२०८३ असार ४
June 18, 2026, Thursday

लक्ष्मी गुरुङ्ग पत्रकारिता पुरस्कारबाट म्याग्दीमा सुरेन गुरुङ सम्मानित

लक्ष्मी गुरुङ्ग पत्रकारिता पुरस्कारबाट धौलागिरि खबर म्याग्दीका फोटो पत्रकार गणेश गुरुङ्ग (सुरेन) पुरस्कृत हुनुभएको छ। बुधबार काठमाण्डौमा आयोजित तमू पत्रकारिता पुरस्कार वितवरण तथा गुरुङ ‘न्युज डटकम’ वर्ष पुस्तक लोकार्पण कार्यक्रममा उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख निवासी गुरुङ सम्मानित हुनुभएको हो ।

Advertisement

पत्रकार गुरुङलाई नगद १० हजार सहित ताम्रपत्रद्धारा नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सम्मान गर्नुभएको हो । उत्तरी म्याग्दीमा पर्यटन तथा अन्य विभिन्न क्षेत्रमा सक्रिय रहनुभएका पत्रकार गुरुङले यो सम्मानले उर्जा थपिएको बताउनुभयो ।

Advertisement

तमु ९गुरुङ्ग० संचारकर्मी संघ नेपालले २०७० सालदेखि प्रदान गर्दै आएको तमु पत्रकारिता पुरस्कारबाट यस वर्ष पनि ६ जना पत्रकारलाई पुरस्कृत गरेको हो । पूर्वप्रधानसेनापति छत्रमानसिंह–कमला गुरुङ्ग पत्रकारिता पुरस्कारबाट इच्छाकामना न्यूज डटकम डिजिटल अनलाईन चितवनका सम्पादक देवराज गुरुङ्ग र देशसंचार काठमाडौंका फोटो पत्रकार वर्षा शाह पुरस्कृत भएका छन् ।

यस्तै सुश्री भद्रकुमारी घले पत्रकारिता प्रोत्साहन पुरस्कारबाट दि काठमाण्डु पोष्ट काठमाडौंका सम्वाददाता अपेक्षा गुरुङ्ग, तमु ल्होसार मूल आयोजक पत्रकारिता पुरस्कारबाट राज्य टेलिभिजन रुपन्देहीका समाचार वाचक तथा कार्यक्रम प्रस्तोता निरु गुरुङ्ग, आदिकवि हर्कबहादुर गुरुङ्ग स्मृति पत्रकारिता पुरस्कारबाट रेडियो नेपाल गण्डकी प्रदेश प्रादेशिक प्रशारण केन्द्र पोखराका तमु भाषाको समाचार वाचक, समाचार सम्पादक तथा कार्यक्रम उत्पादक शीला गुरुङ्ग र तमु ९गुरुङ्ग० संचारकर्मी संघका महासचिव चित्र सोल्टी गुरुङ्गले जानकारी दिए ।कार्यक्रममा संघका अध्यक्ष लाला गुरुङ्ग, नेपाल सरकारका संचार तथा सूचना प्रविधि गुरुङ्ग, तमु ह्युल छोंज धींका उपाध्यक्ष धनबहादुर गुरुङ्ग र फोनिजका केन्द्रिय अध्यक्ष गजुरधन राईले मन्तव्य राखेका थिए ।

Related News

सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
  • २०८३ असार ३, बुधबार १२:२६

सरसफाई र सौन्दर्यकरणमा स्थानीयको साथ राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका भौगोलिक हिसाबले दुर्गम र विकट मानिने यस गाउँपालिकाका अधिकांश गाउँबस्तीमा...

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

TOP