२०८३ श्रावण ७
July 23, 2026, Thursday

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा म्याग्दीका सन्दिप खत्री बिजय

नेपाल जेसीजको ५१ औँ राष्ट्रिय महाधिवेशनबाट म्याग्दी जेसीजका पूर्व अध्यक्ष सन्दिप खत्री अत्याधिक मत सहित राष्ट्रिय उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।

Advertisement

ईटहरीमा सोमबार सम्पन्न भएको मतदानमा म्याग्दी जेसीजका पूर्व अध्यक्ष सन्दिप खत्रीेले १ हजार ६८ मत सहित विजय हुनुभएको म्याग्दी जेसीजका महासचिव सञ्जन श्रेष्ठले जानकारी दिनभयो । उपाध्यक्ष खत्री रजनी थापाको प्यानलबाट उम्मेदवारी दिनुभएको थियो ।

म्याग्दीमा सामाजिक एवम् मानवीय सेवामा सक्रिय खत्रीले म्याग्दी जेसीजमा दर्जनौ नमुना कार्यक्रममार्फत उत्कृष्ट शाखा बनाउन सफल नेपाल जेसीजका राष्ट्रिय सम्पादक समेत हुनुहुन्थ्यो ।

उहाँ म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषका अध्यक्ष समेत हुनहुन्छ ।म्याग्दी जेसीजमा सन् २०१४ मा प्रवेश गर्नुभएका खत्री सन् २०१८ मा उपाध्यक्ष सन् २०१९ मा महासचिव, सन् २०२० मा कार्यकारिणी उपाध्यक्ष, सन् २०२१ मा बरिष्ठ उपाध्यक्ष, सन् २०२२ मा शाखा अध्यक्ष हुनुभएको थियो ।

म्याग्दी जेसीजलाई समुदायस्तरका कार्यक्रममा केन्द्रित गर्ने अध्यक्षको रुपमा स्थापित खत्रीको कार्यकालमा शिक्षा,स्वास्थ्य, खेलकुद सहित विभिन्न क्षेत्रमा उल्लेखनीय सहयोग भएको थियो ।

म्याग्दी जेसीजको २५औं स्थापना दिवसको अवसरमा क्षेत्रीय सम्मेलन समेत म्याग्दीमा ल्याउन भूमिका खेल्नुभएका खत्री शाखा अध्यक्ष कार्यकालमा मेरो विद्यालय, न्यानो माया जस्ता नयाँ नयाँ कार्यक्रमको दीर्घिकालिन सुरुवात गरिएको थियो ।

राष्ट्रिय उपाध्यक्षमा विजय भएपछि खत्रीले आफूसँग भएको क्षमता र सिकेको कुरा अन्य जेसीज सदस्यहरुसँग बाड्न अवसर भएकाले यसलाई सदुपयोग गर्ने बताउनुभयो ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP