चादनी अटो प्रा.ली.को बागलुङ स्थित सो रुममा बिहिबार हिरो मोटोकर्पको नयाँ दुई वटा मोडलका मोटरसाइकल सार्वजनिक गरिएको छ ।
धौलागिरिका लागि हिरो मोटोकर्पको आधिकारिक बिक्रेता चादनी अटोको बागलुङ ट्राफिक चोकमा रहेको सो रुममा एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर सार्वजनिक गरिएको हो ।
बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ र नेपाल राष्ट्रिय यातायात महासंघका प्रतिनिधी उमेश केसीले नयाँ मोडेलका मोटरसाइकल सार्वजनिक गर्नुभएको हो । सो कार्यक्रममा नगर प्रमुख श्रेष्ठले पछिल्लो समय बागलुङमा गाडी र मोटरसाइकलको डिलर खुल्ने क्रम बढेको र यसले बजारको आर्थिक गतिबिधीलाई चलायमान बनाउन सहयोग पुग्ने बताउनुभयो ।
चादनी अटोका सञ्चालक ओस्कार श्रेष्ठले मोटरसाइकलको बिशेषताको बारेमा जानकारी गराउनुभएको कार्यक्रमको सञ्चालक कर्मचारी निशा भण्डारीले गर्नुभएको थियो । हीरो मोटोकर्पले एक्स्ट्रिम रेंज मार्फत नेपालका आधुनिक राइडरहरूको परिस्कृत माग तथा आवश्यकताहरू पूरा गर्दै शक्तिशाली, आकर्षक र उत्कृष्ट प्रदर्शन–आधारित मोटरसाइकलको चाहना पुरा गर्ने उद्देश्य लिएकोे छ ।
एक्स्ट्रिम एक सय ६० आर फोरभी र एक्स्ट्रिम एक सय २५ आरले नेपालमा हीरो मोटोकर्पको नयाँ ब्रान्ड पहिचानलाई थप सशक्त बनाउनेमा कम्पनी विश्वस्त छ । एक्स्ट्रिम एक सय ६० आर फोरभी (प्रो) को मूल्य रु. दुई लाख ८९ हजार नौ सय र एक्स्ट्रिम १२५ आरको मूल्य सीबीएस भेरियन्टका लागि रु. दुई लाख ६९ हजार नौ सय तोकिएको छ ।
चादनी अटोका सञ्चालक ओस्कार श्रेष्ठले नेपालको परिवर्तनशील ग्राहकहरूको आवश्यकता पूरा गर्न हिरो मोटोकर्पले नयाँ ब्राण्ड बनाएको बताउनुभयो । बहुउपयोगीता, स्टाइलिश शैली र उत्कृष्ट कार्य क्षमता मार्फत एक्स्ट्रिम मोटरसाइकलले शहरी यात्री तथा एड्भेन्चर प्रेमीहरू दूबैको आवश्यकतालाई सम्बोधन गर्नेछ ।
एक्स्ट्रिम १६० आर फोरभी
एक्स्ट्रिम १६० आर फोरभीले १६० सीसी सेगमेन्टलाई नयाँ उचाइमा पु¥याउँदै १६३ सीसी ४–भल्भ बीएस–भीआई इन्जिन प्रदान गर्दछ । यसले ८ हजार ५०० आरपीएममा १६.९ पीएस पावर र ६ हजार ५०० आरपीएममा १४.६ एनएम टर्क उत्पादन गर्दछ । यो मोटरसाइकलले ०–६० कि.मी.÷घण्टा मात्र ४.४१ सेकेन्डमा पुग्ने नयाँ स्तर निर्धारण गरेको छ । उच्च गतिका लागि असाधारण क्षमता र उत्कृष्ट प्रदर्शनका साथ, यो आफ्नो श्रेणीकै सबैभन्दा तिब्र गतिको मोटरसाइकल हो । यसलाई अझ उच्च स्तरको बनाउन, ३७ एमएम केवाईबी इनभर्टेड फ्रन्ट फोर्क र ७–स्टेप एडजस्टेबल रियर सस्पेन्शनले ह्यान्डलिङमा सहजता र स्थिरता प्रदान गर्दछ । केवल १४५ किलो तौल भएको यो मोटरसाइकल सजिलै मोड्न र चलाउन सकिन्छ । यसमा उपलब्ध गरिएको पेटल डिस्क ब्रेकले शहरी सडक र राजमार्गहरूमा समेत कर्नरिङमा सहजता प्रदान गर्दछ ।
एक्स्ट्रिम १६० आर फोरभीमा मस्कुलर र एरोडायनामिक डिजाइनका साथमा विङलेटहरू सहितको रोबोटिक हेडल्याम्प, अन्डर काउल, र हगर फेन्डर पनि उपलब्ध रहेको छ । यसमा सिंगल वा स्प्लिट सिटको विकल्प उपलब्ध छ । साथै, आरामदायी यात्राका लागि डिजाइन गरिएको इर्गोनोमिक्सले खुट्टाका लागि अतिरिक्त स्थान र झुकाइएको ह्यान्डलबार रहेकाले गर्दा यात्रा अझ सहज हुनेछ ।
प्रविधिको दृष्टिले, यसमा फुल–एलईडी लाइटिङ प्याकेज, ब्लुटुथ कनेक्टिभिटीसहितको इन्भर्टेड स्पीडोमिटर, गियर पोजिशन इन्डिकेटर, र कल÷एसएमएस अलर्ट लगायत सुविधाहरु पनि उपलब्ध गरिएको छ । यी सुविधाहरुले राइड अनुभवलाई थप सहज र आधुनिक बनाउँछ , जसले गर्दा उच्चतम स्तरको अनुभव खोज्नेहरूका लागि यो मोडेल अती उपयोगी हुनेछ ।
एक्स्ट्रिम १२५ आर
एक्स्ट्रिम १२५ आरले १२५ सीसी सेगमेन्टमा नयाँ स्ट्यान्डर्ड स्थापना गर्दै शक्तिशाली स्प्रिन्ट इन्जिन प्रदान गर्दछ । यसले ११.४ बीएचपी पावर उत्पादन गर्दै, ०–६० कि.मी.÷घण्टा केवल ५.९ सेकेन्डमा पुर्याउने क्षमता राख्छ । प्रदर्शन र माइलेजको सन्तुलनका लागि यो उत्कृष्ट मोटरसाइकल हो । यसमा ईबीटी प्रणाली उपलब्ध गरिएको छ , जसले थप सन्तुलित यात्राको अनुभव दिन्छ । साथै, हीरोको आईथ्रीएस प्रणालीले इन्धनको बचत सुनिश्चित गर्नेछ ।
एक्स्ट्रिम १२५ आरको मस्कुलर र शार्प डिजाइन अन्तर्गत सेगमेन्टमै पहिलो प्रोजेक्टर एलईडी हेडल्याम्प, एलईडी टर्न सिग्नल, र सिग्नेचर एलईडी टेल लाइट समावेश गरिएको छ । सेगमेन्टमै पहिलो पटक स्पोर्टी मफ्लर, ह्वील कभर, र नेगेटिभ एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर जस्ता फिचरहरूले यसलाई प्रविधिमैत्री र आकर्षक बनाएको छ । यस मोडेलमा दिइएको डायमन्ड फ्रेमले उत्कृष्ट ह्यान्डलिङको सुनिश्चितता प्रदान गर्दछ । १२०÷८० रियर टायर, ३७ एमएम फ्रन्ट सस्पेन्सन, र ७–स्टेप एडजस्टेबल मोनो–शकले स्थिरता र आरामदायी यात्रा प्रदान गर्दछ । फ्ल्याट ह्यान्डलबारले दैनिक तथा रोमाञ्चक यात्रा, दूबै अवस्थामा सहजताको सुनिश्चितता प्रदान गर्नेछ ।
सुरक्षाका लागि, यसमा सिंगल च्यानल एबीएस, २७६ एमएम फ्रन्ट डिस्क ब्रेक, र हाजार्ड लाइट जस्ता सुविधाहरू समावेश गरिएका छन् । फायरस्टोर्म रेड, कोबाल्ट ब्लु, र स्टालियन ब्ल्याक जस्ता आकर्षक रङका विकल्पहरुमा उपलब्ध एक्स्ट्रिम १२५ आरले उत्कृष्ट प्रदर्शन, अत्याधुनिक विशेषताहरू र उच्च सुरक्षाका साथ नेपालका नयाँ पुस्ताका राइडरहरूको ध्यानाकर्षित गर्नमा कम्पनी विश्वस्त रहेको छ ।
। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...
म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...
म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको...