२०८३ भाद्र ३१
September 16, 2026, Wednesday

जलजलाकाे तेस्रो राष्ट्रपति रनिङ शिल्डमा विद्याज्योती मावि मल्लाज प्रथम

पर्वतको जलजला गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा विद्याज्योती मावि मल्लाज प्रथम भएको छ । शनिबार सम्पन्न भएको गाउँपालिकाभित्रका अन्तर विद्यालय स्तरीय प्रतियोगितामा विद्याज्योतिले १४ स्वर्ण, ९ रजत र २ काँस्य पदक हात पारेको थियो भने न्यु होराइजन आवसीय माविले ६ स्वर्ण, ७ रजत र ५ काँस्य पदक जितेको छ ।

Advertisement

तेस्रो अमृत प्याराडाइज एकेडमी मल्लाजले ३ स्वर्ण, १ रजत र ४ काँस्य पदक जितेको छ । प्रतियोगितामा बिजेतालाई गाउँपालिका उपाध्यक्ष दिपक आचार्य, वडा अध्यक्ष हरिविकास जिसी सहित स्थानीय जनप्रतिनिधिले नगद ५० हजारको साथमा रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको थियो ।

द्धितिय र तृतिय हुने विद्यालयलाई क्रमश : नगद रु ३० हजार र २० हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको थियो । तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा गाउँपालिकाभित्रका विभिन्न १४ विद्यालयले सहभागीता जनाएका थिए । प्रतियोगितामा छात्र÷छात्राको भलिबल, कबड्डी र एथलेटिक्स विद्यामा प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगिताको समापनमा गाउँपालिका विद्यार्थीहरुमा रहेको खेल प्रतिभाको पहिचानसँगै आगामी दिनमा थप प्रोत्साहनका कार्यक्रमहरुलाई समेत प्राथमिकता दिने गाउँपालिका उपाध्यक्ष आचार्यको भनाई थियो । समापन कार्यक्रमको अध्यक्षता शिक्षा अधिकृत यज्ञप्रसाद लामिछाने र सञ्चालन प्राविधिक सहायक देवी रिजालले गर्नुभएको थियो ।

Related News

जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
  • २०८३ भाद्र ३०, मंगलवार ०८:३७

मुस्ताङको सदरमुकाम जोमसोममा मङ्गलबारदेखि घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ सुरु भएको छ। हिमालदेखि जनजीवनसम्म परेको जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र...

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

TOP