२०८२ कार्तिक २७
November 12, 2025, Wednesday

कृष्णसेन मदन स्मृति पत्रकारिता पुरस्कार गौतमलाई

म्याग्दीका क्रियाशील पत्रकार सन्तोष गौतमलाई कृष्णसेन मदन स्मृति क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । प्रेस सेन्टर नेपाल म्याग्दी शाखाको शनिवार बेनीमा सम्पन्न पाँचौ जिल्ला सम्मेलनको अवसरमा पत्रकार गौतमलाई नगद ७ हजार रुपियाँसहित प्रमाणपत्र र  दोसल्ला ओढाएर सम्मान गरिएको हो । नौ वर्ष अघि प्रेस सेन्टर म्याग्दीले उक्त पुरस्कार स्थापना गरेको थियो । 

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य हरिबहादुर भण्डारी, पुरस्कार कोषका संरक्षक विनोद केसी, नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिका अध्यक्ष शेरबहादुर केसी, प्रेस सेन्टरका केन्द्रिय उपमहासचिब एवं गण्डकी प्रदेश इन्चार्ज दिपक श्रेष्ठ, प्रदेश अध्यक्ष अर्जुन काफ्ले लगायतले गौतमलाई पुरस्कार प्रदान गर्नुभयो ।  

विगत डेढ दशकदेखि म्याग्दीको पत्रकारितामा सक्रिय रहनुभएका गौतम रासस र अन्नपूर्ण पोष्ट दैनिकमा आबद्ध हुनुहुन्छ । बेनीबाट प्रकाशित हुने रिखार दैनिक र धौलागिरि खवर अनलाइनका प्रकाशक हुनुहुन्छ । हरेक तीन बर्षमा प्रदान गरिने यस पुरस्कार यसअघि कमल खत्री, घनश्याम खड्का, ठाकुरप्रसाद आचार्य र धिरन खत्रीलाई प्रदान गरिएको थियो ।  

Advertisement

Related News

गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
  • २०८१ पुष २१, आईतवार ०१:४०

। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
  • २०८१ पुष २१, आईतवार ०१:४०

म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...

न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
  • २०८१ पुष २१, आईतवार ०१:४०

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको...

TOP