमा गरी ७...

बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
  • २०८३ आश्विन १२, सोमबार १५:१८

बाढीपहिरोका कारण बागलुङका विभिन्न स्थानीय तहमा ५९ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ४४ घरमा आंशिक क्षति पुगेको छ...

TOP
Click to listen highlighted text!