२०८२ कार्तिक २७
November 12, 2025, Wednesday

दोस्रो म्याग्दी भलिबल कप बाबियाचौरमाः ६२ टिम सहभागी हुने

म्याग्दी । म्याग्दी जिल्ला भलिबल संघको आयोजनामा यहि मंसिर २६ गते देखि ३० गते सम्म दोस्रो म्याग्दी भलिबल कप २०८१ संचालन हुने भएको छ । मंगला मा.वि. र डर्निङ आवासीय मा.वि.को सह आयोजनामा बाबियाचौरमा संचालन हुने म्याग्दी जिल्ला स्तरीय अन्तर मा.वि. छात्र÷छात्रा तथा शिक्षक भलिबल प्रतियोगितामा ६२ टिमको सहभागिता रहने भएको छ ।

Advertisement

बिहिबार मंगला मा.वि. बाबियाचौरमा आयोजित पत्रकार सम्मेलन तथा टेक्नीकल मिटिङमा छात्रतर्फ २०, छात्रा १३, पुरुष शिक्षक २० र महिला शिक्षकतर्फ ९ गरि ६२ टिमको सहभागिता रहने जानकारी गराईएको हो । म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले भलिबल खेलको नर्सरी नै विद्यालय भएकाले विद्यालय स्तरीय खेलको गत वर्षदेखि संचालन गरिएको बताउनुभयो ।

Advertisement

जिल्लाका प्रत्येक पालिकामा खेल संचालन गर्ने योजना अनुसार यो दोस्रो म्याग्दी भलिबल कप मंगला गाउँपालिकाको बाबियाचौरमा आयोजना गर्न लागिएको अध्यक्ष बानियाँले बताउनुभयो । मंगला मावि र डर्निङ वोर्डिङको प्राङ्गणमा खेल संचालन गरिनेछ । प्रतियोगिताको खेल तालिका पनि गोलाप्रर्थाद्वारा तयार गरिएको छ । उद्घाटनका दिनमा सहभागि विद्यालयकोतर्फबाट मार्चपास समेत गरिने अध्यक्ष बानियाँले बताउनुभयो ।

प्रतियोगिताको छात्र÷छात्रातर्फ प्रथम र द्वितिय पुरस्कार क्रमशः५० हजार र २५ हजार सहित रनिङ कप, ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ । त्यस्तै शिक्षक पुरुष तथा महिलातर्फ प्रथम र द्वितिय पुरस्कार क्रमशः२५ हजार र १३ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा गौमति खत्री विकास कोष रहेको छ भने प्राविधिक संयोजन मंगला भलिबल संघले गरेको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी र उत्कृष्ट कोचलाई पनि पुरस्कृत गरिनेछ । पत्रकार सम्मेलन म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष बानियाँको अध्यक्षता र मंगला भलिबल संघका सल्लाहकार श्रीराम पौडेलको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला भलिबल संघका पदाधिकारी तथा सदस्यहरु,मंगला भलिबल संघका अध्यक्ष मुक्तमान केसी लगायत सहभागि विद्यालयका शिक्षक तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

Related News

गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
  • २०८१ मंसिर २१, शुक्रबार ०४:२०

। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
  • २०८१ मंसिर २१, शुक्रबार ०४:२०

म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...

न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
  • २०८१ मंसिर २१, शुक्रबार ०४:२०

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको...

TOP