२०८३ बैशाख २
April 15, 2026, Wednesday

माओवादी केन्द्र धवलागिरीको अध्यक्षमा रिम थापा

नेकपा (माओवादी केन्द्र) धवलागिरी गाउँपालिका कमिटिको तेस्रो सम्मेलन बिहिबार ताकममा सम्पन्न भएको छ ।

Advertisement

सम्मेलनबाट रिमप्रकाश थापाको अध्यक्षतामा ४५ सदस्यीय माओवादी केन्द्रको गाउँपालिका कमिटि गठन भएको छ । कमिटिको उपाध्यक्षमा अशोक खत्री र भोमबहादुर पाईजा, सचिवमा चक्र पुन, सहसचिवमा नवराज पुन र होममाया बिक र कोषाध्यक्षमा रामबहादुर खत्री चयन हुनुभएको छ ।

Advertisement

सम्मेलनको उद्घाटन गर्नुहुदै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला ईञ्चार्ज गोविन्द पौडेलले सुशासन, सामाजिक न्याय र सम्बृद्धि माओवादीको राजनीतिक मुद्दा भएको बताउनुभयो ।

“प्रचण्ड नेतृत्वको सरकारले नक्कली भुटानी शरणार्थी, ललिता निवास जग्गा हिनामिना, सहकारी ठगी लगायत धेरै भ्रष्ट्राचारका मुद्दाहरुको छानविन र अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन थालेपछि आफु पर्ने डरले काँग्रेस र एमाले मिलेर सरकार बनाएका हुन,” संविधानसभा सदस्य समेत रहेका पौडेलले भन्नुभयो “एमाले अध्यक्ष केपीको नेतृत्वमा रहेको वर्तमान सरकारले भ्रष्ट्राचारीको संरक्षण गरिरहेको छ । स्काउट र त्रिभुवन विश्व विद्यालयको जग्गा हिनामिना गर्ने, अरबौका योजना ठेक्का लिएर विकास आयोजना अलपत्र पार्ने ठेकेदार मन्त्री भएको सरकारबाट जनताले कसरी विकासको अपेक्षा गर्ने ?”

माओवादीका युवा नेता, गण्डकी प्रदेशसभा सदस्य तथा पुर्व मन्त्री रेशम बहादुर जुग्जालीले म्याग्दीको विकासमा माओवादीको योगदानको जनताले मुल्याङ्कन गर्नुपर्ने बताउनुभयो । आफुले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको नेतृत्वमा रहदाँ धारापानी–शिवाङ सडकको बजेट बिनियोजन गरेर काम शुरु गराएको र दरवाङ देखि धारापानी सम्मको सडक कालोपत्र र शिवाङ देखि मुना सम्मको सडक कालोपत्र सहित स्तरोन्नति गर्न रु. एक अर्ब बजेटको नयाँ आयोजना कार्यान्वनयको चरणमा रहेको बताउनुभयो ।

गुर्जामा सडक पु¥याउने, धवलागिरीका सडक यातायातलाई सहज बनाउने र ढोरपाटनलाई सडक यातायातसँग जोड्न प्राथमिकताका साथ पहल गरेको उहाँले बताउनुभयो । यामन रोकाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माओवादी केन्द्रका गण्डकी प्रदेश सहसचिव टेकबहादुर विश्वकर्मा (सुवास), नेताहरु अर्जुन थापा, चन्द्र बुढाथोकी, पुनम खड्का, धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगर लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो । जेष्ठ कम्युनिष्ट मञ्चका सदस्य, सहिद परिवार र पुराना नेताहरुलाई सम्मेलनमा सम्मान गरिएको थियो ।

Related News

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०८१ पुष ५, शुक्रबार ०३:१७

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०८१ पुष ५, शुक्रबार ०३:१७

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

मुस्ताङमा उत्तरपुस्तिका जाँच्न सकियो
मुस्ताङमा उत्तरपुस्तिका जाँच्न सकियो
  • २०८१ पुष ५, शुक्रबार ०३:१७

मुस्ताङमा माध्यमिक शिक्षा परीक्षा (एसइई)को उत्तरपुस्तिकाको परीक्षण सकिएको छ । शिक्षा विकास तथा समन्वय ईकाइ मुस्ताङले सबै विद्यालयमा पढाइ हुने...

TOP