२०८३ असार १
June 15, 2026, Monday

बेनी खानेपानीको २५ औँ साधारणसभा : २२ हजार जनसंख्या शुद्ध खानेपानीको पहुँचमा

बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले म्याग्दीको सदरमुकाम बेनीबजार आसपासको क्षेत्रमा बासोबास गर्ने २२ हजार जनसंख्यालाई शुद्ध पिउने पानी वितरण गदै आइरहेको छ। ग्रामीण क्षेत्रबाट तीव्र बसाइँ सराइका कारण बढ्दो जनसंख्याको चापले सदरमुमकाम बेनीमा एकबर्षमा उपभोक्तताले ४२ करोड ३२ लाख हजार लिटर पानी प्रयोग गरेका छन् ।

Advertisement

सदरमुकाम बेनीमा सम्पन्न भएको २५ औं बार्षिक साधारणसभामा आर्थिक वर्ष २०८०÷०८१ मा खानेपानी बिक्री गरी १ करोड ७७ लाख ४ हजार आम्दानी गरेकोमा सञ्चालन खर्च १ करोड ३६ लाख ४ सय गरी ३४ लाख ९० हजार ८ सय भएको छ ।
खानेपानी संस्थाले आर्थिक वर्ष २०८०÷०८१मा संस्थाले नगर विकास कोषलाई प्रथम चरण र पुननिर्माण आयोजना गरी ६९ लाख ३२ हजार नगर विकास कोषलाई भुक्तानी गर्न बाँकी रहेको छ । संस्थाको बैंक तथा नगद मौज्दाततर्फ दुई करोड ८४ लाख ७७ हजार रहेको छ ।

Advertisement

बार्षिक साधारणसभाको उद्घाटन गदैं बेनी नगरपालिकाका मेयर सुरत केसीले नगरबासीलाई शुद्ध खानेपानी वितरण गर्ने क्रममा नगरपालिकाको समेत साथ रहेको बताउनुभयो ।

बार्षिक साधारणसभामा संस्थाका निर्वतमान अध्यक्ष माधबप्रसाद रेग्मी, बेनी नगरपालिका वडा नं ८ का वडा अध्यक्ष उत्तमकुमार कर्माचार्य, निमित्त जिल्ला समन्वय अधिकारी अमृत सुबेदी, म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष लिलाराम गौतम, उपभोक्ता लोकनाथ रेग्मी, मैना कार्की, बगरफाँट खानेपानी संस्थाका चन्द्रबहादुर घिमिरे लगायतले शुद्ध एवं स्वच्छ खानेपानीका लागि भइरहेको प्रयासको प्रशंसा गर्नुभएको थियो ।

बार्षिक साधारणसभा संस्थाका अध्यक्ष रमेश गिरीको अध्यक्षता, उपाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठको स्वागत, सचिव केशवप्रसाद रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो । संस्थाका अध्यक्ष गिरीले मुहानदेखि मुखसम्म शुद्ध खानेपानी उपलब्ध गराउन प्रति सेकेन्ड ३० पानीको भण्डारण गर्ने गरी सेडिमेन्टेसन टंकी र स्लो स्याण्ड फिल्टर टंकीको निर्माणकार्य अन्तिम चरणमा पुगेको बताउनुभयो ।

जिल्लाको अन्नपूर्ण गाउँपालिका–८ राम्चेको पुम्दीखोला, रिठ्ठाखर्क, डाँडाखर्क, दुधे र कोप्रे खोलाबाट नियमित खानेपानी आपूर्ती भइरहेको छ । खडेरी, पाइप फुटेको, पहिरोका कारण आपूर्ति बन्द भई हाहाकार मच्चिने समस्या हटाउन समेत संस्थाबाट संरचना थप सहितका प्राथमिकताका साथ पूर्वाधार विस्तार भइरहेको छ ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP