२०८३ असार १
June 15, 2026, Monday

बेनी बचत तथा ऋण सहकारीको २३औं वार्षिक साधारणसभा

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिवार २३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । २०५८ सालमा स्थापित सहकारीमा हालसम्म कुल २२ सय ३० जना शेयर सदस्यहरु आबद्ध रहेकोमा शेयर पुँजी तीन करोड ७३ लाख ९८ हजार छ सय रुपैयाँ, गतवर्ष बचत तथा निक्षेप ४२ करोड ६१ लाख ५८ हजार नौसय २२ र लगानी ३९ करोड एकलाख सातहजार तीनसय ९४ रुपैयाँ रहेको छ ।

Advertisement

साधारणसभामा सहकारीका अध्यक्ष सञ्जयकुमार श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन, लेखा तथा सुपरीवेक्षण समितिका संयोजक शिवप्रसाद कटुवाल क्षत्रीले लेखा प्रतिवेदन र कोषाध्यक्ष कमलप्रसाद श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारणसभामा सहकारीले बेनी बचत आजीवन साहाराबाट अंगद श्रेष्ठ, अविरकुमार श्रेष्ठ, बेनबहादुर शाही, भेजबहादुर रावल, दलप्रसाद श्रेष्ठ, दुर्गाबहादुर श्रेष्ठ, कृष्णकुमारी श्रेष्ठ, हिराबहादुर घिमिरेलाई जनही छ हजार रुपैयाँ ज्येष्ठनागरिक सम्मानतर्फ तप्तबहादुर विक र अमरराज पाण्डे सहित सम्मान गरेको छ ।

Advertisement

यसैगरी उत्कृष्ट कारोबारतर्फ संस्थागत रुपमा बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र व्यक्तिगततर्फ अम्बिकुमार श्रेष्ठलाई दोसल्ला ओढाई मायाको चिनो र कदरपत्रले सम्मान गरिएको थियो । त्यस्तै गतवर्ष सञ्चालित एसइई परीक्षामा उत्कृष्ट अङ्कसहित उत्तीर्ण हुने शेयर सदस्य चितकुमारी छन्तयालको सुपुत्री नमिका छन्त्याल र कर्मचारीतर्फ सहकारीका कर्जा प्रमुख सरोज पौडेललाई क्रमशः सातहजार पाँचसय र पाँचहजार रुपैयाँसहित कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ ।


साधारणसभाको उद्घाटन गर्दै सहकारीका ज्येष्ठ शेयर सदस्य दलप्रसाद श्रेष्ठले सहकारी संस्थासंस्थाहरु बचत तथा ऋणको कारोबार सँगसँगै सामाजिक क्षेत्रमा पनि क्रियाशील हुनुपर्ने बताउनुभयो । उहाँले सहकारीको दीगो विकास गरेर अगाडि लैजानको लागि, शेयर सदस्य, सञ्चालक समिति, कर्मचारी सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । सहकारीका संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठले सहकारीमार्फत समुदायमा रोजगारको सिर्जना, गरिबी निवारण र विभिन्न पेशा तथा व्यवसायमार्फत स्वरोजगारको क्षेत्रमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

सहकारीका संस्थापक सचिव तथा संविधानसभा सदस्य रेशमबहादुर बानियाँले सहकारी संघसंस्थाहरु सहकारीको नीति, नियम र मूल्यमान्यताअनुसार चल्नुपर्ने बताउँदै सहकारीले आफ्नो साधारणसभा समयमै सम्पन्न गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा शेयर सदस्य राजेन्द्र आचार्य र सम्मानित व्यक्तित्व अम्बिककुमार श्रेष्ठले मन्तव्य व्यक्त गर्नुभएको थियो । साधारणसभाको उद्घाटनसत्र सहकारीका अध्यक्ष सञ्जयकुमार श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष माधवप्रसाद रेग्मीको स्वागत र सचिव चन्द्रबहादुर घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP