२०८१ माघ ३
January 16, 2025, Thursday

म्याग्दीका पत्रकारको १० लाखको दुर्घटना बिमा र पत्रकारीता पाठशाला स्थापना

नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले जिल्लामा क्रियाशिल पत्रकारको १० लाखको दुर्घटना बीमा गरेको छ । गत मंसिर २८ गते निर्वाचित नयाँ कार्यसमितिको पदस्थापनासँगै बुधबार बसेको पहिलो बैठकले जिल्लामा पछिल्लो तीन वर्ष देखि क्रियाशिल रहेका पत्रकारहरुको दुर्घटना बिमा गर्ने निर्णय गरेको हो ।

Advertisement

पत्रकारको लागि शिखर इन्स्योरेन्स कम्पनीमार्फत १० लाख बराबरको दुर्घटना बिमा गर्ने र बिमा शुल्क पत्रकार महासंघले ब्यहोर्ने अध्यक्ष हरिकृष्ण गौतमले बताए । ‘कसैको पनि दुर्घटना नहोस् र लाभान्वित हुन नपरोस् तर भैपरी आउने दुर्घटनापछि राहतका लागि बीमा गरिएको हो’ अध्यक्ष गौतमले भने ।

पत्रकार महासंघका संस्थापक अध्यक्ष घनश्याक खड्का, निर्वतमान अध्यक्ष एवम् पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेल र पूर्व अध्यक्ष तारानाथ शर्माको बिमा गरी शुभारम्भ गरिएको तथा बाँकी अन्यको पनि क्रमशः बिमा गर्दै लैजाने योजना रहेको अध्यक्ष गौतमको भनाई छ ।

आगामी दिनमा बीमा कार्यक्रमलाई निरन्तरता दिनेगरी कार्यबिधि बनाएर व्यवस्थित गरिने छ । यो बीमाअन्तर्गत दुर्घटनाबाट कुनै पत्रकार कार्यक्षेत्रमा खटिएका बेला वा अन्य पेशागत कामका बेला कुनै पनि प्रकारका दुर्घटनामा परि मृत्यु वा पूर्ण रुपमा अशक्त भएमा १० लाख रुपैयासम्मको प्रिमियम उपलब्ध गराइने छ। दुर्घटनाबाट घाइते भएमा उपचारका लागि १ लाख रुपैयासम्मको लाभ पाउनेछन् ।

यसैबीच म्याग्दीमा पत्रकारिता क्षेत्रलाई थप फराकिलो बनाउन नयाँ पत्रकार उत्पादन तथा क्षमता विकासमा केन्द्रित हुने गरी महासंघको मातहतमा पत्रकार पाठशाला समेत सञ्चालन गरिने छ । पत्रकार महासंघ म्याग्दीले आधारभुत तथा एडभान्स तालिमका लागि पनि आवश्यकता महसुस गरेर पाठशालाको अवधारणा ल्याएको हो ।

पत्रकार महासंघ म्याग्दीले जिल्लामा विभिन्न क्षेत्रमा देखिएका समस्यामा केन्द्रित भएर बहस तथा जनसरोकारको क्षेत्रमा प्राथमिकता दिने अध्यक्ष गौतमको भनाई छ । जिल्लामा अलपत्र परेका विकासे योजना तथा सेवाप्रवाहमा देखिएको ढिलासुस्ती बिरुद्ध खवरदारी समेत गरिने छ ।

नेपाल पत्रकार महासंघको निर्वाचन समितिका संयोजक तारानाथ शर्माले नवनिर्वाचित टिमलाई प्रमाणपत्र वितरण गर्नुका साथै पद तथा गोपनियताको सपथ गराएका थिए ।पत्रकार महासंघ म्याग्दी शाखाको अध्यक्षमा हरिकृष्ण गौतम, उपाध्यक्षमा अमृत बास्कुने र अमित बिश्वकर्मा, सचिव ठाकुरप्रसाद आचार्य, उपसचिव प्रताप बानियाँ र सन्दिप शर्मा रिजाल, कोषाध्यक्षमा साधन राम्जाली एवम् सदस्यहरुमा कमल खत्री,राकेश शर्मा र केन्द्रिय प्रतिनिधि परिषद् सदस्य पदमा विनोद धौलागिरी निर्विरोध निर्वाचित भएका थिए ।

Related News

पुख्यौली नाच प्रतियोगितामा मुना बिजयी
पुख्यौली नाच प्रतियोगितामा मुना बिजयी
  • २०८१ पुष ३, बुधबार १५:३७

म्याग्दीकोे लोपउन्मुख मौलिक पुख्यौली नाच प्रतियोगितामा धवलागिरी गाउँपालिका(३, मुना पुख्यौली समूह बिजेता बनेको छ । सदरमुकाम बेनीमा जारी आठौं म्याग्दी...

अधिकृत बिक्रेता संघको स्थापना दिवसमा खेलकुद र शैक्षिक सामग्री वितरण
अधिकृत बिक्रेता संघको स्थापना दिवसमा खेलकुद र शैक्षिक सामग्री वितरण
  • २०८१ पुष ३, बुधबार १५:३७

धौलागिरि अधिकृत बिक्रेता संघले बागलुङको जैमिनी नगरपालिका–१ मा रहेको सरस्वति आधारभूत विद्यालयमा खेलकुद र शैक्षिक सामग्री वितरण गरेको छ ।...

म्याग्दीमा १०औं राष्ट्रिय योग दिवस मनाइयो
म्याग्दीमा १०औं राष्ट्रिय योग दिवस मनाइयो
  • २०८१ पुष ३, बुधबार १५:३७

‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने मूल नारासहित म्याग्दीमा मङ्गलवार १०औं राष्ट्रिय योग दिवस–२०८१ मनाइएको छ...

TOP