२०८३ श्रावण ८
July 24, 2026, Friday

डाडागाउँ र अर्मनमा माओवादीको वडा सम्मेलन

म्याग्दीको मालिका गाउँपालिका–३ डाडागाउँ र मङ्गला गाउँपालिका–५ अर्मनमा बुधबार नेकपा (माओवादी केन्द्र)को दोस्रो वडा सम्मेलन सम्पन्न भएको छ ।

Advertisement

डाडागाउँमा सम्पन्न सम्मेलनबाट गोविन्द पटेल अध्यक्ष र दिलीप पुन सचिव रहेको ३१ सदस्यीय वडा कमिटि गठन भएको छ । अर्मनको सम्मेलनबाट अष्टमान घर्ती अध्यक्ष र चन्द्र बिक सचिव रहेको १५ सदस्यीय वडा कमिटि गठन भएको छ ।

अर्मनको सम्मेलनलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश कमिटिका सहसचिव टेकबहादुर बि.क. (सुवास)ले माओवादीको आन्दोलनका कारण समाजमा पछाडी परेका समुदाय विकासको मुल धारमा आएको बताउनुभयो ।

“दश वर्षे जनयुद्धले देशमा राजनीतिक परिवर्तन मात्र होइन् महिला, दलित, आदीवासी, जनजातीहरुमाथि भएको थिचोमिचोको अन्त्य गर्न सहयोग पुगेको छ,” उहाँले भन्नुभयो “सुशासन, सम्बृद्धि र सामाजिक न्यायको मुद्दालाई माओवादीले जोड दिएको छ ।”

माओवादीले सरकारमा रहँदा र बाहिर रहेर गरेको जनपक्षीय कामहरुको जनताले मुल्याङ्कन गर्न थालेका पछिल्लो स्थानीय तह उपनिर्वाचनको नतिजाबाट देखिएको बताउदै उहाँले आगामी चुनाव माओवादी एक्लै प्रतिस्पर्धामा उत्रने बताउनुभयो ।

कार्यक्रममा माओवादीका गण्डकी प्रदेश सदस्य चन्द्र प्रसाद बुढाथोकी, गाउँपालिका कमिटिका अध्यक्ष याम रोका, युवा नेता पुनम खड्काले अर्मन देखि किमचौर हुदै ताराखोला जोड्ने सडकको स्तरोन्नति र पोक पिपलबोट छिसवाङ हुदै दरवाङ जोड्ने सडकलाई बेनी दरवाङ सडकको बाबियाचौर–दरवाङ खण्डको विकल्प बनाउन प्राथमिकताका साथ योजना सञ्चालन भएको बताउनुभयो ।

डाडागाउँमा भएको सम्मेलनमा सम्बोधन गर्दै माओवादी केन्द्रका युवा नेता गण्डकी प्रदेशसभा सदस्य तथा पुर्वमन्त्री रेशम बहादुर जुग्जालीले आफूहरु निर्वाचित भएपछि डाडागाउँ, ओखरबोट, रुम लगायत म्याग्दीका दुई हजार घरमा केन्द्रिय प्रशारण लाइनको विद्युत विस्तारका लागि रु. बीस करोडको योजना भित्र्याएको बताउनुभयो ।

अदिभारामा मोटरेबल पुल र अदिभारा डाडागाउँ सडक स्तरोन्नतिको क्रममा रहेको उहाँले जानकारी दिनुभयो । माओवादीले अवसर पाएमा विकास गर्न सक्छन भन्ने सन्देश आफूहरुले दिएको र जनतासँग गरेको वाचा पुरा गरेको बताउनुभयो । वडा अध्यक्ष मोतिप्रसाद बुढाथोकी, माओवादीका मालिका गाउँपालिका कमिटि अध्यक्ष अनुप गौचनले दुर्गम गाउँका बासिन्दाहरुको आवश्यकता र विकासको चाहना पुरा गर्न प्रतिवद्धता जनाउनुभयो ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP