२०८२ माघ १
January 14, 2026, Wednesday

सिङ्गा र भगवतिमा माओवादीको वडा सम्मेलन

बेनी नगरपालिका–४ सिङ्गा र रघुुगङ्गा गाउँपालिका–२ भगवतिमा शनिबार नेकपा (माओवादी केन्द्र)को वडा सम्मेलन सम्पन्न भएको छ ।

Advertisement

सिङ्गामा तेजबहादुर बानियाको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटि गठन भएको माओवादीका जिल्ला सचिव कुशल पौडेलले जानकारी दिनुभयो । कमिटिको उपाध्यक्षमा भिम गुरुङ्ग, सचिवमा धनकाजी बिक, सहसचिवमा प्रकाश अधिकारी र कोषाध्यक्षमा शान्ति किसान रहनुु भएको छ ।

Advertisement

यसैगरी शान्ति पौडेलको अध्यक्षतामा अखिल नेपाल महिला संघ (क्रान्तिकार)को १५ सदस्यीय, लाल बहादुर कार्कीको अध्यक्षतामा वाईसिएलको वडा कमिटि गठन भएको र नेपाली काँग्रेस, एमाले लगायत पार्टीबाट २६ जना प्रवेश गरेका सचिव पौडेलले जानकारी दिनुभयो ।

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला ईञ्चार्ज गोविन्द पौडेल, राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ, माओवादीका प्रदेश सदस्य तथा बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछाने, वडा अध्यक्ष अणबहादुर खड्का (भगवान) लगायतको उपस्थितिमा वडा सम्मेलन भएको थियो ।

सम्मेलनमा बोल्दै प्रमुख अतिथि पौडेलले माओवादी केन्द्रले जितेका स्थानीय तह र वडामा विकास निर्माण र सेवा प्रवाह अन्य पार्टीले जितेका पालिकाको भन्दा उत्कृष्ट रहेको बताउदै जनताको समस्यामा साथ दिने पार्टीनै माओवादी भएका बताउनुभयो ।

प्रचण्ड नेतृत्वको सरकारले भुटानी शरणार्थी, गिरिबन्धु टि स्टेट, ललिता निवास, सहकारी ठगीमा संलग्नहरुलाई पक्राउ गरेर कानुनी कारबाही गर्न थालेपछि एमाले र काँग्रेस मिलेर सरकार बनाएर भ्रष्ट्रहरुको संरक्षण गरिरहेका पौडेलले टिप्पणी गर्नुभयो ।

यसैगरी रघुुगङ्गा गाउँपालिका–२ भगवतिमा गोपाल भण्डारी अध्यक्ष, बिस्सुु भण्डारी र धनबहादुर खत्री (गोपाल) उपाध्यक्ष, कृष्न शर्मा सचिव, सम्झना केसी कोषाध्यक्ष र कविता केसी सहसचिव रहेको २५ सदस्यीय वडा कमिटि गठन भएको छ ।

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला ईञ्चार्ज गोविन्द पौडेल, गण्डकी प्रदेश कमिटिका सहसचिव टेकबहादुर विश्वकर्मा, गण्डकी प्रदेश सांसद हरिबहादुर भण्डारी लगायतको उपस्थितिमा वडा सम्मेलन भएको थियो ।

सम्मेलनमा उहाँहरुले माओवादीबाट निर्वाचित पुर्व प्रदेश सांसद बिनोद केसीको सिफारिसमा पिप्ले भगवति सडक कालोपत्र योजना सम्पन्न भएको र वर्तमान सांसद हरि भण्डारीको सिफारिसमा प्रदेश सरकार मार्फत भगवति बेग जोड्ने सडक स्तरोन्नतिको प्रक्रीया अघि बढेको जानकारी गराउदुभयो ।

गाउँका विकास निर्माण र जनताको समस्या समाधान तथा विकास प्रतिको जनचाहना पुरा गर्न, सामाजिक न्याय र शुसासन कायम गर्न माओवादीमा संगठित हुुन आग्रह गर्नुभयो ।  

Related News

बेनीमा पुस ३० देखि खाना हुने महोत्सवको तयारी पुरा
बेनीमा पुस ३० देखि खाना हुने महोत्सवको तयारी पुरा
  • २०८१ पुष १, सोमबार ०९:३०

बेनी ः माघे संक्रान्ति पर्वको अवसरमा बेनीमा बुधबारदेखि शुरु हुन लागेको खाना महोत्सव एवं कृषि मेला प्रर्दशनीको तयारी पुरा भएको...

दिवंगत अभिभावकको स्मृतिमा अक्षयकोष स्थापना
दिवंगत अभिभावकको स्मृतिमा अक्षयकोष स्थापना
  • २०८१ पुष १, सोमबार ०९:३०

बेनी बजार निवासी स्वर्गीय पुतलीदेवी र लक्ष्मीप्रसाद श्रेष्ठको स्मृतिमा उहाँका छोरा, छोरी र बुहारीले रु. पाँच लाख राशिको पुतलीदेवी–लक्ष्मीप्रसाद क्षेष्ठ...

लोकदिप बचतको १२ औ साधारणसभा, डिजिटल भुक्तानी थप प्रभावकारी बनाइने
लोकदिप बचतको १२ औ साधारणसभा, डिजिटल भुक्तानी थप प्रभावकारी बनाइने
  • २०८१ पुष १, सोमबार ०९:३०

म्याग्दीको सदरमुकाम बेनीमा संचालनमा रहेको लोकदिप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औ साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा...

TOP