Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन २२
October 8, 2026, Thursday

जलजलाकाे तेस्रो राष्ट्रपति रनिङ शिल्डमा विद्याज्योती मावि मल्लाज प्रथम

पर्वतको जलजला गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा विद्याज्योती मावि मल्लाज प्रथम भएको छ । शनिबार सम्पन्न भएको गाउँपालिकाभित्रका अन्तर विद्यालय स्तरीय प्रतियोगितामा विद्याज्योतिले १४ स्वर्ण, ९ रजत र २ काँस्य पदक हात पारेको थियो भने न्यु होराइजन आवसीय माविले ६ स्वर्ण, ७ रजत र ५ काँस्य पदक जितेको छ ।

Advertisement

तेस्रो अमृत प्याराडाइज एकेडमी मल्लाजले ३ स्वर्ण, १ रजत र ४ काँस्य पदक जितेको छ । प्रतियोगितामा बिजेतालाई गाउँपालिका उपाध्यक्ष दिपक आचार्य, वडा अध्यक्ष हरिविकास जिसी सहित स्थानीय जनप्रतिनिधिले नगद ५० हजारको साथमा रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको थियो ।

Advertisement

द्धितिय र तृतिय हुने विद्यालयलाई क्रमश : नगद रु ३० हजार र २० हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको थियो । तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा गाउँपालिकाभित्रका विभिन्न १४ विद्यालयले सहभागीता जनाएका थिए । प्रतियोगितामा छात्र÷छात्राको भलिबल, कबड्डी र एथलेटिक्स विद्यामा प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगिताको समापनमा गाउँपालिका विद्यार्थीहरुमा रहेको खेल प्रतिभाको पहिचानसँगै आगामी दिनमा थप प्रोत्साहनका कार्यक्रमहरुलाई समेत प्राथमिकता दिने गाउँपालिका उपाध्यक्ष आचार्यको भनाई थियो । समापन कार्यक्रमको अध्यक्षता शिक्षा अधिकृत यज्ञप्रसाद लामिछाने र सञ्चालन प्राविधिक सहायक देवी रिजालले गर्नुभएको थियो ।

Related News

पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
  • २०८३ आश्विन २०, मंगलवार १०:२५

म्याग्दीका पत्रकार विनोद धौलागिरि, प्रमोद शर्मा र अर्जुनप्रसाद दहालद्वारा लिखित पाँच पुस्तक  सार्वजनिक भएका छन् । सेफर्ड कलेज काठमाण्डौमा आयोजित...

म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
  • २०८३ आश्विन १२, सोमबार १५:३६

असोज ८ गते शुक्रबार बेलुकादेखि ११ गते दिउँसेसम्म परेको अविरल वर्षापछि अएके बाढी र पहिरोमा परी विभिन्न स्थानमा गरी ७...

बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
  • २०८३ आश्विन १२, सोमबार १५:१८

बाढीपहिरोका कारण बागलुङका विभिन्न स्थानीय तहमा ५९ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ४४ घरमा आंशिक क्षति पुगेको छ...

TOP
Click to listen highlighted text!