Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ८
September 24, 2026, Thursday

के.वि एकेडेमीको २० औं वार्षिकोत्सव तथा ८ औं करबीर मेमोरियल कप सुरु

पश्चिम म्याग्दीको दरबाङमा अवस्थित के.वि एकेडेमीको २० औं वार्षिकोत्सव तथा आठौं जिल्ला स्तरीय अन्तर मा.वि करबीर मेमोरियल फुटसल प्रतियोगिता सुरु भएको छ । विद्यालयको प्रांगणमा मुल समारोहको आयोजना गरी विविध कार्यक्रमका सहित २० औं वार्षिकोत्सव तथा आठौँ करबीर मेमोरियल फुटसल प्रतियोगिता मालिका गाउँपालिका अध्यक्ष बेग प्रसाद गर्बुजाले गर्नुभएको थियो ।

Advertisement

कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्षत बेगप्रसाद गर्बुजाले पछिल्लो समय के.वि एकेडेमीले कितावी ज्ञानका अतिरिक्त प्रयोगात्मक विधि अपनाएर पठनपाठ गर्दै आएको बताउनुभयो । यसले विद्यार्थीहरुलाई किताबि ज्ञान संगै सामाजिक ज्ञान समेत प्रदान गर्ने उहाँको भनाई थियो । गर्बुजाले विद्यालयले यस्ता रचनात्मक र खोजमूलक कार्यक्रमगरी वार्षिकोत्सव मनाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनहरुमा पनि निरन्तरता दिन आग्रह गर्नुभयो ।

Advertisement

त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथी मालिका गाउँपालिका ६ दरबाङका पथबहादुर रोकाले संस्थागत विद्यालय जिल्लाकै अब्बल विद्यालयहरुमध्येमा गणना योग्य भएकोमा विद्यालयले पच्छिम क्षेत्रको शिक्षामा ठूलो योगदान पुराएको बताउनुभयो ।
त्यस्तै कार्यक्रममा प्याब्सन म्याग्दीका सचिव दिपक सुबेदीले जिल्लाको शैक्षिक क्षेत्रको विकासमा संस्थागत विद्यालयहरुको महत्वपूर्ण भुमिका रहेको बताउनुभयो । उहाँले विद्यार्थीको क्षमताले मात्र नभएर अभिभावकहरुले उनीहरुको शिक्षामा ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका स्तरीय राष्ट्रिपती रनिङ शिल्ड प्रतियोगतामा गोल्ड मेडल ल्याउने विद्यार्थीहरुलाई सम्मान गरिएको विद्यालयका प्रिन्सिपल बिमल शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी भएको विद्यार्थीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्नय संघसंस्थाका प्रतिनिधिहरुले मतव्य राखेका थिए ।

जिल्ला स्तरीय अन्तर मा.वि (अण्डर टेन) करबीर मेमोरियल फुटसल प्रतियोगितामा म्याग्दीका विभिन्न २० विद्यालयका प्रतियोगिहरुले भाग लिएका छन् । कार्यक्रम आगमी पुस १२ गते सम्म संचालन हुनेछ । जिल्ला स्तरीय अन्तर मा.वि (अण्डर टेन) करबीर मेमोरियल फुटसल तथा अभिभावक लक्षित विविध प्रतियोगिताको अण्डर टेन फुटसलतर्फ प्रथम पुरस्कार नगद रु ३५ हजार द्धितीय पुरस्कार नगद रु २० हजारका साथै ट्रफि,मेडल र प्रमाणपत्र रहेको छ भने अभिभावक लक्षित पौढ फुटसल प्रतियोगिता समेत आयोजना गरिएको छ । उक्त प्रतियोगिताको प्रथम पुरस्कार बोका र द्धितीय पुरस्कार भाले रहेको छ ।

विद्यालयका संचालक÷निर्देशक तथा प्याब्सन म्याग्दीका अध्यक्ष समेत रहेका हिराबहादुर पुनको अध्यक्षता, विद्यालयका प्रिन्सिपल बिमल शर्माको स्वागत, शिक्षक मिनबहादुर सुनारको संचालनमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांगीतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । अहिले विद्यालयमा चार सय बढी विद्यार्थीहरु अध्ययनरत छन् ।

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP