Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ८
September 24, 2026, Thursday

दोस्रो म्याग्दी भलिबल कप बाबियाचौरमाः ६२ टिम सहभागी हुने

म्याग्दी । म्याग्दी जिल्ला भलिबल संघको आयोजनामा यहि मंसिर २६ गते देखि ३० गते सम्म दोस्रो म्याग्दी भलिबल कप २०८१ संचालन हुने भएको छ । मंगला मा.वि. र डर्निङ आवासीय मा.वि.को सह आयोजनामा बाबियाचौरमा संचालन हुने म्याग्दी जिल्ला स्तरीय अन्तर मा.वि. छात्र÷छात्रा तथा शिक्षक भलिबल प्रतियोगितामा ६२ टिमको सहभागिता रहने भएको छ ।

Advertisement

बिहिबार मंगला मा.वि. बाबियाचौरमा आयोजित पत्रकार सम्मेलन तथा टेक्नीकल मिटिङमा छात्रतर्फ २०, छात्रा १३, पुरुष शिक्षक २० र महिला शिक्षकतर्फ ९ गरि ६२ टिमको सहभागिता रहने जानकारी गराईएको हो । म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले भलिबल खेलको नर्सरी नै विद्यालय भएकाले विद्यालय स्तरीय खेलको गत वर्षदेखि संचालन गरिएको बताउनुभयो ।

Advertisement

जिल्लाका प्रत्येक पालिकामा खेल संचालन गर्ने योजना अनुसार यो दोस्रो म्याग्दी भलिबल कप मंगला गाउँपालिकाको बाबियाचौरमा आयोजना गर्न लागिएको अध्यक्ष बानियाँले बताउनुभयो । मंगला मावि र डर्निङ वोर्डिङको प्राङ्गणमा खेल संचालन गरिनेछ । प्रतियोगिताको खेल तालिका पनि गोलाप्रर्थाद्वारा तयार गरिएको छ । उद्घाटनका दिनमा सहभागि विद्यालयकोतर्फबाट मार्चपास समेत गरिने अध्यक्ष बानियाँले बताउनुभयो ।

प्रतियोगिताको छात्र÷छात्रातर्फ प्रथम र द्वितिय पुरस्कार क्रमशः५० हजार र २५ हजार सहित रनिङ कप, ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ । त्यस्तै शिक्षक पुरुष तथा महिलातर्फ प्रथम र द्वितिय पुरस्कार क्रमशः२५ हजार र १३ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा गौमति खत्री विकास कोष रहेको छ भने प्राविधिक संयोजन मंगला भलिबल संघले गरेको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी र उत्कृष्ट कोचलाई पनि पुरस्कृत गरिनेछ । पत्रकार सम्मेलन म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष बानियाँको अध्यक्षता र मंगला भलिबल संघका सल्लाहकार श्रीराम पौडेलको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला भलिबल संघका पदाधिकारी तथा सदस्यहरु,मंगला भलिबल संघका अध्यक्ष मुक्तमान केसी लगायत सहभागि विद्यालयका शिक्षक तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP