Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ७
September 23, 2026, Wednesday

८ किमि दौड प्रतियोगिताको उपाधी सोनिया र लिलाबहादुरले जिते

म्याग्दी बहुमुखी क्याम्पसको ३४ औँ वार्षिकोत्सवको अवसरमा बिहिबार आयोजित विद्यालय तथा क्याम्पसस्तरीय ८ किलोमिटर दौड (रोड रेस) प्रतियोगिताको उपाधि सोनिया खड्का र लिला बहादुर खत्रीले जित्नुभएको छ ।

Advertisement

म्याग्दी र पर्वतको जलजला गाउँपालिकाका मावि र म्याग्दी बहुमुखी क्याम्पस गरी छात्रातर्फ १० र छात्र तर्फ १५ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा रघुगंगा गाउँपालिका–२, भगवतीस्थित मुक्तिधाम माविकी खड्का र म्याग्दी बहुमुखी क्याम्पसका खत्री प्रथम भएको प्रतियोगिताका संयोजक क्याम्पसले जनाएको छ ।

Advertisement

प्रतियोगितामा छात्रातर्फ राष्ट्रिय मवि.घतानकी अञ्जली खत्री र न्यू वेष्ट पोइन्ट आमाविकी छात्रा अनिषा थापा क्रमश द्धितिय र तृयित हुनुभएको थियो । त्यसैगरी छात्रतर्फ प्रकाश माविका बिराज परियार,न्यू वेष्ट पोइन्टका सुजन राना मगर द्धितिय र तृतिय भएको क्याम्पसका सूचना अधिकारी नारायण प्रसाद सुवेदीले जानकारी दिनुभयो ।

प्रतियोगिताका छात्रछात्राका बिजेतालाई क्रमश ५ हजार, ४ हजार ३ हजार नगद, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो। प्रतियोगितामा सहभागि भएका विद्यार्थीले क्याम्पसचोदेखि डम्बरासम्म र डम्बरादेखि क्याम्पसचोकसम्मको रुट तय गरिएको थियो ।

३४ औँ वार्षिकोत्सवको अवसरमा पुरस्कार वितरण कार्यक्रममा उद्घाटन सत्रमा क्याम्पस सञ्चालक समितिका अध्यक्षसोमनाथ ढुंंगानाको अध्यक्षता, निवर्तमान अध्यक्ष वालकृष्ण सुवेदी, संरक्षक हरि कुमार श्रेष्ठ र क्याम्पस प्रमुख श्रीधर सुवेदीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा सञ्चालक समितिका उपाध्यक्ष दिपेन्द्र श्रेष्ठ, कोषाध्यक्ष राजकुमार थापा र सञ्चालक समिति सदस्यहरु क्या. मिनबहादुर कार्की र कृष्ण बहादुर थापा, प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुको उपस्थिती रहेको थियो । सोही अवसरमा म्याग्दी बहुमुखी क्याम्पसबाट हालसम्म व्यवस्थापन संकाय तर्फ स्नातकोत्तर तह (एमबिएस) उत्तीर्ण २४ जना विद्यार्थीहरु र विश्वविद्यालय अनुदान आयोगको सहयोगमा सम्पन्न भएको उद्यमशिलता कार्यक्रमको तालिममा सहभागी भएर व्यवसायिक योजना पेश गरेका १४ जना विद्यार्थीहरुलाई प्रमाणपत्रद्धारा सम्मान गरिएको थियो ।

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP