Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ८
September 24, 2026, Thursday

माओवादी केन्द्र म्याग्दी वडा र पालिका सम्मेलनको तयारीमा

नेकपा (माओवादी केन्द्र) म्याग्दीले वडा र पालिका सम्मेलनको तयारी गरेको छ । बेनी स्थित माओवादी केन्द्र म्याग्दीको जिल्ला समन्वय समितिको विस्तारित बैठकले वडा र पालिका सम्मेलन गर्ने निर्णय गरेको हो । सम्मेलनका लागि धवलागिरीमा लालु किसान, मालिकामा रेशम बहादुर जुग्जाली, मंगलामा टेकबहादुर विश्वकर्मा, रघुगंगामा सेरबहादुर केसी, बेनी नगरपालिकामा कुशल पौडेल र अन्नपूर्णमा बिनोद केसीलाई सहजिकरण गर्ने जिम्मेवारी दिइएको छ ।

पालिका कमिटिको बैठकले पालिका र वडा सम्मेलनको मीति तय गर्ने निर्णय भएको माओवादी केन्द्र म्याग्दीका संयोजक सेरबहादुर केसीले बताउनुभयो । बैठकमा माओवादी केन्द्रका गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङले प्रचण्ड नेतृत्वको सरकारले भ्रष्ट्राचारीहरुलाई कारबाही गर्न थालेपछि आत्तिएका एमाले र काँग्रेस मिलेर भ्रष्ट्रचारीहरुलाई बचाउन सरकार बनाएका बताउनुभयो । पालिका र वडा सम्मेलनलाई सरकारका गलत क्रियाकलापको भण्डाफोर र खवरदारीका साथै जनजागरण अभियानका रुपमा अघि बढाउने कार्यक्रम रहेको बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला ईञ्चार्ज गोविन्द पौडेलले जनतामाझ जाने अवसरको सदुपयोग गरेर संगठन निर्माणमा लाग्न आग्रह गर्नुभयो । गण्डकी प्रदेशसभा सदस्य तथा पुर्वमन्त्री रेशमबहादुर जुग्जाली र प्रदेश सांसद हरिबहादुर भण्डारीले सरकारमा रहँदा म्याग्दीको विकासका लागि अधिकतम प्रयास गरेर योजनाहरु ल्याएको बताउदै त्यसको स्वामित्व लिन र प्रभावकारी कार्यान्वयनमा ध्यान दिन आग्रह गर्दै थप कामका लागि निरन्तर लाग्ने प्रतिवद्धता जनाउनुभयो । माओवादी केन्द्र म्याग्दीका सचिव कुशल पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा जेष्ठ कम्युनिष्ट मञ्चका भिमबहादुर बानिया सहित पालिका अध्यक्षहरुले मन्तबय व्यक्त गर्नुभएको थियो ।

Advertisement

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP