Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ७
September 23, 2026, Wednesday

मालिकामा पाँचौ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु

म्याग्दीको मालिका गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाभित्रका अन्तर विद्यालय स्तरीय प्रतियोगिता गाउँपालिकाका केन्द्र दरबाङमा सञ्चालन भएको हो । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा गाउँपालिकाभित्रका विभिन्न ११ विद्यालयले सहभागीता जनाएको गाउँपालिकाका शिक्षा अधिकृत  अशोक रिजालले जानकारी दिनुभयो। उहाँका अनुसार, प्रतियोगितामा छात्र/छात्राको भलिबल, कबड्डी र एथलेटिक्स विद्यातर्फ ३० /३० वटा पदकमा खेल प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा बिजेता विद्यालयलाई नगद रु ८० हजारको साथमा रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने छ। प्रतियोगितामा द्धितिय र तृतिय हुने विद्यालयलाई क्रमश ः नगद रु ६० हजार र ४० हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने जनाइएको छ । त्यसैगरि प्रतियोगितामा मार्च पासमा उत्कृष्ट विद्यालय र अनुशासित विद्यालयलाई समेत रु पाँच÷पाँच हजारको साथमा प्रमाणपत्रद्धार पुरस्कृत गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकालले जानकारी दिनुभयो ।
प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्वुजाले विद्यार्थीहरुमा रहेको खेल प्रतिभाको पहिचान गर्न प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो । उहाँले विद्यार्थीहरुमा लगनशिलता, अनुसासन र प्रतिस्पर्धी बन्नका लागि प्रतियोगिताले सहयोग पुग्नेमा जोड दिँदै गाउँपालिकाबाट छनौट भएर जिल्ला, प्रदेश र राष्ट्रिय स्तरमा उत्कृष्ट खेल पदर्शन गर्ने खेलाडीहरुलाई गाउँपालिकाले प्रोत्साहन गर्ने बताउनुभयो ।


कार्यक्रममा मालिका गाउँपालिका– ६ का वडा अध्यक्ष पथबहादुर रोका र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले प्रतियोगिताले विद्यालय तहमा लुकेका खेलप्रतिभाको पहिचान र प्रोत्साहन गर्न सघाउनेमा जोड दिनुभयो । उद्घाटन कार्यक्रममा विभिन्न नृत्य प्रस्तुत गरिएको थियो भने बाजागाजा सहितको ¥यालीले दरबाङ बजार परिक्रमा गरिएको थियो । जनप्रिय माविका प्रधानध्यापक दिवाकर सुवेदीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।      

Advertisement

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP