२०८३ जेष्ठ २८
June 11, 2026, Thursday

कृष्णसेन मदन स्मृति पत्रकारिता पुरस्कार गौतमलाई

म्याग्दीका क्रियाशील पत्रकार सन्तोष गौतमलाई कृष्णसेन मदन स्मृति क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । प्रेस सेन्टर नेपाल म्याग्दी शाखाको शनिवार बेनीमा सम्पन्न पाँचौ जिल्ला सम्मेलनको अवसरमा पत्रकार गौतमलाई नगद ७ हजार रुपियाँसहित प्रमाणपत्र र  दोसल्ला ओढाएर सम्मान गरिएको हो । नौ वर्ष अघि प्रेस सेन्टर म्याग्दीले उक्त पुरस्कार स्थापना गरेको थियो । 

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य हरिबहादुर भण्डारी, पुरस्कार कोषका संरक्षक विनोद केसी, नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिका अध्यक्ष शेरबहादुर केसी, प्रेस सेन्टरका केन्द्रिय उपमहासचिब एवं गण्डकी प्रदेश इन्चार्ज दिपक श्रेष्ठ, प्रदेश अध्यक्ष अर्जुन काफ्ले लगायतले गौतमलाई पुरस्कार प्रदान गर्नुभयो ।  

विगत डेढ दशकदेखि म्याग्दीको पत्रकारितामा सक्रिय रहनुभएका गौतम रासस र अन्नपूर्ण पोष्ट दैनिकमा आबद्ध हुनुहुन्छ । बेनीबाट प्रकाशित हुने रिखार दैनिक र धौलागिरि खवर अनलाइनका प्रकाशक हुनुहुन्छ । हरेक तीन बर्षमा प्रदान गरिने यस पुरस्कार यसअघि कमल खत्री, घनश्याम खड्का, ठाकुरप्रसाद आचार्य र धिरन खत्रीलाई प्रदान गरिएको थियो ।  

Advertisement

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP