२०८१ माघ ४
January 17, 2025, Friday

धवलागिरी गाउँपालिकामा थप ४ करोड २१ लाख बजेट विनियोजन, शिक्षकलाई सम्मान

धवलागिरी गाउँपालिकाको बुधवार सम्पन्न २३ औँ गाउँसभाले ४ करोड २१ लाख बजेट विनियोजन गरेको छ । गत आर्थिक बर्षमा खर्च हुन बाँकी रहेको मौज्दातलाई विभिन्न योजनामा विनियोजन गरेको हो ।

Advertisement

गाउँपालिकाको अति आवश्यक योजनालाई प्राथमिकता दिएर विनियोजित बजेटमा अति बिकट गूर्जा जोड्ने सडक र निर्माणधिन गाउँपालिकाको प्रशासकीय भवनलाई ६० ÷६० लाख बजेट उपाध्यक्ष रेशम पुनले प्रस्तुत गर्नुभएकोमा पारित गरिएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोतिप्रसाद अर्यालका अनुसार गत असारमा सम्पन्न २२ औँ गाउँसभामा रु ४३ करोड ४३ लाख बजेट पारित गरिएकोमा बुधवारको गाउँसभाले संसोधित बजेट स्वीकृत गरी कुल बजेट ४७ करोड ६४ लाख रहेको छ ।

गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले गाउँसभामा विनियोजन ऐन २०८१ लाई संसोधन गरी विभिन्न योजनाहरुमा रकम थपका साथै रकमान्तर गर्ने निर्णयसँगै योजनाको कार्यान्वयनमा समेत जोड दिनुभएको थियो ।

गाउँपालिका अध्यक्ष पुनका स्वकीय सचिव नगेन्द्र मल्लका अनुसार पालिकामा रहेका सामुदायिक विद्यालयमा ३० बर्षभन्दा बढी समय शिक्षण सेवा आवद्ध धनजनता मावि फलीयागाउँका प्रअ पूर्ण बहादुर भण्डारी, कल्लेनी आधारभुत विद्यालय कल्लेनका प्रअ भेषनाथ गौतम,हेम माविका शिक्षकद्धय ठाकुर पौडेल, कर्ननाथ सुवेदी,धौलागिरी मावि मुनाका शिक्षक मनबहादुर पुन, जगन्नाथ आधारभुत विद्यालय हिलापोखरीका प्रअ सुकदेव पौडेल, कोट आधारभूत विद्यालय काफलडाँडाका प्रअ हेमनाथ उपाध्याय र जनविकास मावि मराङका शिक्षक खडानन्द शर्मालाई जनही नगद ६ हजार ७ सयको साथमा दोसल्ला र सम्मानपत्रद्धारा सम्मान गरिएको छ ।

अध्यक्ष पुनको अध्यक्षतामा सम्पन्न गाउँसभामा सामाजिक विकास समितिका संयोजक देवेन्द्र रोकाले स्वागत गर्नुभएको कार्यक्रमको सहजीकरण प्रमुख प्रशासकीय अधिकृत अर्यालले गर्नुभएको थियो । म्याग्दी जिल्लाकै अति विकट गूर्जासम्म सडक विस्तारमा गाउँपालिकाले प्राथमिकता दिएपछि यसपटक समेत थप काम हुने भन्दै गूर्जाबासी समेत उत्साहित छन् ।

Related News

पुख्यौली नाच प्रतियोगितामा मुना बिजयी
पुख्यौली नाच प्रतियोगितामा मुना बिजयी
  • २०८१ पुष ११, बिहीबार ०३:३३

म्याग्दीकोे लोपउन्मुख मौलिक पुख्यौली नाच प्रतियोगितामा धवलागिरी गाउँपालिका(३, मुना पुख्यौली समूह बिजेता बनेको छ । सदरमुकाम बेनीमा जारी आठौं म्याग्दी...

अधिकृत बिक्रेता संघको स्थापना दिवसमा खेलकुद र शैक्षिक सामग्री वितरण
अधिकृत बिक्रेता संघको स्थापना दिवसमा खेलकुद र शैक्षिक सामग्री वितरण
  • २०८१ पुष ११, बिहीबार ०३:३३

धौलागिरि अधिकृत बिक्रेता संघले बागलुङको जैमिनी नगरपालिका–१ मा रहेको सरस्वति आधारभूत विद्यालयमा खेलकुद र शैक्षिक सामग्री वितरण गरेको छ ।...

म्याग्दीमा १०औं राष्ट्रिय योग दिवस मनाइयो
म्याग्दीमा १०औं राष्ट्रिय योग दिवस मनाइयो
  • २०८१ पुष ११, बिहीबार ०३:३३

‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने मूल नारासहित म्याग्दीमा मङ्गलवार १०औं राष्ट्रिय योग दिवस–२०८१ मनाइएको छ...

TOP