म्याग्दी बहुमुखी क्याम्पसको ३४ औँ वार्षिकोत्सवको अवसरमा बिहिबार आयोजित विद्यालय तथा क्याम्पसस्तरीय ८ किलोमिटर दौड (रोड रेस) प्रतियोगिताको उपाधि सोनिया खड्का र लिला बहादुर खत्रीले जित्नुभएको छ ।
म्याग्दी र पर्वतको जलजला गाउँपालिकाका मावि र म्याग्दी बहुमुखी क्याम्पस गरी छात्रातर्फ १० र छात्र तर्फ १५ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा रघुगंगा गाउँपालिका–२, भगवतीस्थित मुक्तिधाम माविकी खड्का र म्याग्दी बहुमुखी क्याम्पसका खत्री प्रथम भएको प्रतियोगिताका संयोजक क्याम्पसले जनाएको छ ।
प्रतियोगितामा छात्रातर्फ राष्ट्रिय मवि.घतानकी अञ्जली खत्री र न्यू वेष्ट पोइन्ट आमाविकी छात्रा अनिषा थापा क्रमश द्धितिय र तृयित हुनुभएको थियो । त्यसैगरी छात्रतर्फ प्रकाश माविका बिराज परियार,न्यू वेष्ट पोइन्टका सुजन राना मगर द्धितिय र तृतिय भएको क्याम्पसका सूचना अधिकारी नारायण प्रसाद सुवेदीले जानकारी दिनुभयो ।
प्रतियोगिताका छात्रछात्राका बिजेतालाई क्रमश ५ हजार, ४ हजार ३ हजार नगद, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो। प्रतियोगितामा सहभागि भएका विद्यार्थीले क्याम्पसचोदेखि डम्बरासम्म र डम्बरादेखि क्याम्पसचोकसम्मको रुट तय गरिएको थियो ।
३४ औँ वार्षिकोत्सवको अवसरमा पुरस्कार वितरण कार्यक्रममा उद्घाटन सत्रमा क्याम्पस सञ्चालक समितिका अध्यक्षसोमनाथ ढुंंगानाको अध्यक्षता, निवर्तमान अध्यक्ष वालकृष्ण सुवेदी, संरक्षक हरि कुमार श्रेष्ठ र क्याम्पस प्रमुख श्रीधर सुवेदीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा सञ्चालक समितिका उपाध्यक्ष दिपेन्द्र श्रेष्ठ, कोषाध्यक्ष राजकुमार थापा र सञ्चालक समिति सदस्यहरु क्या. मिनबहादुर कार्की र कृष्ण बहादुर थापा, प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुको उपस्थिती रहेको थियो । सोही अवसरमा म्याग्दी बहुमुखी क्याम्पसबाट हालसम्म व्यवस्थापन संकाय तर्फ स्नातकोत्तर तह (एमबिएस) उत्तीर्ण २४ जना विद्यार्थीहरु र विश्वविद्यालय अनुदान आयोगको सहयोगमा सम्पन्न भएको उद्यमशिलता कार्यक्रमको तालिममा सहभागी भएर व्यवसायिक योजना पेश गरेका १४ जना विद्यार्थीहरुलाई प्रमाणपत्रद्धारा सम्मान गरिएको थियो ।
म्याग्दीमा आयोजित सर्वाधिक धनराशीको ‘अब म पनि बोल्छु’वक्तृत्वकला प्रतियोगिताको उपाधी धवलागिरी गाउँपालिका–७,धारापानीस्थित किसानी चन्द्रकुन्ता माविकी उर्मिला सुबेदीले जितेकी छन् ।...
धौलागिरी अधिकृत विक्रेता संघको आयोजनामा शनिबा बागलुङमा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान र बागलुङ उद्योग वाणिज्य संघको १९ औ...
म्याग्दी, २८ चैत ।म्याग्दीको रघुगंगा गाउँपालिकाले सामुदायिक र घरपालुवा कुकुरको बन्ध्याकरण शिविर संचालन गरेको छ । पालिका भित्रका ५५ कुकुरको...