२०८३ श्रावण ७
July 23, 2026, Thursday

धवलागिरी गाउँपालिकामा थप ४ करोड २१ लाख बजेट विनियोजन, शिक्षकलाई सम्मान

धवलागिरी गाउँपालिकाको बुधवार सम्पन्न २३ औँ गाउँसभाले ४ करोड २१ लाख बजेट विनियोजन गरेको छ । गत आर्थिक बर्षमा खर्च हुन बाँकी रहेको मौज्दातलाई विभिन्न योजनामा विनियोजन गरेको हो ।

Advertisement

गाउँपालिकाको अति आवश्यक योजनालाई प्राथमिकता दिएर विनियोजित बजेटमा अति बिकट गूर्जा जोड्ने सडक र निर्माणधिन गाउँपालिकाको प्रशासकीय भवनलाई ६० ÷६० लाख बजेट उपाध्यक्ष रेशम पुनले प्रस्तुत गर्नुभएकोमा पारित गरिएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोतिप्रसाद अर्यालका अनुसार गत असारमा सम्पन्न २२ औँ गाउँसभामा रु ४३ करोड ४३ लाख बजेट पारित गरिएकोमा बुधवारको गाउँसभाले संसोधित बजेट स्वीकृत गरी कुल बजेट ४७ करोड ६४ लाख रहेको छ ।

गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले गाउँसभामा विनियोजन ऐन २०८१ लाई संसोधन गरी विभिन्न योजनाहरुमा रकम थपका साथै रकमान्तर गर्ने निर्णयसँगै योजनाको कार्यान्वयनमा समेत जोड दिनुभएको थियो ।

गाउँपालिका अध्यक्ष पुनका स्वकीय सचिव नगेन्द्र मल्लका अनुसार पालिकामा रहेका सामुदायिक विद्यालयमा ३० बर्षभन्दा बढी समय शिक्षण सेवा आवद्ध धनजनता मावि फलीयागाउँका प्रअ पूर्ण बहादुर भण्डारी, कल्लेनी आधारभुत विद्यालय कल्लेनका प्रअ भेषनाथ गौतम,हेम माविका शिक्षकद्धय ठाकुर पौडेल, कर्ननाथ सुवेदी,धौलागिरी मावि मुनाका शिक्षक मनबहादुर पुन, जगन्नाथ आधारभुत विद्यालय हिलापोखरीका प्रअ सुकदेव पौडेल, कोट आधारभूत विद्यालय काफलडाँडाका प्रअ हेमनाथ उपाध्याय र जनविकास मावि मराङका शिक्षक खडानन्द शर्मालाई जनही नगद ६ हजार ७ सयको साथमा दोसल्ला र सम्मानपत्रद्धारा सम्मान गरिएको छ ।

अध्यक्ष पुनको अध्यक्षतामा सम्पन्न गाउँसभामा सामाजिक विकास समितिका संयोजक देवेन्द्र रोकाले स्वागत गर्नुभएको कार्यक्रमको सहजीकरण प्रमुख प्रशासकीय अधिकृत अर्यालले गर्नुभएको थियो । म्याग्दी जिल्लाकै अति विकट गूर्जासम्म सडक विस्तारमा गाउँपालिकाले प्राथमिकता दिएपछि यसपटक समेत थप काम हुने भन्दै गूर्जाबासी समेत उत्साहित छन् ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP